काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरि खनाललाई ३० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटबलको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
उनले जग्गा नामसारी गर्ने गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम मागेका थिए । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
Facebook Comments Box