काठमाडौं-अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज शुक्रवार कुराकानी भएको छ।
युक्रेन र रुसबीच भएको द्वन्द्वका विषयमा उनीहरूले भिडियो कुराकानी गरेको दुवै पक्षका अधिकारीले जनाएका छन्।
वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनलाई चिनियाँ राष्ट्रपति सीले रुस–यूक्रेन युद्ध कुनै एउटाको मात्रै चासो, सरोकार र चिन्ताको विषय नभएको बताएका थियो।
अन्तर्राष्ट्रिय समुदायका लागि शान्ति, सुरक्षा सबैको चासो र सरोकारको विषय भएकाले दुई देशको युद्धलाई पनि सबैले साझा चिन्ताको विषयका रुपमा दुवै जनाले छलफल गरेको जनाइएको छ।
राष्ट्रपति सिले अन्तरराष्ट्रिय चासो, शान्ति तथा सुरक्षाको विषय चीन र अमेरिकाको अन्तर्राष्ट्रिय जिम्मेवारी पनि भएको बताएका थियो।
उनीहरूले रुस–यूक्रेन मामिलाबाहेक अन्य विषयमा पनि छलफल गर्नुभएको सरकारी अधिकारीले उल्लेख गरेका छन्।
अमेरिका–चीन सम्बन्धलाई थप सुमधुर बनाउन पनि अहिलेको कुराकानी सहयोगी भएको दुवै पक्षले जनाएका छन्।एजेन्सी