धनगढी – डडेल्धुरामा जीप दुर्घटनामा गम्भीर घाइते भएका ३ जनालाई डडेल्धुरा अस्पतालल रेफर गरेको छ।
दुर्घटनामा ८ जना घाइते भएकोमा ३ जनालाई रेफर गरिएको हो। प्रहरीका अनुसार जीप दुर्घटनामा घाइते भएका नवदुर्गा गाउँपालिका वडा नम्बर ३ की ४० वर्षीया शारदा पन्त (उप्रेती), गन्यापधुरा गाउँपालिका वडा नम्बर २ की ३६ वर्षीया चित्रा मल्ल र ४२ वर्षीय जनक मल्ललाई रेफर गरिएको हो।
डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि चित्रलाई धनगढी र अन्य दुई जनालाई भारत रेफर गरिएको बताइएको छ। दुर्घटनामा घाइते भएका अमरगढी नगरपालिका वडा नम्बर १ मालमका कृष्ण सार्की, वडा नम्बर ११ का डम्मरबहादुर दमाई, गन्यापधुरा वडा नम्बर ३ का बाटु भुल, वडा नम्बर २ का पशुपति मल्ल र जीप चालक यदुनाथ उप्रेतीको भने डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
डोटीको दीपायलबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ५०४ नम्बरको जीप ऐरी गाउँ मोडमा आइतबार दुर्घटना भएको थियो। जीप सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो।