Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – अमेरिकी सेनाको जहाज शुक्रबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । अमेरिकी सेनाको जहाज अमेरिकी कूटनीतिज्ञलाई लिएर काठमाडौं आएको जनाइएको छ । ‘अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना)को जहाज काठमाडौं आएको हो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले भने ।

Read More

काठमाडाैं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । हिजो प्रतितोला ९९ लाख ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला ९९ हजार ८०० रुपैयाँमा नै कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ । विहीबार प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Read More

कपिलवस्तु – नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीले आज एक साथ सब्बेबरात पर्व मनाइरहेका छन् । यस सब्बेबरात पर्वमा मुस्लिम समुदायका व्यक्तिले दुई दिन रोजा (व्रत) बस्ने गर्दछन् । मृत्यु भइसकेका पुर्खाको सम्झनामा मुस्लिम समुदायले प्रत्येक वर्ष यो पर्व मनाउने गरेको मौलान मशहुद खान नेपाली बताए। मुस्लिम समुदायले यस पर्वलाई आफ्नो समुदायको पर्वको मुख्यद्वार पनि मान्दै आएका छन् । सब्बेबरात पर्वपछि मुस्लिम समुदायका अन्य पर्व निरन्तररुपमा एकपछि अर्को पर्व आउने भएकाले यस पर्वलाई पर्वको प्रवेशद्वार मानिएको हो । अबका १५ दिनपछि मुस्लिमको एक महिने रमजान पर्व सुरु हुन्छ । त्यसपछि इद, बकर इद आउँछ । गत वर्ष गरेको कामको लेखाजोखा र आउने…

Read More

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलामा आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली यूएई विरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । श्रृङ्खलामा नेपाल र युएई दुवैले यसअघि पपुवा न्यु गिनी (पीएनजी)लाई हराइसकेका छन् । त्यसैले दुवै टोली जितको लयलाई कायम राख्ने योजनासहित आजको खेलमा मैदान उत्रिएका छन् । नेपालले पीएनजीलाई हराउने टोलीमा एक खेलाडी परिवर्तन गरेको छ । विनोद भण्डारीको ठाउँमा आज कमल सिंह ऐरी देखिएका छन् ।

Read More

मकवानपुर – मकवानपुरको मनहरीमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरी भुल चोकमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । बस अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको प्रहरीजनाएको छ । इलाका प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली परिचालित भइ उद्दारको काम भइरहेको प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए । उनले तत्काल क्षतिको एकीन गर्न समस्या भएको र बसमा कति यात्रु थिए भन्ने बारेमा पनि जानकारी भइनसकेको बताए । घाइते ९ जनाको…

Read More

काठमाडौं – नेपाली काँग्रेसले स्थानीय तहमा पार्टीको अवस्थाबारे चैत १५ भित्र जानकारी गराउन देशभर सर्कुलर गरेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रदेशदेखि वडासम्मका कार्यसमितिको दायित्व बारेमा जानकारी गराउँदै सर्कुलर पठाएका छन् । महामन्त्रीद्वयले जारी गरेको सर्कुलरमा अरू दल विभाजन पश्चात् पार्टीको शक्ति सन्तुलनको जानकारी पठाउन निर्देशन दिइएको छ । काँग्रेस छोडेर अन्य पार्टीमा गएका स्थानीय कार्यकर्ता र त्यसले पारेको पार्टीमा प्रभाव आकलन गरी केन्द्रमा पठाउन भनिएको छ । वैशाख ३० मा निर्धारित स्थानीय तहको निर्वाचन माहौल र पार्टीले तय गर्नुपर्ने बाटोका बारेमा केन्द्रलाई चैत १५ भित्र जानकारी गराउन भनिएको छ । सात पृष्ठको सर्कुलरमा स्थानीय तहको निर्वाचनलाई…

