Author: Saru Shrestha

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी जनतालाई राहत दिन माग गरेको छ । महासंघका महासचिव डेकनाथ गौतमले मंगलबार विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य घटाएर चाडपर्वको समयमा जनतालाई राहत दिन माग गरेका हुन् । “भारतबाट नेपालमा आयत हुने पेट्रोलियम पदार्थको मूल्यमा तीन पटक रकम घटेको छ, चाडपर्वको समयमा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी यातायात व्यवसायी र जनतालाई राहत दिनुपर्छ”, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । महासंघका अध्यक्ष विजयबहादुर स्वारले कोरोना कहरका कारण ठूलो आर्थिक व्ययभार खेपेका यातायात व्यवसायीलाई राहत दिनुको सट्टा…

Read More

काठमाडौं- अछाम पञ्चदेवल विनायकका विनोद शाहीको हत्यामा संलग्न रहेको आरोप लगाउँदै पाँच राजनीतिक दल र संघर्ष समितिले पञ्चदेवल विनायक नगरपालिकाका सार्वजनिक कार्यक्रम बहिस्कार गर्ने भएका छन्। उनीहरुले मेयर अम्बिका चलाउने सहभागी हुने कार्यक्रम बहिस्कार गर्ने जनाएका हुन्। एमालेका नगर इञ्चार्ज भीमबहादुर बिष्ट, माओवादी केन्द्रका उपसचिव हरिप्रसाद तिमिल्सिना,एकीकृत समाजवादीका सहइञ्चार्ज केशव शाही, विप्लव नेतृत्वको नेकपाका इञ्चार्ज सर्जन धामी, राप्रपा नेपालका नगर अध्यक्ष रणबहादुर शाही र स्व। विनोद शाही संघर्ष समितिका संयोजक रमेश शाहीले संयुक्त विज्ञप्ति जारी गर्दै मेयर सहभागी हुने सार्वजनिक कार्यक्रमहरु बहिस्कार गर्ने बताए। उनीहरुले तीन दिनभित्र पीडित पक्षसँग भएका सम्झौता पूर्णरुपमा कार्यान्वयन नगरिए अनिश्चितकालका लागि नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने…

Read More

काठमाडौं – बैतडीको सिन्केलेकमा राखिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ। जिल्लाको सुर्नया गाउँपालिका ३ को गोकुलेश्वर सडकखण्डमा राखिएको शंकास्पद वस्तुलाई बैतडीस्थित हनुमानध्वज गुल्मको टोलीले निष्क्रिय गरेको हो। मंगलबार दिउँसो शंकास्पद वस्तुलाई सुरक्षित रुपमा निष्क्रिय गरिएको हनुमानध्वज गुल्मका गुल्मपति सेनानी गोविन्द थापाले बताए। बिहान पनि सेनाले जिल्लाका विभिन्न दुई ठाउँमा राखिएको शंकास्पद वस्तुलाई निष्क्रिय गरेको थियो।

Read More

सुर्खेत – फोहोरबाट विद्युत् निकाल्न कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले प्राविधि जडान गर्न लागेको छ । जनसंख्याको चापसँगै बढ्दो सहरीकरणले दैनिक फोहोर बढीरहेको भन्दै मन्त्रालयले माननीय क्रियाकलापबाट उत्पादन हुने फोहोरबाट विद्युत् उत्पादन गर्नका लागि प्राविधि जडान गर्न लागेको बताएको छ । आर्थिक वर्ष २०७९–८० मा बजेट बिनियोजन गरि फोहोरबाट ऊर्जा निकाल्नका लागि काम सुरु गर्न लागिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । देशका अन्य ठाउँमा समेत यो प्राविधिबाट ऊर्जा निकाल्ने काम सुरु भएको भन्दै अत्यन्तै ऊर्जा कम उत्पादन भएको कर्णालीमा छिटोभन्दा छिटो सबैलाई उज्यालो पुर्‍याउनका लागि फोहोरबाट ऊर्जा निकाल्ने प्राविधि जडान गरि काम सुरु गर्न…

