Author: Dipak Dhamala

काठमाण्डाै – आसन्न निर्वाचनमा गण्डकी सरकारका मुख्यमन्त्रीसहित ८ मन्त्री उम्मेदवार नै बन्न पाएनन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित ८ मन्त्रीले गठबन्धनबाट टिकट पाउनै सकेनन् । २ मन्त्रीले बागी उम्मेदवारी दिए पनि पार्टी निर्णयका कारण ‘ब्याक’ भए । मुख्यमन्त्री पोखरेलले कांग्रेस नेता शशांक कोइरालाका लागि क्षेत्र खाली गराउँदा उम्मेदवार बन्न वञ्चित भए । प्रतिनिधिसभा चुनावमा शशांक कोइराला नवलपुर–१ बाट उठ्ने भएपछि मुख्यमन्त्री पोखरेलले टिकट नपाएका हुन् । उनी प्रदेशसभामा दोहोरिन चाहेनन् । पार्टीले मुख्यमन्त्री पोखरेललाई प्रतिनिधिसभाकै लागि समानुपातिकमा बस्न सुझाए पनि उनी त्यसमा पनि अनिच्छुक भएको उनी निकट स्रोत बताउँछ । ‘समानुपातिकमा बस्न पार्टी नेतृत्वले सुझाएको थियो, १ र २ नम्बरमा…

Read More

काठमाण्डाै – यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई चैत दोस्रो हप्तादेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसार एसईई २०७९ को चैत दोस्रो हप्तादेखि सुरु हुनेछ । एसईईको नतिजा २०८० को असार तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने कार्यतालिका छ। परीक्षा सञ्चालन जिल्ला, प्रदेश र परीक्षा नियन्त्रण कार्यालयले संयुक्त रूपमा लिने तथा त्यसको नतिजा प्रकाशन गर्ने काम चाहिँ परीक्षा नियन्त्रण कार्यालयले गर्ने बोर्डले जनाएको छ। बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिकाअनुसार माघको पहिलो हप्तामा परीक्षाको समय तालिका प्रकाशन हुनेछ । प्रयोगात्मक परीक्षाको अङ्क र अयोग्य विवरण फागुन मसान्तभित्र पठाइसक्नुपर्नेछ । पूरक परीक्षा २०८०…

Read More

 काठमाडौं- ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ४ सय ९५ प्रकारका मतपत्र प्रयोग हुने भएको छ । आयोगले प्रत्येक निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ फरकफरक मतपत्र रहने बताएको हो । ती मतपत्रको छपाइ बिहीबारबाट सुरु भएको छ ।आयोगकाअनुसार प्रतिनिधिसभाको १ सय ६५ वटा निर्वाचन क्षेत्रमा १ सय ६५ प्रकारकै मतपत्र प्रयोग हुनेछ । यसैगरी, ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ३ सय ३० प्रकारकै मतपत्र प्रयोग हुनेछ । प्रतिनिधि र प्रदेशसभामा गरी २÷२ करोड गरेर कुल ४ करोड मतपत्र आवश्यक पर्ने आयोगले बताउँदै आएको छ । सो संख्याको…

Read More

काठमाडौं- नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आइपुगेका छन् । राजदूत र्‍याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएको एक हप्तापछि नवनियुक्त राजदूत थम्पसन नेपाल आइपुगेका हुन् ।काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार थम्पसनले केही दिनको आरामपछि नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नेछन् । राजदूत बेरी नामिबियाका लागि अमेरिकी राजदूत नियुक्त भएसँगै आफ्नो चार वर्षे कार्यकाल सकाएर गत आइतबार स्वदेश फर्किएका थिए । उनी फर्किएको दुई दिनअघि शुक्रबार मात्रै थम्पसनले नेपालका लागि नवनियुक्त अमेरिकी राजदूतको शपथ ग्रहण गरेका थिए ।

Read More

काठमाडौं- आगामी निर्वाचनमा प्रदेश सभातर्फ राजनीतिक दलले सातवटै प्रदेशमा एकल बहुमत पाउन कठिन देखिएको छ । सातवटै प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ राजनीतिक दलका उम्मेदवारको सङ्ख्यालाई आधार मान्दा दलले एकल बहुमत पाउने सम्भावना न्यून देखिएको हो । २०७४ मा पहिलो पटक प्रदेश सभाको निर्वाचन हुँदा छवटा प्रदेशमा तत्कालीन नेकपाले बहुमत पाएको थियो । हाल नेकपा विभाजन भई तीनवटा दल गठन भएका छन् । विभाजित दुई दल नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा जाँदा नेकपा ९एमाले० कमजोर बनेको छ । स्थानीय तहको निर्वाचनको परिणामले समेत उक्त तथ्यलाई पुष्टि गरिसकेको हो ।  गत वैशाख ३१ मा सम्पन्न स्थानीय…

Read More

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।    आज डलरको खरिद दर १३१ रुपैयाँ ४६ पैसा र बिक्री दर १३२ रुपैयाँ ०६ पैसा रहेको छ।  युरो एकको खरिद दर १२७ रुपैयाँ ७७ पैसा र बिक्री दर १२८ रुपैयाँ ३५ पैसा रहेको छ।    बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ४५ पैसा र बिक्री दर १४७ रुपैयाँ १२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री…

Read More

काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल हुनेछ ।  बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुको व्यवस्थापनका विषयमा पनि छलफल हुने बताइएको छ । कांग्रेस कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठताका आधारमा चयन भएका केन्द्रीय सदस्यसहित गरी ३७ जना छन् ।

Read More

हाल नेपालमा  उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।  आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा  चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।  राती प्रदेश १ का एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ । 

Read More

काठमाडौं- नेकपा एमालेका नेता डा. भीम रावलले पत्रकार सम्मेलन गर्दै छन् । मङ्सिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा जिल्लाबाट एकल सिफारिस भए पनि पार्टीले टिकट नदिएपछि रावल असन्तुष्ट रहेका छन् । निर्वाचनमा आफूलाई टिकट नदिएको बारेमा समय आएपछि बताउने जिकिर गरेका डा. रावलले आज पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी गराउन लागेका हुन् । पार्टीले टिकट नदिएपछि अर्का नेता घनश्याम भुसालले भने पार्टी नै परित्याग गरी स्वतन्त्र उम्मेदवार बनिसकेका छन् ।

Read More

काठमाण्डाै – चुनाव चिह्न पाएसँगै दल तथा उम्मेदवारहरु प्रचारमा जुटेका छन् । हिजो निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर चुनाव चिह्न दिएसँगै दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका हुन् । उम्मेदवारसहित दलका नेता कार्यकर्ताहरु गाउँघरमा पुग्न थालेका छन् । सहरबजार, गाउँघर र चियापसल तथा चोकचोकमा चुनावी कुराकानी र चर्चा हुन थालेका छन् । तर, प्रचारप्रसारमा जाँदा आचारसंहिता पालना गर्न उम्मेदवारलाई निर्वाचन आयोगले आग्रह गर्दै आएको छ । आयोगले प्रतिनिधि सभाका उम्मेदवारले न्यूनतम २५ देखि ३३ लाख रुपैयाँसम्म र प्रदेश सभाका उम्मेदवारले १५ देखि २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको छ । यस्तै, उम्मेदवारले आमसभा र घरदैलोमा…

Read More