Author: Dipak Dhamala

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२० रुपैयाँ ०० पैसा र बिक्री दर १२७ रुपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ १० पैसा र बिक्री दर १२७ रुपैयाँ ७० पैसा रहेको छ।    बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ९१ पैसा र बिक्री दर १४७ रुपैयाँ ६० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७६ पैसा र बिक्री दर…

Read More

काठमाडौं – कक्षा १२ को नतिजा १५ भदौभित्र प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डको रोडम्याप थियो । बोर्डका केही पदाधिकारीहरूले तीज (१३ भदौ) का दिन नतिजा प्रकाशन गर्ने तयारी भएको भन्दै सञ्चारमाध्यमलाई सूचना सम्प्रेषण गरे ।  तर, प्राविधिक काम नसकिएको भन्दै बोर्डले बिहीबारसम्म पनि नतिजा प्रकाशन गरेको छैन । बोर्डले तीन दिनदेखि लगातार नतिजा प्रकाशन हुने भन्दै आइरहेको छ । तर, अन्तिममा आज नसकिने जवाफ दिने गरेका छन् । बोर्डले आफैले तोकेको मिति पनि घर्किन पुगेको छ ।  नतिजा कहिलेसम्म आउछ अझै निश्चित छैन । प्राविधिक काम नसकिएले नतिजा प्रकाशनमा ढिलाइ भइरहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । ‘प्राविधिक काम सकिएको…

Read More

काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वमा दिएको सार्वजनिक विदा झिकेको छ। भदौ १८ गते परेको गौरा पर्वमा संघीय सरकारले विदा दिएकोमा प्रदेश सरकारले थप एक दिन १७ गते पनि विदा दिने भनेर प्रदेश राजपत्रमा उल्लेख गरेको थियो। तर बुधबार एक सूचना जारी गर्दै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले थपिएको एक दिनको विदा झिकिएको जनाएको छ। यस्तै भदौ १२ गते थारु समुदायको अटवारी पर्वका लागि कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिइसकिएकाले १९ गतेका लागि राजपत्रमा उल्लेख भएको विदा समेत झिकिएको जनाएको छ।

Read More

काठमाडौं- नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत सुदूरपश्चिम स्तरीय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट एक सय ५६ खेलाडी छनौट भएका छन् । छनौट भएका खेलाडीले प्रदेशमा १३ खेलमा प्रतिस्पर्धा गर्नेछन् । जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार यही भदौ १० देखि १४ गतेसम्म सञ्चालन भएको जिल्लास्तरीय प्रतियोगिताबाट प्रदेशका लागि खेलाडी छनौट भएका हुन् । क्रिकेट (महिला/पुरुष), तेक्वान्दो (महिला/पुरुष), टेबल टेनिस (महिला/पुरुष), बुद्धिचाल, भारत्तोलन (पुरुष), कराते, तेक्वान्दो (महिला/पुरुष), भलिबल (महिला/पुरुष) , कबड्डी (महिला/पुरुष), एथ्लेटिक्स (महिला/पुरुष), फुटबल, बक्सिङ ९पुरुष०लगायतका खेलका खेलाडी छनौट भएका हुन् । छनौट प्रतियोगितामा सहभागी हुन खेलाडीका लागि आवेदन आह्वान गरिएको थियो । छनौट प्रतियोगितामा तीन सय २९ खेलाडी सहभागी रहेको जोशीले बताउनुभयो ।…

Read More

काठमाडौं- राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।  त्यस्तै  बीमा विधेयक २०७५, सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव, शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको  छ ।

Read More

काठमाडौं-  कैलाली धनगढीकी एक महिलाको डेंगु संक्रमणबाट मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया गीता शाहीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए।  शाहीको उपचारको क्रममा मंगलबार बिहान नै मृत्यु भएपनि बुधबार मात्र डेंगु पुष्टि भएको थियो। डेंगु संक्रमित शाहीमा कार्डियाकपल्मोनरी एरेस्ट भएको थियो।  पछिल्लो समय कैलालीमा डेंगुको प्रकोप फैलिएको छ। साउन १ गतेपछि मात्रै कैलालीको लम्की चुहा नगरपालिकामा मात्र २५ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।  डेंगुको संक्रमण बढ्दै गएपछि कैलालीका १३ वटै स्थानीय तहलाई सचेत रहन र संक्रमण रोक्न अभियान सञ्चालनका लागि पत्राचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।…

Read More

काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र ठूलो दल बन्ने भएको छ। हाल प्रदेश सभामा ठूलो दल रहेको एकीकृत समाजवादीका दुई प्रदेश सभा सदस्य तारा लामा तामाङ र कुलवीर चौधरी एमाले प्रवेश गरेसँगै उनीहरू निलम्बनमा पर्ने छन्। त्यसका लागि नेकपा एसबाट एमालेमा गएका प्रदेश सभा सदस्य तारा लामा तामाङ र कुलवीर चौधरीलाई नेकपा एसको संसदीय दलले कारवाहीका लागि संसद सचिवालयमा पत्र पठाउनुपर्ने छ। १४ प्रदेश सभा सदस्यसहित ठूलो पार्टी बनेको नेकपा एसका दुई सदस्य निलम्बनमा परेमा अब उसँग १२ प्रदेश सभा सदस्य मात्रै बाँकी रहनेछन्। नेकपा एसका प्रदेश सभा सदस्यको संख्या १२ मात्रै रहेपछि १३ प्रदेश सभा सदस्य रहेको माओवादी प्रदेशको…

Read More

काठमाडौं- आज भाद्र कृष्ण पञ्चमी अर्थात सुदूरपश्चिमेलीहरुको ठूलो चाड गौरापर्वको पहिलो दिन। आजबाट नै विधिवत रुपमा गौरापर्व सुरु भएको छ। गौरा पर्वको पहिलो दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ। ‘बिरुडा पञ्चमी’ को शुभ साइतमा आज गौरा पूजनका लागि बिरुडा राख्ने गरिन्छ। बिरुडा भन्नाले पाँच थरी अन्नको समिश्रणलाई भनिन्छ। आजकै दिन गौरा पूजनका लागि पाँचथरी अन्न तथा गेडागुडी गहत, केराउ, गुरास, मास तथा गहुँ विधिपूर्वक भिजाउने काम गरिन्छ। आजको दिन स्नान तथा पूजा गरेर बिरुडाका लागि छुट्याइएको अन्न तामा अथवा पित्तलको भाडोमा राखेर भिजाउने कार्य गरिन्छ। पौराणिक कालमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउँ भनि बालुवाको शिवलिङ्ग बनाइ १२ वर्षम्म गरेको कष्टसाध्य तपस्यापश्चात् वरदान पाइ…

Read More

काठमाडौं-  बझाङमा जिपको ठक्करबाट बुधबार एक पैदल यात्रीको ज्यान गएको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका–९ का ६० वर्षीय गगन ओखेडा रहेका छन् ।  केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट बागथलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०० च २६९० नम्बरको जिपले देउरा बजारमा पैदल हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी जानकारी दिए।  ओखेडाको घटनास्थलमै मृत्यु भएको हो । बुङ्गल नगरपालिका–६ घर भएका जिप चालक दीपेन्द्र धामी घटनापछि फरार रहेको प्रहरीले जनाएको छ । 

Read More

काठमाडौं-  भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।  हरितालिका तीजको व्रत एवं पूजा आज महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाले मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । रजस्वलाका समयमा  कुनै त्रुटि भएको भए ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको…

Read More