Author: Saru Shrestha

धनगढी – कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–८ बाट सोही ठाउँको चौगुर्दी बस्ने २० वर्षीय सञ्जय लुहारलाई १४४ ट्याबलेट नाईट्रोभेटसहित बुधबार साँझ पक्राउ गरेको प्रहरीले बताएको हो। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले मोहना नदी तरी भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको बताइएको छ।

Read More

धनगढी – बाजुरामा ३४ जनाले हातहतियार बुझाएका छन्। जिल्ला प्रशासन कार्यालय बाजुराले आफूसँग भएका इजाजतप्राप्त हातहतियार ३५ दिनभित्र बुझाउन भन्दै गत असोज १४ गते सूचना जारी गरेको थियो। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई सुरक्षित एवं भरपर्दो बनाउन जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियारहरु कात्तिक ५ गतेभित्र बुझाउन सूचनामार्फत भनिएको थियो। सोही अनुसार जिल्लाभरिमा ३४ जनाले मात्र हातहतियार बुझाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। निर्धारित समयमा हातहतियार नबुझाउनेहरुसँग फेरि हातहतियार फेला परेमा कानुन बमोजिम कारबाही गरिने प्रहरी कार्यालयले बताएको छ।

Read More

राम धामी,डडेल्धुरा – नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरुबीच गठबन्धनको संस्कृतिले मुलुकको समग्र विकास र संबिधान कार्यान्वयन सहज हुने बताएका छन । अगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनका लागि डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका प्रधानमन्त्री देउवाले डडेल्धुरा सदरमुकामका आयोजित चुनावी सभालाई बिहीबार सम्बोधनगर्दै डडेल्धुरा जिल्लाको विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे । कैलालीको अत्तरियादेखि डडेल्धुरासम्म चार लेन सडक निर्माण गर्ने, डडेल्धुरामा ऐरपोर्ट र बसपार्क निर्माण, पश्चिम सेती र पञ्चेश्वरजस्ता आयोजनाहरुको निर्माणका लागि आफु प्रतिवद्ध रहेको उनले बताए । डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि रकम पठाईसकेको बताउँदै उनले जिल्लाको विकासका…

Read More

धनगढी – बैतडीको दशरथचन्द नगरपालिकाले आज ९बिहीबार० सार्वजनिक बिदा दिएको छ। दशरथचन्द–८ मा रहेको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्रा लाग्ने भएकाले बिहीबार सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले बताए। बिहीबार नगरभित्रका सबै शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकाय बन्द रहनेछन्। त्रिपुरासुन्दरी मन्दिरमा कार्तिक शुक्लअष्टमी र शुक्लनवमीमा भव्य जात्रा लाग्छ। यहाँ भारतीय दर्शनार्थीसमेत आउने गरेका छन्। यसअघि बुधबार पाटन नगरपालिका–२ स्थित महारुद्र मन्दिरमा लाग्ने मेलाको अवसरमा सार्वजनिक बिदा दिइएको थियो। तिहार सकिएसँगै बैतडीसहित सुदूरपहाडका शक्तीपीठ र मन्दिरमा जात्राको रौनक छाएको छ। यहाँ तिहारपछि १५ दिन जात्रा लाग्छ।

Read More

धनगढी – सुदूरपश्चिममा पहिलो पटक अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण पुष्टि भएको छ। कात्तिक १४ गते जिल्लाको भजनी नगरपालिकामा मरेको बंगुरको शव परीक्षणका क्रममा धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण पुष्टि भएको हो। पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले मरेको बंगुरको शव परीक्षण र र्‍यापिड टेस्ट किटबाट परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण पुष्टि भएको बताए। उनकाअनुसार संक्रमण भए÷नभएको निश्चित गर्न केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौं नमूना पठाइएकोमा रोग पुष्टि भएको छ। सुदूरपश्चिममै पहिलो पटक कैलालीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण देखिएपछि पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले अहिलेसम्म कुनै खोप नभएका…

Read More

काठमाडौं – निर्वाचन आयोगले सरकारलाई सात बुँदे निर्देशन दिएको छ । ४ मंसिरमा हुने संसदीय निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी रूपमा सम्पन्न गर्न(गराउन आयोगले संघ, प्रदेश र स्थानीय सरकार तथा मातहतका निकायलाई निर्देशन दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सात बुँदे निर्देशन दिएको हा । आयोगले निर्वाचनमा यातायातको सहज पहुँचका लागि यातायात व्यवस्थालाई नियमित र भरपर्दो बनाउन भनेको छ । मतदान स्थल र मतदान केन्द्रहरूसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधारको मर्मत सम्भार गरी सुचारू गर्न भनेको छ ।लोक कल्याणकारी विज्ञापनमा निर्वाचन आयोगबाट उत्पादित तथा प्रेषित सूचनामूलक सामग्री प्रकाशन र प्रसारण हुने व्यवस्था गर्न भनिएको छ भने सरकारी,…

Read More

धनगढी – कञ्चनपुरमा बहुविवाह सम्बन्धी मुद्दामा डेढ वर्ष कैद फैसला भई फरार रहेका युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार विवाह सम्बन्धी कसुर मुद्दामा फरार रहेका वेदकोट नगरपालिका-४ बैतडा बस्ने अन्दाजी २७ वर्षीय सुरेश लुहार पक्राउ परेका हुन्। उनलाई २०७७ माघ २९ गतेको फैसलाले १ वर्ष ५ महिना २९ दिन कैद सजाय सुनाएको थियो। लुहारलाई बुधबार आफ्नै घर ठेगाना नजिक लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनलाई कञ्चनपुर जिल्ला अदालत पेस गरी अदालतबाट कैद भुक्तानका लागि कारागार चलान गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।

Read More

धनगढी – धनगढीमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। प्रहरीका अनुसार मंगलबार धनगढी उपमहानगरपालिका–२ त्रीनगर व्यारेल नजिकबाट गोदावरी नगरपालिका–५ बस्ने ३० वर्षीय कृष्ण सुनार र उनीसँगै रहेका २२ वर्षीय पुष्कर सुनार पक्राउ परेका हुन्। कृष्णको साथबाट करिब ५५० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

Read More

कञ्चनपुर – निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) को तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचन कञ्चनपुर क्षेत्र नं। १ मा उम्मेदवारी दिएकी बिना मगरलाई चौबिस घण्टे स्पष्टीकरण सोधेको छ । मगरलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । मगरले निर्वाचन क्षेत्र अन्तर्गतको बेलौरी नगरपालिकामा निर्वाचन आचारसंहिता विपरीत हुनेगरी २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको र उक्त विषय आफ्नै फेसबुक पेजबाट समेत सार्वजनिक भएको विषयमा उजुरी परेकाले स्पष्टीकरण सोधिएको हो । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ख)…

Read More

धनगढी- बैतडीको दशरथचन्द नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ। वडा नम्बर ८ मा रहेको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा जात्रा लाग्ने हुँदा नगरपालिकाले १७ गते बिहीबार सार्वजनिक बिदा दिएको हो। नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै त्रिपुरासुन्दरी मन्दिरमा कार्तिक शुक्ल अष्टमी र नवमीमा लाग्ने मेलाका लागि सबै सरकारी तथा गैर सरकारी संघ संस्थामा सार्वजनिक बिदा दिएको जनाएको छ। हरेक वर्ष कार्तिक शुक्ल अष्टमीका दिन त्रिपुरासुन्दरी भगवती मन्दिरमा जात्रा हुने गर्दछ।

Read More