Author: Saru Shrestha

काठमाडौँ – भरतपुरमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। उक्त शङ्कास्पद वस्तुलाई सेनाको टोलीले केहीबेर अघि डिस्पोज गरेको हो। चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले उक्त वस्तु तर्साउने नियतले राखिएको पाइएको बताए। शङ्कास्पद वस्तु डिस्पोज गरिएसँगै पूर्व(पश्चिम राजमार्ग खुला गरिएको छ।

Read More

काठमाडौँ – निर्वाचन आयोगले लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्यदृश्य सामग्री प्रकाशन गर्ने केही फेसबुक पेज तथा ग्रुप हटाउन निर्देशन दिएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि दलहरूको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा ‘नो, नट अगेन, नो नट अगेन र नो.नट अगेन नामका फेसबुक पेज र ग्रुपहरूबाट निर्वाचन सम्बन्धी भ्रामक श्रव्यदृश्य सामग्री प्रकाशन भएको पाइएको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। झूटा फेसबुक पेज तथा ग्रुपहरू सिर्जना गरी दलका नेताहरू विरुद्ध प्रचार प्रसार गर्ने कार्य विद्युतीय कारोबार ऐन र निर्वाचन (कसुर तथा सजाय) ऐनको प्रतिकूल रहेको आयोगले मंगलबार जारी गरेको…

Read More

सुर्खेत – भेरी नदीको किनारमा वनभोज खान गएका जाजरकोट भेरी नगरपालिका –४ का २० बर्षका रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।  भेरी नगरपालिका ३ का २६ बर्षका विक्रान्त केसी भेरी नदीमा बेपत्ता भएका छन् । नदीमा डुबेका बीरेन्द्र शाहीलाई भने जीवितै उद्धार गरिएको छ । रोशन र बीरेन्द्र डुबेपछि साथीहरुलाई बचाउन गएका विक्रान्त बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भैरहेको प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताए  । नदी पारी रहेको सवलाई निकाल्ने र बेपत्ताको खोजी काम भइरहेको निरौलाले बताए । तिहारको अवसरमा सदरमुकाम खलंगामा हालै भएको फुटबल प्रतियोगितामा खसी बाजी जितेका युवाहरुले मंगलबार भेरी नगरपालिका ११ मटेला स्थित…

Read More

जुम्ला – लागूऔषधि स्वास्थ्यका लागि हानिकारक र कानुनी रुपमा बरजीत  छ । पछिल्लोमा सयममा जुम्ली समाजमा आक्रान्त बनाएको छ । यो लागूऔषधबाट आफ्नो छोराछोरीलाई कसरी बचाउने अभिभावकलाई निकै चिन्ता र त्रासको विषय बन्दै गएको छ । झण्डै एक दर्शक अगाडी लागूऔषधिका विषयमा माथिल्लो कर्णाली जुम्ला, कालिकोट, मुगु जिल्लाका नागरिकले खासै जानकारी नै थिएन । उनीहरू स्थानीय स्तरमा पाइने चरसका (अत्तर, भाङ) विषयमा मात्रै जानकारी थिए । तर २०६२ सालपछि सुर्खेत, कालिकोट, जुम्ला, मुगु र जाजरकोट हुँदै डोल्पा जिल्ला सडक सञ्जालमा जोडियो । त्यसबाट नेपालसँग जोडिएको इण्डीया भारतको नाका रुपैडियाबाट सवारी सधान मार्फत माथिल्लो कर्णालीमा लागूऔषध पुग्ने गरेको हो । यसअघि…

Read More

काठमाडौँ – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन सोमबार धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिएको छ । ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाउने गरिन्छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । यस दिन घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गर्ने गरिन्छ । सुखरात्रिको पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो…

Read More

काठमाडौं – राष्ट्रपतिको कार्यालय शीतल निवासमा देउसीभैलो कार्यक्रम गरिएको छ। सांस्कृतिक संस्थानले कार्यालयमा देउसीभैलो कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा तिहारसम्बन्धी विशेष गीतरसङ्गीत, नृत्य प्रस्तुत गरिएको थियो। राष्ट्रपति भण्डारीले सम्पूर्ण प्रस्तुति अवलोकन गरिन्। राष्ट्रपति कार्यालयमा प्रत्येक वर्ष तिहार पर्व मनाउने गरिन्छ।

Read More

काठमाडौं – काठमाडौंको लोलाङ हाइटस्थित जुत्ता उद्योग भएको एक घरमा आगलागी भएको छ । सोमबार साँझ पौने ७ बजे आगलागी भएपछि प्रहरीको टोली दमकलसहित आगो निभाउन पुगेको छ । आगो निभाउन जुद्ध बारुण यन्त्र, नेपाली सेनालगायत विभिन्न निकायको दमकल प्रयोग गरिएको छ । जुत्ता कारखाना रहेको घरमा आगलागी भएको र नजिकै अरु सटरहरुमा पनि आगो सल्किएको जानकारी आएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए ।

Read More

जनकपुरधाम – दीपावलीको झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर जनकपुरधाममा दुई जनाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र वडा नम्वर ९ का सुभाष यादवका १४ वर्षीय छोरा शिवराज यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मिश्र र यादव दुबै जनालाई झिलिमिली बत्ती जोड्ने क्रममा आफ्नै घरमा करेन्ट लागेको धनुषा प्रहरीको भनाइ छ ।उनीहरूको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

Read More

दार्चुला – सर्पको टोकाईबाट एक बालिका घाइते भएका छन । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं १ मेलखेतका वर्ष १९ का संगिता सामन्त सर्पको टोकाइबाट घाइते भएका हुन । सोमबार बिहान घर नजिकै खर गाज्यो काट्न गए सामन्तलाई सर्पले टोकेपछि घाइते भएको स्थानीय विर सिह सामन्तले जानकारी दिए । सोमबार विहान सर्पले टोकेर घाइते भएका उनको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको अस्पतालले जनाएको छ । जिल्ला अस्पताल दार्चुलाका इमरजेन्सी फाटका इन्चार्ज डम्मर दत्त भट्टका अनुसार घाइते बालिकाको खुट्टामा सर्पले टोकेको तथा अहिले इमरजेन्सीमा राखेर उपचार भइरहेको बताएका छन ।घाइते सामन्तको अवस्था सामान्य रहेको बताइएको छ । सर्पले टोकेपछि विरामीलाई ४८…

Read More

काठमाडौं – प्रहरीले तिहारको समयमा काठमाडौभित्र बेला जुवा खेलिरहेका ६२ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौंका विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा नौ लाख १२ हजार ८० रुपैयाँ नगदसहित ६२ जनालाई पक्राउ गरिएको बताए। पक्राउ परेकामध्ये नौ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ। अरुलाई कार्यालय समय खुलेपछि मात्रै मुद्दा दर्ता गर्ने एसपी मैनालीले बताए। प्रहरीले तिहारको समयमा ठूलो हारजित हुने गरी जुवातास खेलेको थाहा पाएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेको छ।

Read More