काठमाडौं – सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ ।
जारी स्थायी कमिटी बैठकमा प्रचण्डले गरेको उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हा् । यो सँगै पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा र महासचिवमा देव गुरुङ चयन भएका छन् ।
तर महासचिवका दावेदार रहेका जनार्दन शर्माले भने पदाधिकारी चयनप्रति असन्तुष्टि जनाएका छन् । स्रोतका अनुसार शर्माले आफू यो प्रक्रियामा असहमत रहेको बताएका छन् ।
शुक्रबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको नाममा कसैको असहमति भए पनि निर्णय मानेर जाने समझदारी बनेको थियो । प्रचण्डले शर्मालाई उपमहासचिव बनाएका छन्।
त्यस्तै, शर्मासहित गिरिराजमणि पोख्रेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुषाल, शक्ति बस्नेत र मातृकाप्रसाद यादव, सचिवमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लीलामणि पोख्रेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्र कार्की चयन भएका छन् ।
कोषाध्यक्षमा श्रीराम ढकाल चयन भएका छन् ।