Author: Saru Shrestha

काठमाडौं – नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । समझदारीपत्रअनुसार, प्रहरी कल्याण कोषद्धारा हाल सञ्चालित ५ वटा पेट्रोल पम्पहरु, प्रस्तावित ४ वटा पेट्रोल पम्पहरु र बाँकी प्रहरी कार्यालयहरुका अन्य उपयुक्त स्थानहरु गरी २५ ठाउँमा चार्जिङ स्टेसन स्थापना गरिनेछ । चार्जिङ स्टेसन दीर्घकालीनरुपमा प्रहरी कल्याण कोष मातहत सञ्चालन हुने छन् । प्रहरीसँग भएको एमओयू अनुसार प्राधिकरणले आफ्नै खर्चमा चार्जिङ स्टेसनका सम्पूर्ण उपकरण खरिद तथा…

Read More

काठमाडौं – महाअभियोग सिफारिस समितिको बैठक मंगलबार बस्ने भएको छ । यो समितिको पहिलो बैठक भदौ १ गते बसेको थियो । दोस्रो बैठक ७ गते बस्न लागेको हो । समितिका जेष्ठ सदस्य रामबहादुर विष्टका अनुसार मंगलबार दिउँसो २ बजे बैठक बस्ने तय भएको छ । उक्त बैठकमा यसअघि वितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबारामाथिको अध्ययन कार्यतालिका पेस गर्ने कार्यसूची छ । ‘महाअभियोग उपर कुन दिन के गर्ने, कति दिनमा सकाउने भनेर कार्यतालिका पेस गर्ने र पास गर्ने हाम्रो प्रयास रहन्छ’ मंगलबारको बैठकको तयारीबारे जानकारी दिँदै जेष्ठ सदस्य विष्टले भने । साथसाथै, समितिको सभापति चयनको विषय…

Read More

काठमाडौं- मृत व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा बुटवलमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरका ३५ वर्षीय राजेन्द्र गोतामे रहेका छन्। बुटवल १२, बुद्धनगरस्थित होली क्यालभरी चर्चका पास्टर गोतामेले मृत्यु भएको भनिएका व्यक्तिलाई जीवित गराएको भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो। आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए। सोमबार बिहान ९ बजे चर्चमा गई उनलाई पक्राउ गरेको केसीले बताए। यद्यपि प्रहरीले उक्त भिडियोबारे सोधपुछ गर्दा पुरानो भिडियो भनिएको जनाएको छ। यसबारे प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ।

Read More

काठमाडौं – निर्वाचन सामग्री छपाइका लागि छापाखानाहरूलाई सूचीकृत हुन निर्वाचन आयोगले गरेको आह्वानप्रति नेपाल मुद्रण उद्योग महासंघले आपत्ति जनाएको छ । सोमबार प्रमुख निर्वाचन आयुक्तलाई ध्यानाकर्षणपत्र बुझाउँदै महासंघले आम छापाखाना व्यवसायीहरूको पेसामाथि आघात पुगेको जनाएको हो । ‘नेपाल सरकारको सबै निकायमा दर्ता गरी राज्यलाई तिर्नुपर्ने सबै दायित्व तिरेका, अति आवश्यक छपाइ सामग्रीहरू तयार गर्न सक्ने क्षमता राखेका छापाखानाहरूसमेत शर्त राखी प्रकाशित गरिएको सूचनाको कारण सूचीकृत हुनबाट वञ्चित भएकाले आम छापाखाना व्यवसायीहरूको पेसामाथि नै आघात पुगेको देखिन्छ,’ ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘नेपाल संघीय गणतान्त्रिक लोकतन्त्रमा गइसकेको र सो अनुरुप तीन तहका सरकार समेत बनिसकेको अवस्थामा पनि सबै कामको व्यवस्था केन्द्रिकृत हुनुले अझै…

Read More

काठमाडौं – पाँचदलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । चुनावी रणनीति र सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक बसेको हो । सिट बाँडफाँटको मोडालिटी बनाउन गठबन्धनले बनाएको कार्यदलमा सिट संख्यामा सहमति जुट्न नसकेपछि शीर्ष तहमै उक्त विषयमा छलफल हुन थालेको हो ।

