धनगढी- क्षमता भन्दा बढी कैदी भएपछि कैलालीको जिल्ला कारागारमा समस्या भएको छ। १५० कैदी क्षमता रहेकोमा हाल ५८७ कैदी बन्दीहरु रहेका छन्।
सुदूरपश्चिम प्रदेशको रेफरल कारागारको रुपमा रहेकोले क्षमता भन्दाबढी कैदी बन्दीहरुका कारण समस्या भएको कैलाली जिल्ला कारागारका प्रमुख नरबहादुर थापाले बताए। कारागारमा भवन अभावमा एउटै कोठामा २३ जना समेत बस्नु परेको र शौचालय समेत एउटै रहेका कारण समस्या रहेको कारागारका कैदी मीनबहादुर खडकाले बताए।
कारागारमा हाल २०१ थुनुवा र ३०८ स्वदेशी पुरुष र १६ थुनुवा र २३ कैदी विदेशी गरेर ५४८ पुरुष रहेका छन्। त्यस्तै २६ जना कैदी र १० जना बन्दी गरी स्वदेशी महिला ३६ र एक विदेशी महिला कैदी रहेका छन्। कारागारमा तीन जना आश्रितसमेत रहेका छन्।
Facebook Comments Box