काठमाडौं: नेपाल प्रहरको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका सिद्धिविक्रम शाहलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले शाहलाई एआईजीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले शाहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। एआईजीमा बढुवा भएको शाहको कार्य विभागमा पदस्थापन भएको छ। डीआईजी हुँदा उनी विशेष ब्यूरोमा कार्यरत थिए।

Facebook Comments Box