Author: Dipak Dhamala

काठमाडौं- सुदूरपश्चिममा शुक्रबार गौरा पर्व मनाइँदैछ। बिहीबारबाट गौरापर्व विधिवत रुपमा सुरु भएको हो। हिजो गौरा पर्वको पहिलो दिन तामा तथा पित्तलको भाडोमा बिरुडा राखेर विधिपूर्वक भिजाइएको थियो। गौरा पूजनका लागि बिरुडा भिजाएर मनाइने गौराको पहिलो दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ। सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज व्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउनेछन्। आजको दिनलाई ‘ठूली गौरा’ भनेर मनाइन्छ। व्र्रतालु महिलाहरुले बिहानै नुहाइधुवाइ गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन छ। ‘ठूली गौरा’को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरी व्रतालु महिलाहरुले फलफूल र बिरुडाले गौरादेवीको पूजा गर्ने गर्दछन्। साउँ, अपामार्ग, तील लगायतका वनस्पतिले गौराको प्रतिमूर्ती बनाइन्छ। व्रतालु महिलाहरुले धारण गर्ने विशेष…

Read More

काठमाडौं- सुदूरपश्चिममा शुक्रबार सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकारको मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले आज बिदा दिने निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै गौरा पर्वका अवसरमा बिदा दिइएको जनाएको छ। आज प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा बिदा दिइएको सूचनामा उल्लेख छ। सुदूरपश्चिमको मुख्य पर्व गौरा हिजोबाट विधिवत रुपमा सुरु भएको छ।

Read More

काठमाडौं- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले २०७४ को निर्वाचनमा बाँके क्षेत्र नं. १ बाट निर्वाचित भएलगत्तै विद्यालयमा टिनको छाना विस्थापित गर्ने उद्घोष गरेका थिए । जिल्लाकै दुर्गम क्षेत्रको प्रतिनिधित्व गर्दै सांसद् बनेका गहतराजले आफ्नो उद्घोषलाई अभियानकै रुपमा अगाडी बढाए । फलस्वरुप पछिल्लो पाँच वर्षमा बाँके १ नं. क्षेत्रका २३ वटा विद्यालयमा एक सयको हाराहारीमा पक्की कोठाहरु निर्माण भएका छन् ।  पछिल्लो समय खेलकुद मन्त्रालयको नेतृत्व गरिरहेका उनले मन्त्रालयसँगै आफ्नो पुर्वघोषित अभियानलाई समेत सँगसँगै अगाडि बढाइरहेका छन । टिन र फुसको छानाले बनेका विद्यालय भवनलाई आधुनिक र सुविधासम्पन्न गराउने अभियान अन्तर्गत मन्त्री गहतराजले आफ्नो निर्वाचन क्षेत्रका झण्डै पाँच हजार बालबालिकालाई…

Read More

काठमाडौं- मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकको लापरवाहीका कारण एक नवजात शिशुको मृत्यु भएको छ । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ३ स्थित त्रिभुवननगर निवासी रविन्द्र साहकी पत्नी चंचला देवीले जन्माएको शिशुलाई प्रादेशिक अस्पतालका चिकित्सकले जनकपुरधामस्थित रामानन्द चोकमा रहेको नैना हस्पिटलमा रिफर गरेकोमा उपचारकै क्रममा मृत्यु भएपछि विवाद सतहमा आएको हो । पीडित परिवारका अनुसार चंचला देवीलाई प्रश्रव पीडापछि प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । प्रादेशिक अस्पतालमा कार्यरत डा. अभय मण्डलले शल्यक्रियामार्फत बच्चा निकाले पनि शिशुको अवस्था गम्भीर रहेको भन्दै नैना अस्पतालमा रिफर गरेको बताइएको छ । प्रादेशिक अस्पतालमा एनआइसियू खाली नरहेको भन्दै शिशुलाई डा. मण्डलकै सल्लाह अनुसार नैना अस्पतालमा भर्ना…

