Author: महेन्द्रनगर पोष्ट

लन्डन-नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट यहाँस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई उक्त मूर्ति हस्तान्तरण गरिएको हो।सोह्रौँ शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरणको मूर्ति काठमाडौँको हनुमानढोका कुमारी बहालबाट हराएको थियो। यसैगरी १८औँ शताब्दीतिर कुँदिएको घुँडा टेकेर नमस्ते मुद्रामा रहेको ढुङ्गाको मूर्ति काठमाडौँको ओमबहालस्थित मञ्जुश्री मन्दिरबाट हराएको थियो।गृह मन्त्रालय र सुरक्षा निकायको सहयोगमा ती मूर्ति तिनका वास्तविक हकदारलाई फिर्ता गर्ने बेलायती सरकारको नीतिअनुसार हराएका मूर्ति पुनःप्राप्त गरी नेपाललाई हस्तान्तरण गरिएको हो। मूर्ति हस्तान्तरण समारोहमा राजदूत आचार्यले बेलायत सरकार तथा प्रहरीलाई नेपाल…

Read More

खाँदबारी- संखुवासभाको खाँदबारी नगरपालिका–८ मा श्रीमतीको अपहरण गर्न नक्कली प्रहरी बनेका श्रीमानसहित दुई जना पक्राउ परेका छन्। खाँदबारीमा पत्रकार सम्मेलन गरेर प्रहरीले शुक्रबार नक्कली प्रहरीलाई सार्वजनिक गरेको हो। प्रहरीको बर्दिसहित नक्कली प्रहरी बनेर ठगी गरेको आरोपमा पाँखपन नगरपालिका ४ का अर्जुन तामाङ र रमेशकुमार तामाङलाई नक्कली प्रहरीको पोसाकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले जानकारी दिए। प्रहरीका अनुसार फागुन २७ गते खाँदबारी नगरपालिका–८ की प्रमिला कम्मर सार्कीलाई प्रहरीको भेषमा आएका चार जनाले घरबाट करिब एक सय मिटर पर जंगलमा लगेर प्रमिलाको श्रीमान् रमेशकुमार तामाङलाई जिम्मा लगाएका थिए। प्रहरी प्रमुख सुवेदीका अनुसार पक्राउ परेका रमेशले श्रीमती प्रमिला सार्कीलाई…

Read More

काठमाडौं -कक्षा १२ को वार्षिक परीक्षा आगामी जेठ १६ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको शुक्रवार बसेको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो। सोही आधारमा बोर्डले परीक्षा तालिका समेत सार्वजनिक गरेको छ। जेठ १६, १७ र १८ गतेमध्ये कुनै एक दिनबाट परीक्षा सञ्चालन गर्नुपर्ने प्रस्ताव बोर्डको बैठकमा लगिएको थियो । बोर्ड बैठकले १६ गतेदेखि नै सञ्चालन गर्ने निर्णय गरेको हो। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले यो वर्षदेखि कक्षा १२ को परीक्षा होम सेन्टरमा नभई तोकिएका केन्द्रहरूबाट सञ्चालन गरिने बताए । विगत दुई वर्ष होम सेन्टरमै परीक्षा गरिएको थियो। परीक्षा बिहान ११…

Read More

काठमाडाैं- शनिवार बिहार तथा आसपासका क्षेत्रमा बनेको निम्न चापीय प्रणालीका कारण देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण  देशका पहाडी भागमा आंशिक बदली र अन्य भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले बताएकाे हो। देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ। देशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेगगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ। देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न सतर्कता अपनाउन महाशाखाले जारी गरेकाे विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।  महाशाखाको पछिल्लो विवरणअनुसार हिजाे (बिहीवार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री र अधिकतम…

Read More

कैलाली- सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शुक्रबार सुदुरपश्चिम प्रदेशस्थित नम्बर ३४ गण हेडक्वाटर कैलाली र नम्बर ५२ गुल्म हेडक्वाटर डडेलधुराको नवनिर्मीत भवनको उद्घाटन गरेका छन्। सशस्त्र प्रहरी बल, नेपालको देशभर परिचालन भएसंगै ताप्लेजुङ्गको ओलाङ्गचुङ्गगोलादेखि हुम्लाको हिल्सासम्म र पाँचथरको तोरीफुलेदेखि दार्चुलाको छाङ्गरुसम्म विकट भौगोलिक बनावट र प्रतिकुल मौसमका बाबजुद समेत उच्च मनोवल र हौसलाका साथ अहोरात्र तैनाथरही सांगठानीक विकासमा सशस्त्र प्रहरी कर्मचारीहरुले पुगाएको योगदानको महानिरीक्षक खनालले प्रंशसा गरे। सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चारवर्ष लामो कार्यकालमा सशस्त्र प्रहरीले पाएको म्याण्डेट अनुसार शान्ति सुरक्षा, सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रणका साथै विभिन्न किसिमका विपद् प्रकोप पिडित नागरिकको सेवामा सर्मपित भएको छ। महानिरीक्षक खनालले…

