Author: Dipak Dhamala

काठमाडौं- बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै छ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन हो ।  एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो देशभरका बालबालिकालाई औषधि खुवाइएको भए पनि छुटेकालाई आज पनि औषधि खुवाइने भएको हो । आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन  मन्त्रालयले आग्रह गरेको छ ।

Read More

काठमाडौं – निर्वाचन आयोगले मतदाता शिक्षा निर्देशिकामा व्यापक फेरबदल गरेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा निर्वाचन शिक्षा प्रभावकारी नहुँदा बदर मतको सङ्ख्या अनपेक्षित रूपमा बढेपछि आयोगले परम्परागत शिक्षामा सुधार गर्न लागेको हो तर कार्यक्रम भने पुरानै ढाँचामा तयार गरिएको छ । स्थानीय निर्वाचनमा २.४० प्रतिशत पूर्ण बदर र करिब १३ प्रतिशत मत आंशिक बदर भएको थियो ।  आयोगले निर्वाचन शिक्षा कार्यान्वयन एकाइ, घरदैलो कार्यक्रम तथा परम्परागत प्रचारप्रसारमा परिवर्तन गर्न लागेको हो । आयोगले तयार गरेको निर्देशिकाबमोजिम निर्वाचन शिक्षा कार्यक्रम सञ्चालनका लागि छ वटा समिति हुनेछन् । स्थानीय निर्वाचनमा भने तीन तहको समिति मात्रै रहेको थियो । आयोगका सहायक…

Read More

काठमाडौं- हाल देशका पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जानकारी दियो ।  आज दिउँसो  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू(भागका एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ। राती देशका पहाडी भू(भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।  भोलि पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

Read More

 काठमाडौं- निर्वाचन आयोगले विभिन्न सातबुँदे निर्देशन जारी गर्दै आचारसंहिता उल्लंघन भएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी आचारसंहिताविपरीतका अन्य व्यवस्था उल्लंघन भएमा ‘प्रचलित कानुनबमोजिम जरिमाना तथा उम्मेदवारी खारेजी’सम्मको सजाय हुन सक्ने आयोगले प्रस्ट पारेको छ । दल तथा उम्मेदवारलाई आचारसंहिता पालना गर्न र गराउनसमेत आयोगले निर्देशन दिएको छ । आचारसंहिता दफा ५ मा ‘नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा प्रचारप्रसार गर्नबाहेक निर्वाचन आयोगको सहमति नलिई अन्यत्र कुनै दल वा उम्मेदवारको प्रचारप्रसार गर्न नपाइने’ उल्लेख छ । प्रचारप्रसार गर्दा सरकारी स्रोत साधन प्रयोग गर्न नपाइने व्यवस्था रहेको सन्दर्भमा संघीय वा…

Read More

 काठमाडौं – धनगढीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका ७ मोति चोकबाट लागूऔषधसहित एक जना पक्राउ परेका हुन्। ब्राउनसुगर १३ ग्रामसहित सोही ठाउँ बस्ने ३३ वर्षीय यादव कुमार चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको बताएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

Read More

काठमाडौं – कैलालीमा एक जना मृत फेला परेका छन्। जिल्लाको टीकापुर नगरपालिका ६ बेलुवा बोझीस्थित पानीको कुलोमा एक जना मृत फेला परेका हुन्। मृतक सोही ठाउँ बस्ने ४५ वर्षीय हरिगंगा चौधरी रहेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं – धनगढी उप–महानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई डेङ्गु संक्रमण पुष्टि भएको छ। कैलालीमा डेङ्गुको संक्रमण फैलिएका बेला नगर प्रमुख हमाललाई पनि संक्रमण देखिएको हो। नगर प्रमुख हमालको नीजि सचिवालयका अनुसार उनलाई मंगलबार संक्रमण पुष्टि भएको हो। नगर प्रमुख हमालले सामाजिक सञ्जाल फेशबुक मार्फत डेङ्गु संक्रमण पुष्टि भएकाले उप–महानगरपालिकाको काम प्रभावित हुने बताएका छन्। चिकित्सकको सल्लाह बमोजिम उपचार र आराम गर्ने उनले बताएका छन्। नगरवासीलाई पनि संक्रमणबाट जोगिन नगर प्रमुह हमालले आग्रह गरेका छन्।

Read More

जलवायु परिवर्तनको हानीका कारण करिब एक अर्ब बालबालिका ‘अत्यन्त उच्च जोखिममा’ रहेको  एक अधिकार समूहले बुधवार चेतावनी दिएको छ । युवाहरूको जीवनस्तर पछिल्लो दशकमा सुधार हुन असफल भएको पनि सो समूहले जनाएको छ । किड्सराइट्स सूचकांकले विश्वका एक तिहाइ भन्दा बढी बालबालिका (करिब ८२० मिलियन) हाल गर्मीको लहरमा परेको जनाएको छ । संयुक्त राष्ट्र संघीय नियकाले प्रदान गरेको तथ्यांकका आधारमा उक्त तथ्यांक निकालिएको हो । पानीको अभावले विश्वभर ९२ करोड बालबालिकालाई असर गरेको छ, जबकि मलेरिया र डेंगु जस्ता रोगहरूले झन्डै ६० करोड बालबालिकालाई असर गरेको डच एनजीओ किड्सराइटले जनाएको छ । बालबालिकाको अधिकारको वार्षिक रूपमा कसरी सम्मान गरिन्छ भनेर  मापन गरिन्छ ।…

Read More

धादिङ – धादिङमा एक युवालाई खुकुरी प्रहार गरेको आरोपमा गुण्डा नाइके राधाकृष्ण भण्डारी ‘राधे’ पक्राउ परेका छन् । धादिङ सदरमुकामको अस्पताल चोक बीचबजारमा भिमबहादुर गुरुङलाई खुकुरी प्रहार गरेको आरोपमा उनी पक्राउ परेका प्रहरीले जनाएको छ । हिजो बेलुका ना ८७ प १९५० नम्बरको मोटरसाइकलमा रहेका नीलकण्ठ नगरपालिका–४ का २५ वर्षका गुरुङलाई ३९ वर्षका भण्डारीसहित अरु केहिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी श्याम खत्रीले जानकारी दिनुभयो । दायाँ हातमा चोट लागेका घाइते गुरुङको धादिङ अस्पतालमा उपचार भैरहेको छ ।

Read More

काठमाण्डाै – बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टिमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको छ । त्यसका लागि उनलाई आज  जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ । २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि २४ असोज र २७ असोजमा अनुसन्धानका लागि म्याद थप गरिएको थियो । पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछि क्याप्टेनबाट निलम्बनमा परेका थिए, भने प्रहरीले पक्राउ गरेको थियो । उनी दसैँको भोलिपल्ट नेपाल आएका थिए । उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ…

Read More