Author: Saru Shrestha

धनकुटा – प्रहरीले धनकुटा नगरपालिका-९ मुलघाटबाट पाँच किलो गाँजासहित एक युवक पक्राउ परेका छन् । साँगुरीगढी गाउँपालिका ९ बस्ने २० वर्षीय सनिल राईलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकिङका क्रममा कालो रङको झोलाभित्र लुकाइराखेको उक्त परिमाणको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका राई सवार प्रदेश नम्बर १–०२–०४४ प ३४१६ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

विराटनगर – विराटनगर महानगरपालिकाले प्रदेश स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यसहित हरेक शुक्रबार सरसफाइ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । महानगर क्षेत्रलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र गरी तीन भागमा बाँडेर सरसफाइ विशेष अभियान सञ्चालन गरिने महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । आज बसेको बैठकले हरेक शुक्रबार बिहान ७ देखि साढे ८ बजेसम्म सफाइ अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो । ‘कुनै पनि ठाउँको पहिचान भनेको सफाइ न सुन्दरता नै हो’, प्रमुख कोइरालाले भने, ‘बाहिरबाट आउने पर्यटकले झट्ट हेर्दा सहरमा जताततै फोहर देखे भने उनीहरूमा नकारात्मक प्रभाव पर्छ, फोहर भनेको सहरको सभ्यतासँग पनि जोडिएको हुन्छ, त्यसो भएकाले…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रले भदौ ८ गतेदेखि प्रदेशस्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम राख्ने भएको छ । शनिबार बसेको माओवादीको स्थायी समितिको बैठकले ८ गते मधेश प्रदेशबाट प्रदेशस्तरको बैठक र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार ९ भदौमा गण्डकी प्रदेशमा, १० गते प्रदेश १ मा, ११ गते लुम्बिनी प्रदेशमा, १२ गते बागमतीमा प्रशिक्षण कार्यक्रम हुनेछ । त्यसपछि १३ गते विशेष प्रदेश समितिको, १५ गते सम्पर्क समन्वय समितिको, १६ गते कर्णाली प्रदेशको र १७ गते सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने माओवादी केन्द्रको निर्णय छ । ७ भदौसम्म गठबन्धनको बैठक भएकाले त्यसपछि प्रशिक्षण तय…

Read More

डडेल्धुरा- पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग गर्दै डडेल्धुरामा विद्यार्थीले प्रदर्शन गरेका छन्। नेपाली काँग्रेस (विपी) निकट नेविसंघ(विपी) र एमाले निकट अनेरास्ववियूले संयुक्त रुपमा शनिबार डडेल्धुरा सदरमुकाम बागबजारमा प्रदर्शन गरेका हुन्। विद्यार्थीहरुले, ‘पेट्रोलियम पदार्थका मूल्यवृद्धि फिर्ता गर, अन्तर्राष्ट्रिय बजारको मूल्य मिल्नेगरि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर, राष्ट्रघाती नागरिकता विधेयक फिर्ता गर, नालायक सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए। पेट्रोलियम पदार्थका मूल्यवृद्धि फिर्ता तथा अन्तर्राष्ट्रिय बजारको मूल्य मिल्नेगरि समायोजनको माग गर्दै प्रर्दशन गरेको नेविसंघ(विपी)का अध्यक्ष मदन बोहराले बताए।

Read More

काठमाडौँ – सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । महामन्त्री शर्माले एक पटकसम्म राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म मन्त्री र चौंथो पटक भन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारण राखेका छन् । शनिबार काठमाडौँमा आयोजित युवाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिलाई सिंहदरबार बाटै रुपान्तरण गर्ने हो भने एउटै व्यक्तिलाई सिंहदरबार छिर्ने अधिकार पटक-पटक दिन नहुने तर्क गरे । उनले राजनीतिलाई दुश्मनीको रुपमा लिने गरी अभिव्यक्ति दिन नहुने र दलहरुले आ–आफ्नो नीति, सिद्धान्त र कार्यक्रमको कुरा गरे हुने तर एक अर्काप्रति दुस्मनी साध्ने गरी अभिव्यक्ति दिन…

