धनगढी- सुदूरपश्चिममा सोमबार थप ७५ जनामा कोरोना भाइरसका संक्रमित फेला परेका छन्।
स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी र बझाङमा ७४७ जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा ५४ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि नभएको निर्देशनालयले जनाएको छ।
Facebook Comments Box