Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालको निशान, कोत तथा मौलो पुजा सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा आज चैतेदशैंको अवसरमा गरिएको सो पुजामा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नेपालको निशानमा पञ्जाछाप लगाउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट गर्नुभएको सो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुबाट मौलो परिक्रमा गरिएको थियो । सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजामा सशस्त्र प्रहरी बल नेपालको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उक्त पुजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी…

Read More

काठमाडौं – श्रीलंकामा अर्थमन्त्रीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने जनाएका छन् । यसै साताको शुरुमा नयाँ अर्थमन्त्रीको नियुक्ति पाएको २४ घण्टा नबित्दै राजिनामा दिएका श्रीलंकाली सत्तारुढ दलका सांसद अली सबरीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताएका हुन् । २६ मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि उनलाई गत सोमबार राष्ट्रपति गोताबाया राजपाक्षेले अर्थमन्त्री नियुक्त गरेका थिए । अर्थमन्त्रीको नियुक्ति पाएको एक दिनपछि सबरीले राष्ट्रपतिसमक्ष राजीनामा पेश गरेका थिए । यद्यपि राष्ट्रपतिले उनको राजीनामा स्वीकृत नगरेको बताइएको छ । सबरीले शुक्रबार संसदमा बोल्दै अर्थमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्न धेरैले आनाकानी गरेको र राष्ट्रपति गोताबाया राजपाक्षेले…

Read More

जुम्ला – जुम्लादेखि मुगुको रारासम्मको ५९ किलोमिटर म्याराथन प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज उद्घाटन गरेका हुन् । चन्दननाथ मन्दिर तथा जिल्ला प्रशासन कार्यालय अगाडिबाट सुरु भएको दौड प्रतियोगितामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरी करिब चार सय सहभागी थिए । कीर्तिमानी म्याराथन धावक हरिबहादुर रोकायाको संयोजकत्वमा जुम्लामा तेस्रो पटक म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको हो । दौडमा नेपालका विभिन्न १० जिल्लाका खेलाडी र भारतका खेलाडी समेत सहभागी छन् । आयोजक कर्णाली स्पोर्स्ट क्लबका अनुसार ५ किलोमिटर दौडका लागि एक सय ५६ खेलाडीले भाग लिएका छन् । मुख्यमन्त्री शाहीले जुम्ला–रारा अल्ट्रा म्याराथुनले जुम्लाको मात्रै नभई कर्णालीकै…

Read More

चितवन – बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो । उनको शव जितपुरघाटमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण थियो । बाघले आक्रमण गरेर लगेपछि धमलाको खोजीका कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । शव ११ः२० बजे भेटिएको हो ।

Read More

काठमाडौं- डेढ महिनाअघि युक्रेनमाथि रुसले आक्रमण थालेयता करिब एक हजार जहाजी बिचल्लीमा परेका छन् । युक्रेनी बन्दरगाह र समुद्रमा फसेका व्यापारिक जहाजहरूमा रहेका करिब एक हजार जहाजीहरूलाई मद्दत र सुरक्षा गर्न संयुक्त राष्ट्र संघका दुई एजेन्सीहरूले आह्वान गरेका छन् ।  फसेका मध्ये १०० भन्दा बढी व्यापारिक जहाजहरूले युक्रेनी बन्दरगाह छोड्न नसकेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का प्रमुखहरूले बताएका हुन् । उनीहरूले शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त, रेडक्रसको अन्तर्राष्ट्रिय समिति र डाक्टर्स विदाउट बोडर्ससलाई जहाजहरूमा आपूर्तिका लागि मद्दत गर्न ‘तत्काल कदम चाल्न’ आग्रह गर्दै पत्र पठाएको समाचार संस्था एएफपीले जनाएको छ । रुसी आक्रमणका कारण युक्रेनी समुद्र तथा बन्दरगाहमा फसेका जहाजमा खानेकुरा, इन्धन, सफा पानी र…

Read More

काठमाडौँ – अमेरिकाको न्यु योर्क शहरस्थित एक विद्यालयमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ । न्यु योर्क शहरको ब्रन्क्स जिल्लामा रहेको साउथ ब्रन्क्स विद्यालयमा बन्दुकधारीले जथाभावी गोली प्रहार गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा १६ वर्षीया किशोरी रहेको जनाइएको छ । घटनामा अरु दुई जना घाइते भएका छन् । सुरक्षा अधिकारीलाई उद्धृत गर्दै एबीसी ७ न्यु योर्कले जनाएअनुसार घटना स्थानीय समय अनुसार सबेरै दुई बज्नुभन्दा अघि भएको हो । प्रहरीले बन्दुकधारीको खोजी गरिरहेको जानएको छ । अमेरिकी संविधानको दोश्रो संशोधनमै बन्दुक राख्न र बोक्न पाउने अधिकार दिइएकाले बन्दुकले अमेरिकामा एक किसिमको संस्कृति पहिचान नै स्थापना गरेको बताइन्छ…