Read More

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसले मंसिर ४ मा हुने संघ र प्रदेश निर्वाचनका लागि भदौ १० गतेदेखि १४ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्‍चालन गर्ने भएको छ । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले शनिबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले जनताको साथमा कांग्रेस अभियान सञ्चालन गरिने बताए । कांग्रेसले भदौ १० देखि २४ सम्म गर्ने अभियानमा पार्टीले विगतमा सरकार हुँदा गरेका काम अब गर्ने कामका बारेमा जनतालाई भन्‍ने प्रवक्ता डा। महतले बताए । आइतबारदेखि यस अभियानका क्रममा ७७ जिल्ला जाने प्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइनेछ । प्रदेश क्षेत्रमा प्रदेश समितिले नै प्रतिनिधि खटाउने पनि उनले जानकारी दिएका छन् ।…

Read More

काठमाडौं – सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ । जारी स्थायी कमिटी बैठकमा प्रचण्डले गरेको उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हा् । यो सँगै पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा र महासचिवमा देव गुरुङ चयन भएका छन् । तर महासचिवका दावेदार रहेका जनार्दन शर्माले भने पदाधिकारी चयनप्रति असन्तुष्टि जनाएका छन् । स्रोतका अनुसार शर्माले आफू यो प्रक्रियामा असहमत रहेको बताएका छन् । शुक्रबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको नाममा कसैको असहमति भए पनि निर्णय मानेर जाने समझदारी बनेको थियो । प्रचण्डले शर्मालाई उपमहासचिव…

Read More

काठमाडौ – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व कीर्तिमानी पर्वतारोहीहरूलाई सम्मान गरेका छन् । प्रधानमन्त्री देउवाले आज बालुवाटार बोलाएर कीर्तिमानी आरोही सानु शेर्पा, निमा ग्याल्जेन शेर्पा र पासाङ ल्हामु शेर्पालाई बधाई तथा सम्मान प्रकट गर्नुभएको नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले जानकारी दिए । कीर्तिमानी आरोही सानु शेर्पाले आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमालको दुईपटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । त्यस्तै निमा ग्याल्जेन शेर्पाले आठ हजार मिटरभन्दा माथिका विश्वका १४ वटै हिमाल आरोहण गरेर कीर्तिमान बनाएका छन् । पासाङ ल्हामु शेर्पाले पाकिस्तानको नाङ्गा पर्वत आरोहण गरेर पहिलोपटक महिला आरोहीको कीर्तिमान कायम गरेका छन् । सो अवसरमा…

Read More

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा सासंद प्रदीप गिरीको शरीरका धेरै अंगले काम गर्न छाडेको परिवारले जनाएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरीको शरीरका धेरै अंगले काम गर्न छाडेको उनको परिवारले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । शनिबार भारती सिलवाल गिरिले जारी गरेको प्रेस विज्ञप्तिमा गिरीलाई निमोनियाले एकदमै च्यापेको र पछिल्लो पटक शरीरका थुप्रै अंगहरूले काम गर्न छाडेको बताएको छ । अहिले मेडिसिटी अस्पतालका चिकित्सकहरूले स्वास्थ्यलाभको लागि सक्दो प्रयास गरिरहेको पारिवारिक स्रोतले बताएको हो । अस्पतालको सम्पूर्ण टोली अन्कोलोजिस्ट, पल्मुनोलोजिस्ट, ग्यास्ट्रोएनटेरेनोलोजिस्ट, नेफ्रोलोजिस्ट, इन्टरनिस्ट र क्रिटिकल केयरका विशेषज्ञहरूले गिरिको समय(समयमा स्वास्थ्य चेकअप गरिरहेको र टिमले उनको स्वास्थ्य लाभको लागि सक्दो…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गतेको निर्वाचनका लागि घोषणापत्र मस्यौदा गर्न १७ सदस्यीय कार्यदल गठन गरेको छ। स्थायी कमिटीको शनिबार बसेको बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा घोषणापत्र मस्यौदा कार्यदल गठन गरेको हो। कार्यदलको सदस्यहरुमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणी पोखरेल, लिलामणी पोखरेल, शक्ति बस्नेत, गणेश साह, पर्शुराम रम्तेल, अमृता थापा, हरि रोक्का, जाकिर हुसेन, कृष्ण चौधरी रहेका छन्। यस्तै, पर्शुराम तामाङ, भीमा ढुंगाना, जगत सिम्खडा सदस्य रहेका छन्।

Read More