Read More

धनगढी- क्षमता भन्दा बढी कैदी भएपछि कैलालीको जिल्ला कारागारमा समस्या भएको छ। १५० कैदी क्षमता रहेकोमा हाल ५८७ कैदी बन्दीहरु रहेका छन्। सुदूरपश्चिम प्रदेशको रेफरल कारागारको रुपमा रहेकोले क्षमता भन्दाबढी कैदी बन्दीहरुका कारण समस्या भएको कैलाली जिल्ला कारागारका प्रमुख नरबहादुर थापाले बताए। कारागारमा भवन अभावमा एउटै कोठामा २३ जना समेत बस्नु परेको र शौचालय समेत एउटै रहेका कारण समस्या रहेको कारागारका कैदी मीनबहादुर खडकाले बताए। कारागारमा हाल २०१ थुनुवा र ३०८ स्वदेशी पुरुष र १६ थुनुवा र २३ कैदी विदेशी गरेर ५४८ पुरुष रहेका छन्। त्यस्तै २६ जना कैदी र १० जना बन्दी गरी स्वदेशी महिला ३६ र एक विदेशी…

Read More

धनगढी- धनगढीमा लागुऔषधसहित एक व्यापारी पक्राउ परेका छन्। आइतबार धनगढी उपमहानगरपालिका-१२ जुगेडा कम्पनी टोलबाट उनलाई प्रहरीले समातेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका वडा नं ६ घर भई हाल जुगेडामा किराना पसल गरेर बसेका ३६ वर्षीय दिनेश सिंह रहेका छन्। सिंहको पसलमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सादा पोशाकको टोलीले शंका लागेर चेकजाँच गरेको थियो। त्यसपछि उनले लुकाईछिपाई राखेको १ किलो ग्राम लागुऔषध (चरेश) फेला पारेर बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै सिंहलाई पक्राउ गरेर थप अनुसन्धान भईरहेको बताइएको छ।

Read More

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निर्वाचन आयोगलाई ३७ बुँदे सुझाव दिएको छ । सोमबार आयोगले निर्वाचन आचारसंहितबारे दलहरुसँग छलफल गरेको थियो । छलफलमा एमालेका तर्फबाट सहभागी नेता निरज आचार्यले ३७ बुँदे सुझाव पेश गरिएको जानकारी दिए । एमालेले निर्वाचन खर्च घटाउनुपर्ने लगायतका विषय सुझावमा समेटेको छ Nirbachan-Aayog-Nirbachan-Sujhab-UMLDownload

Read More

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रालयमा रहेको वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाई कक्ष कल सेन्टरमा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रमको सुरुवात गरेका छन्। आइतबार पहिलो दिन उनले कल सेन्टरमा बसेर बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा फोनमार्फत प्रत्यक्ष श्रमिकहरूका गुनासा र जिज्ञासा सुन्दै कार्यक्रमको सुरुवात गरेका छन्। अबदेखि प्रत्येक आइतबार मन्त्री कुँवरले फोनमार्फत प्रत्यक्ष श्रमिकहरूका गुनासा सुन्ने र तिनका समाधानका लागि पहल गर्ने बताए। मन्त्री कुँवरसँग फोनमार्फत प्रत्यक्ष रूपमा स्वदेश तथा विदेशमा रहेका १० श्रमिकहरुले आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावहरु राखेका छन्। जसलाई मन्त्री कुँवरले संबोधन गरेका छन्। कार्यक्रममा विशेष गरी मलेशियामा जाने कामदारबाट…

Read More

काठमाडौँ – बाराको जितपुरसिमरा उपमहानगरपालिका-७ टेडा रोड जाने बाटोबाट करिब १२ केजी अवैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-१२ बस्ने २६ वर्षीय राम कुमार प्रजा र १८ वर्षीय किशोर रहेका छन् । उनीहरूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले पैदल आइरहेका उनीहरूलाई जाँच गर्ने क्रममा झोलाभित्र २ वटा पोकामा रहेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More