Read More

सप्तरी – सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा मंगलबार अपरान्ह स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरीले ३ राउन्ड गोली चलाएको छ। तस्करी गरेर ल्याइएको समान बरामद गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हुँदा स्थितिलाई नियन्त्रणमा लिन हवाइ फायर गरेको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्। उनका अनुसार कुनै अप्रिय घटना हुन नदिन प्रहरीले ३ राउण्ड हवाइ फायर गरेको हो । घर खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पुर्‍याएपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै जाँदा प्रहरी र स्थानीयबीच दोहोरो झडप भएको थियोे । झडपमा परेर केही प्रहरी र स्थानीय घाइते भएका प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिए ।

Read More

काठमाडौं – चुनावमा हरेक राजनीतिक दलका मुख्य दुई प्रचारकलाई मात्रै हेलिकप्टर प्रयोग गर्न दिने निर्वाचन आयोगले जनाएको छ । आज सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रस्तावित आचारसंहितामा सवारी प्रयोग गर्दा अपनाउनुपर्ने आचरणअन्तर्गत कसले हेलिकप्टर प्रयोग गर्न पाउने र कसले नपाउने भन्ने उल्लेख गरिएको छ । आचारसंहितामा राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने र त्यस्ता प्रचारकमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय कार्यपालिकामा रहेका पदाधिकारी भने रहन नपाउने भनिएको छ ।…

Read More

धनगढी- सुदूरपश्चिममा सोमबार थप ७५ जनामा कोरोना भाइरसका संक्रमित फेला परेका छन्। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी र बझाङमा ७४७ जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा ५४ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि नभएको निर्देशनालयले जनाएको छ।

Read More

काठमाडौँ – सप्तरीमा गुडिरहेको माइक्रोबस टायर पड्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, १३ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ मा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख २३१० नम्बरको माइक्रोबसको पछाडिको टायर पड्किएपछि अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा कन्काई नगरपालिका ८ बस्ने ५२ बर्षीया अमृता ओलीको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले बताए । गम्भीर घाइते भएकी उनलाई अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेका थिए । उक्त दुर्घटनामा माइक्रोबस चालक झापाको बिर्तामोड नगरपालिका-४ का ४३ वर्षीय दुर्गाबहादुर मगरसहित १३ जना घाइते भएका छन् । उनीहरूको…

Read More

काठमाडौं – काठमाडौं महानगरका मेयर बालेन्द्र साहले पार्किङको नक्सा पास भएका तर अन्य रूपमा प्रयोग भएका संरचनाहरूको अनुगमन, खोजी र कारबाही सुरु भएको बताएका छन् । गत साउन २ गते महानगरले बानेश्वरका ठूला भवनमा ३५ दिनभित्र अन्डरग्राउन्ड पार्किङ खाली गर्न निर्देशन दिँदै पार्किङ गर्न भनी नक्सा पास गराई व्यवसाय सञ्चालन गर्न नपाइने सूचना दिएको थियो । सूचना दिएको ३५ दिनपछि अर्थात् आज महानगर प्रमुख शाह आफैँ अन्डरग्राउन्ड खाली भए(नभएको अवलोकन गर्न पुगे । निर्वाचित भएपछि प्रायः फुटपाथ हटाउने विषयमा बानेश्वर धाइरहेका प्रमुख शाह आज पनि बानेश्वर पुग्दा धेरैले फुटपाथ व्यापार अवलोकन गर्न आएको अनुमान पनि लगाए । यद्यपि आज भने…

Read More

काठमाडौँ – सवारी चालक अनुमतिपत्रका लागि नक्कली प्रवेश पत्र बनाएको अभियोगमा वीरेन्द्रनगरबाट सशस्त्र प्रहरी बलका एक जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख गुराँस गाउँपालिका-४ घर भई हाल सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत वर्ष ३० का सशस्त्र प्रहरी जवान भक्त बहादुर शाही छन् । उनी सोमबार दिउँसो दुई बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–७ स्थित यातायात व्यवस्था कार्यालय सुर्खेतबाट पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । उनले गत साउन ११ गते दिएको मोटरसाइकलको सवारी चालक अनुमतिपत्रको परीक्षाको (लिखित र मौखिक) प्रवेश पत्रमा किर्ते गरेको बताइएको छ । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी माधव…

Read More