Read More

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी निलम्बन गर्ने सरकारको निर्णयको निन्दा गरेका छन् । मुलुकको अर्थतन्त्रबारे गलत अफवाह फैलाएको र गम्भीर सूचना चुहाएको भन्दै मन्त्रिपरिषद्ले छानबिन समिति गठन गरेको छ भने अर्थ मन्त्रालयले अधिकारीलाई हिजो(शुक्रबार) निलम्बन पत्र थमाएको छ। यसमा टिप्पणी गर्दै थापाले निर्णयलाई अदूरदर्शी, गैर जिम्मेवार र निन्दनीय भनेका छन् । ‘अर्थतन्त्र कमजोर बन्दै गइरहेको अवस्थामा हचुवाको भरमा नेपाल राष्ट्र बैङ्कको गभर्नरलाई निलम्बन गर्ने सरकारको निर्णय अदूरदर्शी, गैर जिम्मेवार र निन्दनीय छ,’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

Read More

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौं शिखर सम्मेलन भोलि चैत २७ गतेदेखि काठमाडौंमा हुँदैछ । कोभिडका कारण गएका २ वटा सम्मेलन भर्चुअल भएकोमा यस वर्ष भने भौतिक उपस्थितिमै हुन लागेको हो । सम्मेलनको तयारीबारे जानकारी दिन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा परिषद्का सदस्य-सचिव एवं कार्यकारी प्रमुख डा.प्रदिप ज्ञवालीले सम्मेलनको तयारी पुरा भएको जानकारी दिनुभयो । ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवद्र्धन नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ चैत २९ गतेसम्म सञ्चालन हुनेछ । डा.ज्ञवालीका अनुसार सम्मेलनमा स्वास्थ्य अनुसन्धानकर्ता, जनस्वास्थ्यविद्, जनसंख्या विद्, नीति निर्माणकर्ता तथा बहुक्षेत्रीय विज्ञहरुबीच छलफल हुनेछ । उक्त छलफबाट तथ्यमा…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकोमा आपत्ति जनाएका छन् । आज (शनिबार) राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र जोगाउनका लागि प्रयास गरिरहेका नेपाल राष्ट्र बैङ्कका गभर्नर अधिकारीलाई निलम्बन गरेको भन्दै आपत्ति जनाएका हुन् । ओलीले नेपालमा अत्यन्त अस्वस्थ राजनीतिक प्रतिस्पर्धा भइरहेको बताए। अर्थमन्त्री जनार्दन शर्मा सङ्केत गर्दै उनले ‘धान खाने मुसो चोट पाउने भ्यागुतो’भन्ने उखान चरितार्थ भएको भन्दै व्यङ्ग्य गरे। ‘देश अत्यन्तै निर्लज्ज व्यक्तिहरुको हातमा परेको छ।’ओलीले भने,‘देशको अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्रसेवक र एउटा अर्थविद्, अर्थशास्त्री, अर्थतन्त्र बुझेका मान्छे उनलाई निष्कासन, निलम्बन गरियो।’ माओवादी भनेर चिनिएको मान्छेलाई पूर्व न्यायाधीशको…

Read More

मकवानपुर – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले मकवानपुरका भूमिहीन दलितलाई लालपुर्जा वितरण गरेकी छन् । राष्ट्रिय भूमि आयोग मकवानपुर जिल्ला समितिमार्फत शुक्रबार मकवानपुरको बागमती गाउँपालिकामा आयोजित कार्यक्रममा वडा नं–४ का कृष्णबहादुर दर्नाल र तीर्थबहादुर विश्वकर्मालाई उनले जग्गाधनी पुर्जा वितरण गरेकी हुन् । मन्त्री श्रेष्ठले संविधानको मौलिक हकअन्तर्गत भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको बताइन् । उनले भनिन्, ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्नु यो गठबन्धन सरकारको राष्ट्रिय प्राथमिकताको काम हो । सोहीअनुसार नै हामीले भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण सुरु गरेका हौँ ।’ बागमती प्रदेशका सामाजिक विकासमन्त्री…

Read More