Read More

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सुर्खेत आउने भएका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले आयोजना गरेको पार्टी प्रशिक्षण ‌कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड सुर्खेत आउन लागेका‌ हुन् । कार्यक्रम वीरेन्द्रनगर  स्थित सिटीहलमा हुने छ।‌ प्रचण्ड हिजो बिहीबार नै सुर्खेत आउने कार्यक्रम रहेपनि अन्तिममा आएर  सत्ता गठबन्धनको बैठकका कारण स्थगित भएको थियो। प्रशिक्षण ‌कार्यक्रममा लागि उपमहासचिव एवं नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मा भने बिहिवार नै सुर्खेत पुगिसकेका छन् भने नेता शक्ति बस्नेत पनि वीरेन्द्रनगरमै छन्। #प्रचण्ड

Read More

काठमाडौं- नेपाली कांग्रेस काठमाडौं – ९ ले उम्मेदवारको नामावली तय गरेको छ । नेपाली कांग्रेस काठमाडौं ९ क्षेत्रीय कार्यसमितिको बैठक  ले आगामी संघीय संसद प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फ ६ र समानुपातिकतर्फ ४ जना उम्मेदवारको सिफारिस गरेको हो । उम्मेदवार सिफारिसका लागि बुधबार क्षेत्रीय कार्यसमिति, केन्द्रीय सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र प्रदेश क्षेत्रीय प्रतिनिधिहरु समेतको  संयुक्त बैठक बसेको थियो । उक्त बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ क्षेत्रीय सभापति जयकृष्ण महर्जन, केन्द्रीय सदस्य ध्यनगोविन्द रञ्जित, नानू बास्तोला, महाधिवेशन प्रतिनिधि, धर्मराज गौतम, नेता तिर्थ राम डंगोल  र गौरीप्रसाद दवाडीलाई सिफारिस गरेको हो ।  समानुपातिकतर्फ, पूर्व केन्द्रीय सदस्य किरण गिरी, महाधिवेशन प्रतिनिधि दामोदर गौतम , बासु कार्की…

Read More

काठमाडौं- प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।  त्यसैगरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले ‘वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

Read More

काठमाडौं- राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ ।  राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धीत विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि छलफल जारी रहने सम्भावित कार्यसूची छ । उक्त विधेयक आजै गृहमन्त्री बालकृष्ण खाणले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । 

Read More

बाइकमा ‘मोबाइल स्ट्यान्ड’ राखे कारबाही काठमाडौं- तपाईंले आफ्नो मोटरसाइकलमा मोबाइल अड्याउने ‘स्ट्यान्ड’ राख्नुभएको छ रु त्यसो हो भने ‘होसियार’ रहनुस् है १ ट्राफिक प्रहरीको कारबाहीमा जुनसुकैबेला पर्न/परिन सक्छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकलमा ‘मोबाइल स्ट्यान्ड’ राख्नेमाथि कारबाही अभियान थाल्ने तयारी गरेको हो । पछिल्लो समय ‘राइड सेयरिङ’ गर्ने बाइकचालकले ‘मोबाइल स्ट्यान्ड’ प्रयोग गर्दै आएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘राइड सेयरिङ’ एप कम्पनीलाई पत्र लेख्दै ‘स्ट्यान्ड’ हटाउन निर्देशनसमेत दिएको छ । मोबाइल स्ट्यान्डले दुर्घटना जोखिम बढाएको ट्राफिक प्रहरीको निष्कर्ष छ । यस्ता स्ट्यान्डले ‘बाइक मोडिफिकेसन’ भएको ठहरसमेत उसले गरेको छ । ट्राफिक प्रहरीले दुर्घटना जोखिम बढेकाले बाइकमा स्ट्यान्ड…

Read More

काठमाडौं-  कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीका लागि छुटेको बस दुर्घटना भएको छ। प्रहरीका अनुसार शुक्रबार बिहान पाँच बजेतिर ना ७ ज २५७० नम्बरको बस बैतडीमा दुर्घटना भएको हो। जिल्लाको पाटन नगरपालिकाको खोड्पे बजार नजिकै बस अनियन्त्रित भएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले बताएको छ। 

Read More