Read More

काठमाडौं-अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज शुक्रवार कुराकानी भएको छ। युक्रेन र रुसबीच भएको द्वन्द्वका विषयमा उनीहरूले भिडियो कुराकानी गरेको दुवै पक्षका अधिकारीले जनाएका छन्। वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनलाई चिनियाँ राष्ट्रपति सीले रुस–यूक्रेन युद्ध कुनै एउटाको मात्रै चासो, सरोकार र चिन्ताको विषय नभएको बताएका थियो। अन्तर्राष्ट्रिय समुदायका लागि शान्ति, सुरक्षा सबैको चासो र सरोकारको विषय भएकाले दुई देशको युद्धलाई पनि सबैले साझा चिन्ताको विषयका रुपमा दुवै जनाले छलफल गरेको जनाइएको छ। राष्ट्रपति सिले अन्तरराष्ट्रिय चासो, शान्ति तथा सुरक्षाको विषय चीन र अमेरिकाको अन्तर्राष्ट्रिय जिम्मेवारी पनि भएको बताएका थियो। उनीहरूले रुस–यूक्रेन मामिलाबाहेक अन्य विषयमा पनि छलफल…

Read More

काठमाडौं – नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक चैत ११ गतेका लागि तय भएको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा बोलाइएको काँग्रेस बैठकलाई महत्वका साथ हेरिएको छ। काँग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले चैत्र ११ गते दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने तय भएको जानकारी दिए । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहनेछ । बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा हुनेछ । यस्तै संसदीय समिति गठन र विविध गरी ३ वटा एजेण्डा तय गरिएको छ । काँग्रेसभित्र आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन बनाउने कि नबनाउने भन्नेबारे अन्तरविरोध…

Read More

काठमाडौं – अमेरिकी सेनाको जहाज शुक्रबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । अमेरिकी सेनाको जहाज अमेरिकी कूटनीतिज्ञलाई लिएर काठमाडौं आएको जनाइएको छ । ‘अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना)को जहाज काठमाडौं आएको हो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले भने ।

Read More

काठमाडौं-अस्ट्रेलियाले फेसबुकको ‘प्यारेन्ट कम्पनी’ मेटाविरुद्ध कानुनी कारबाही सुरु गरेको छ। मेटाले सेलिब्रेटीका झूटा भनाइहरु राखेर गरिएका ‘स्क्याम’ विज्ञापनहरूलाई अनुमति दिएको आरोप लगाउँदै अस्ट्रेलियाले मेटाविरुद्ध कानुनी कारबाही अघि बढाएको बीबीसीले उल्लेख गरेको छ। मेटाले जानीजानी नक्कली क्रिप्टोकरेन्सीका विज्ञापनहरूलाई अनुमति दिएर ‘झूटो, भ्रामक’ कार्यलाई प्रोत्साहन गरेको एक नियामकले भने। अमेरिकी कम्पनी मेटालाई आर्थिक र अन्य जरिबाना हुन सक्ने बताइएको छ। मेटाले हालसम्म यसबारे कुनै टिप्पणी गरेको छैन तर उसले यसअघि नै स्क्यामरहरूलाई आफ्नो प्लेटफर्मबाट टाढा राख्न प्रतिबद्ध रहेको जनाएको थियो। ‘अस्ट्रेलियन कम्पिटिसन एण्ड कन्जुमर कमिसन’ (एसीसीसी)ले त्यस्ता विज्ञापनहरू फेसबुकको ‘एल्गोरिदम’लाई प्रयोग गरी संवेदनशील प्रयोगकर्ताहरूमाझ पुर्‍याइएको र अस्ट्रेलियाका सेलिब्रेटीहरूका फर्जी भनाइहरू प्रयोग गरिको बताएको…

Read More

दार्चुला-दार्चुला सदरमुकाम खलंगाको भित्री गल्लीमा रहेको एउटा पसलबाट प्रहरीले चरेस सहित एक जनालाई पक्राउ गरेको छ। किराना पसलमा चेकजाँच गर्दा ६ सय १० ग्राम चरेस सहित पसल सञ्चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी माधव विश्वकर्माले बताए। पक्राउ पर्नेमा व्यास गाउँपालिका वडा नं ५ धौलाकोट घर भई सदरमुकाम खलंगा बस्दै आएका मोहन सिह विष्ट रहेको उनले बताए।

Read More