काठमाडाैं– शनिवार बिहार तथा आसपासका क्षेत्रमा बनेको निम्न चापीय प्रणालीका कारण देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उक्त प्रणालीका कारण देशका पहाडी भागमा आंशिक बदली र अन्य भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले बताएकाे हो।
देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ। देशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेगगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।
देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न सतर्कता अपनाउन महाशाखाले जारी गरेकाे विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।
महाशाखाको पछिल्लो विवरणअनुसार हिजाे (बिहीवार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको थियाे।