Author: Saru Shrestha

काठमाडौँ- प्रहरी प्रधान कार्यालयले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि सरकारसँग एक लाख २० हजार म्यादी प्रहरी माग गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केही दिनअघि गृह मन्त्रालयलाई त्यसबारे प्रस्ताव पठाइएको छ । यसअघि स्थानीय निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख १८ हजार म्यादी प्रहरी माग गरेकामा सरकारले एक लाख मात्र नियुक्त गर्ने निर्णय गरेको थियो । प्रहरी महानिरीक्षक (आइजिपी)ले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान केन्द्रको संख्या बढ्न सक्ने भन्दै म्यादी प्रहरीको संख्या पनि बढी आवश्यक पर्ने गत साता आयोजित पत्रकार सम्मेलनमा बताएका थिए । मतदानका बेला मतदान स्थलको भित्री सुरक्षा घेरामा नेपाल…

Read More

काठमाडौँ – सुन तस्करीमा जोडिएपछि गृहमन्त्री बालकृष्ण खाँणका पीएसओ टंक कार्कीलाई प्रहरी प्रधान कार्यालय तानेर छानबिन अगाडि बढाइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले वरिष्ठ नायब निरिक्षक कार्कीमाथि अनुसन्धान भइरहेको बताए । प्रहरी प्रधान कार्यालयमा रहेको उजुरी छानबिन शाखाले डिएसपीको नेतृत्वमा छानबिन समिति बनाएको छ । तस्करीको सुन हिनामिना गरेपछि कार्कीले एक व्यक्तिलाई थुनाएर चेक काट्न लगाएको आरोप लागेको छ । भरियाले बोकेर ल्याएको सुन ’रिसिभ’ नगरेपछि चितवनका एक व्यक्तीले त्यहाँपछि दिनुपर्ने व्यक्तिलाई नदिएपछि तस्करले कार्कीमार्फत ती व्यक्तिलाई पक्राउ गर्न लगाएर पाँच जनाको नाममा चेक काट्न लगाएको आरोप छ । गौशाला प्रहरी वृत्तको हिरासतमा राखिएका ती व्यक्तिलाई अभद्र…

Read More

सप्तरी – जनता समाजवादी पार्टीका मधेश प्रदेश समितिका मुख्य सचिव दिनेश कुमार यादव सप्तरी निर्वाचन क्षेत्रनम्बर २(ख) बाट प्रदेशसभा सदस्य पदमा चुनाव लड्ने तयारी गरिरहेका छन् । मधेश आन्दोनमा अग्रणी भूमिका निर्वाह गरी पटकपटक मधेशी मोर्चाको नेतृत्व गरेका विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय यादव पहिलोपटक संसदीय चुनाव लड्ने तयारीमा जुटेका हुन्। तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिसकेका यादव हालसम्म मधेशीसहितका उत्पीडित जातिसमुदायको पहिचान र अधिकार प्राप्तिको लडाईमा शुरूदेखि अहिलेसम्म सक्रिय छन् । २०४५ सालदेखि नेकपा एमालेको विधार्थी संगठन अनेरास्ववियुबाट राजनीति शुरु गरेका यादव पछिल्लो समय मधेशवादी दलको जिल्ला तथा प्रदेश समितिको नेतृत्वमा छन् । २०४५…

Read More

काठमाडौं – बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा आयोजित एक कार्यक्रमका वीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य र बागमती प्रदेश अन्तर्गतका प्रहरी प्रमुखहरुसंग प्रत्यक्ष एवं भर्चुअल माध्यमबाट आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न गरिएको छ । सम्झौता गरिएका कार्यालयहरुमा बागमती जिल्ला प्रहरी कार्यालय १०, बागमती प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, नेपाल प्रहरी विशेष सुरक्षा गण, बागमती प्रदेश प्रहरी गण गरी १४ वटा कार्यालयका प्रमुखहरुसंग प्रदेश प्रहरी प्रमुखले कार्यसम्पादन सम्झौता गरेका हुन् । जस अन्तर्गत जिल्ला प्रहरी कार्यालयको लागि ३४ वटा, ट्राफिकको लागि २२ र अन्य कार्यालयको…