Read More

काठमाडौं – रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ नयाँमिलचोकमा बिहीबार राति मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलबाट खस्दा मोटरसाइकलमा पछाडि सवार तिलोत्तमा नगरपालिका–१५ पत्थरडाँडाका २३ वर्षीय जित बहादुर थापाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । दुर्घटना पश्चात मोटरसाइकल सहित चालक फरार रहेकाले खोजी भईरहेको इलाका प्रहरी कार्यालय मंगलापुरले जानकारी दिएको छ ।

Read More

दमौली – तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा महिला कैदीबन्दी राख्न थालिएको छ । कारागारमा महिला बन्दीगृह निर्माण सकिएपछि औपचारिक रुपमा महिला कैदीबन्दी राख्न थालिएको हो । महिला बन्दीगृहमा १२ महिला रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए । कास्की कारागारबाट ११ महिला कैदीबन्दी तनहुँ ल्याइएको छ । तनहुँ ठेगाना भएका ती महिलालाई कास्कीबाट यहाँ स्थानान्तरण गरिएको अधिकारीले बताए। ुमहिला बन्दीगृह नहुँदा तनहुँबाट कास्की पठाइएका उनीहरुलाई पुनः यहीँ पठाइएको छु, उनले भने । त्यसमध्ये दुई थुनुवा र नौ कैदीबन्दी रहेको अधिकारीले जानकारी दिए । तनहुँ अदालतबाट पनि एक महिलालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । ती महिलालाई पनि महिला…

Read More

रुस –  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि आफ्ना टर्किश समकक्षीसमक्ष मागहरू अगाडि सारेका छन् ।बिहीवार टेलिफोनवार्ताका क्रममा पुटिनले रेजेप तय्यीप एर्दोआनलाई रुसका ठोस मागहरू बताएका हुन् ।दुई राष्ट्रपतिबीच भएको संवादबारे मैले एर्दोआनका एक प्रमुख सल्लाहकार इब्राहिम कालिनसँग कुराकानी गरेको छु। पुटिन र एर्दोआनबीच भएको कुराकानी टर्किश अधिकारीहरूको एउटा सानो समूहले पनि सुनेको थियो जुन समूहमा कालिन पनि थिए। रुसका मागहरूउनका अनुसार रुसका मागहरू दुई भागमा बाँडिएका छन्।कालिनले बताएअनुसार शुरूका चारवटा रुसी मागहरू पूरा गर्न युक्रेनलाई धेरै गाह्रो छैन। तीमध्ये एउटा प्रमुख माग भनेको युक्रेन तटस्थ बस्नुपर्ने र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्यताका लागि अघि बढ्न नहुने…

Read More

मनाङ-हिमाली जिल्ला मनाङमा पुलको निर्माणकार्य नसकिँदै अलपत्र परेको छ। सदरमुकाम चामेबाट माथिल्लो मनाङतर्फ सडकसँगै थालिएका पुलको निर्माण नसकिँदै अलपत्र परेको हो। हुम्डे विमानस्थल नजिकैबाट ङावल जान मस्र्याङ्दी नदीमाथि ‘स्टिल गर्डर ब्रिज’ निर्माणका लागि ग्वाला–क्याराभान जेभी काठमाडौँले २०७५ मङ्सिर १५ मा सक्ने गरी पुल निर्माण सम्झौता गरेको थियो।म्याद सकिएको तीन वर्ष बितिसक्दा पनि पुलको निर्माण भने अझै सम्पन्न भएको छैन । यो पुल निर्माणाधीन अवस्थामा २०७६ असार २५ मा खसेको थियो । मनाङ ङिस्याङ गाउँपालिका–३ ङावलका वडाध्यक्ष कृष्ण लामाका अनुसार पुल निर्माण थालेको पाँच वर्ष कटिसकेको छ । डेढ वर्षमा सक्नुपर्ने पुलको काम अहिलेसम्म पनि सम्पन्न नभएको वडाध्यक्ष लामा बताउछन्। गत असार पहिलो…

Read More