Read More

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शुक्रबार राति निधन भएका गिरिको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनको अन्त्येष्टिमा सहभागी हुन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, एमाले अध्यक्ष केपी शर्मा, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्र्ता र शुभचिन्तक पशुपति आर्यघाट पुगेका थिए । पशुपति आर्यघाट लैजानुअघि श्रद्धाञ्जलीका लागि गिरिको पार्थिव शरीरलाई कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको थियो ।

Read More

धनगढी – डडेल्धुरामा जीप दुर्घटनामा गम्भीर घाइते भएका ३ जनालाई डडेल्धुरा अस्पतालल रेफर गरेको छ। दुर्घटनामा ८ जना घाइते भएकोमा ३ जनालाई रेफर गरिएको हो। प्रहरीका अनुसार जीप दुर्घटनामा घाइते भएका नवदुर्गा गाउँपालिका वडा नम्बर ३ की ४० वर्षीया शारदा पन्त (उप्रेती), गन्यापधुरा गाउँपालिका वडा नम्बर २ की ३६ वर्षीया चित्रा मल्ल र ४२ वर्षीय जनक मल्ललाई रेफर गरिएको हो। डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि चित्रलाई धनगढी र अन्य दुई जनालाई भारत रेफर गरिएको बताइएको छ। दुर्घटनामा घाइते भएका अमरगढी नगरपालिका वडा नम्बर १ मालमका कृष्ण सार्की, वडा नम्बर ११ का डम्मरबहादुर दमाई, गन्यापधुरा वडा नम्बर ३ का बाटु भुल,…

Read More

मुगु – जिल्लाको उत्तरी व्यापारी नाका नाक्चेलाग्ना ह्याजीमार तीन वर्षदेखि सुनसान बनेको छ । हरेक वर्ष साउन १५ देखि अन्तिम साउनसम्म १५ दिनका लागि खुल्ने उक्त व्यापारी नाका कोरोना महामारीका कारण यो वर्ष पनि नखुल्दा स्थानीय कार्मारोङ बासी निराश बनेका हुन् । १५ दिनका लागि अस्थायी रूपमा खोल्ने व्यापारी केन्द्रबाट यस पालिकाका स्थानीय वर्ष भरिको लागि खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामान किनमेल गर्न त्यस क्षेत्र पुग्ने गर्थे । कोरोना महामारीका कारण तीन वर्ष यता उक्त व्यापारी नाका ठप्प हुँदा स्थानीय कर्मचारी, व्यापारी र सर्वसाधरण मारमा परेका मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए । सुर्खेत नेपालगन्जदेखि सामान किनेर ढुवानी…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नेपाली राजदूत प्रा।डा। ज्योति प्याकुरेल (भण्डारी)ले पथ तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासस्थित राष्ट्रपति भवनमा आइतबार आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष नवनियुक्त राजदूतद्वय काफ्ले र प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुईवटा विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएका दुईवटा विधेयक आइतबार राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । उनका अनुसार राष्ट्रपति भण्डारीले नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् । विधेयक प्रमाणीकरणबारे जानकारी दिन प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्ति : सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा…

Read More

गुल्मी – गुल्मीमाको मुसिकोट नगरपालिका-१ पौदीमा एक वृद्धा मृत फेला परेकी छन् । मृत फेला पर्नेमा ७९ वर्षीया सेतीदेवी पछाइको भएको खुलेको छ । जिल्लाको इश्मा गाउँपालिका-१ हस्तिचौरको बसेनी सामुदायिक वनमा शव फेला परेपछि स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शव सडेको अवस्थामा फेला परेको छ । शव पोस्टमार्टमका लागि गुल्मी जिल्ला अस्पताल ल्याइएको छ ।

Read More