Author: Dipak Dhamala

काठमाडौं- स्वदेशी उत्पादनलाई प्रवर्धन ​गर्न पाँचौं दशैँ जुत्ता चप्पल व्यापार प्रवर्धन ​मेला आइतबारदेखि हुने भएको छ ।स्वदेशमा उत्पादित जुत्ता चप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा यही भदौ ५ गतेदेखि २० गतेसम्म पाँचौं व्यापार प्रवद्र्धन मेला काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको हो । मेलाका संयोजक सुरज बन्जाडेले आयात प्रतिस्थापन गरी जुत्ता चप्पल तथा छालाका वस्तु उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन मेलाको आयोजना गर्न लागेको जानकारी दिए । स्वदेशमा उत्पादित जुत्ता चप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा यही भदौ ५ गतेदेखि २० गतेसम्म पाँचौं व्यापार प्रवद्र्धन मेला काठमाडौँको…

Read More

काठमाडौं-  काठमाडौंको माछापोखरीमा रोकेर राखेको बसमा आगो लागेको छ । गएराति साढे १० बजेतिर बुद्ध हल पछाडी रहेको ‘भिम दाइको ग्यारेज’मा राखेको ना.५ ख ९९६१ नम्बरको बसमा आगो लागेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार दमकल र स्थानीयको सहयोगमा प्रहरीले आगो निभाएको छ । मर्मतका लागि राखिएको सो बसमा अचानक लागो लागेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट बस पूर्ण रुपमा जलेको छ । #बस

Read More

काठमाडौं- रुसले युक्रेनमा आफ्नो आक्रमण जारी राख्दा २० राष्ट्रको समूहमा बस्ने कुनै नैतिक अधिकार नभएको बेलायतको  विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । ‘युक्रेनमा उसको आक्रामकता जारी रहँदा रूसलाई जी २० मा बस्ने कुनै नैतिक अधिकार छैन’, प्रवक्ताले भने । ‘हामी जी २० बैठकमा रुसको युद्धको प्रभावहरू विचार गर्न सुनिश्चित गर्न इन्डोनेसियाको प्रयास र जी २० नेताहरूको शिखर सम्मेलनमा चिनियाँ नेता सि जिनपिङले प्रतिनिधित्व गर्न सक्ने संकेतलाई भने स्वागत गर्दछौँ । ’ जी २० को बैठक इन्डोनेसियाले यही नोभेम्बरमा आयोजना गर्दैछ । बैठकमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ नेता सि जिनपिङ सहभागी हुनेछन् ।  #बेलायत

Read More

काठमाडौं- पश्चिम नेपालमा गएराती भूकम्पको धक्का महसुस गरिएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १:२८ बजे ४.८ म्याग्नेच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का पश्चिम नेपालसहित भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो । मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए । यसअघि पूर्वी नेपालको पहाडी जिल्ला खोटाङमा गत साउन १५ गते ६ म्याग्नेच्यूडको भूकम्प गएको थियो ।  #भूकम्प

Read More

काठमाडौं- निर्वाचन आयोगले आगामी निर्वाचनमा उम्मेदवारी दर्तासँगै अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ। आयोगले निर्वाचन आचारसंहिताको मस्यौदामा यस प्रकारको नयाँ व्यवस्था राखेको हो। आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले सरोकारवालासँगको छलफलपछि आएका सुझावअनुसार थप केही व्यवस्था प्रस्ताव गरिएको जानकारी दिए । यसअघि उम्मेदवारले अचल सम्पत्तिको विवरण राख्ने व्यवस्था राखिएकोमा अब उक्त व्यवस्था परिमार्जन गर्न लागिएको हो। यो व्यवस्थापछि उम्मेदवारले चल, अचल सबै सम्पत्ति विवरण पेस गर्नुपर्ने हुन्छ। आचारसंहिता परिमार्जन गर्नुअघि आयोगले संशोधन गर्न लागेको विषयबारे राजनीतिक दलहरूसँग छलफल गर्नेछ। आचारसंहिता थप गर्ने विषयहरूमा राजनीतिक दलसँग आयोग पदाधिकारीले भदौ ६ गते छलफल गर्ने कार्यक्रम…

Read More

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ । यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको शुक्रबारको बैठक निष्कर्षविहीन भएको थियो । शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन असफल भएको हो ।  प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको र आजको बैठकले यस विषयलाई टुंग्याउने विश्वास व्यक्त गरे । #माओवादी केन्द्र

Read More

काठमाडौं- देशभरको मनसुनमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका केही स्थान  र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का  देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका  केहि स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। राती पनि बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।…

Read More

काठमाडौं- उपत्यकाको सडक दुर्घटनामा दुईपांग्रे (मोटरसाइकल र स्कुटर) को स्थान बढ्दै गएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ । कार्यालयले झन्डै साता दिनदेखि निरन्तर सडकमा हिँड्ने विद्यार्थीलाई लक्षित गर्दै ट्राफिक चेकजाँचलाई बढाएको छ। कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उपत्यकामा भएका करिब १० हजार ७ सय ३३ सडक दुर्घटनामा ८ हजार ३ सय ६४ घटना दुईपांग्रे थिए। उपत्यकाकै तीन जिल्लामा सडक दुर्घटनाबाट मृत्यु भएका १ सय ९१ जनामध्ये १ सय १७ जना दुईपांग्रेकै दुर्घटनाबाट भएका थिए। यी १ सय १७ मध्ये ५८ जना दुई पांग्रेको ठक्करबाट मृत्यु भएका पैदलयात्रु हुन्। यसरी दुर्घटनामा पर्नेहरूमा ज्यादातर १७ देखि…

Read More

काठमाडौं- नेपाल राष्ट्र बैंकले शनिबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ ३५ पैसा र बिक्री दर १२७ रुपैयाँ ९५ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रुपैयाँ १३ पैसा र बिक्री दर १२८ रुपैयाँ ७३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ९४ पैसा र बिक्री दर १५१ रुपैयाँ ६५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८२ पैसा र बिक्री दर ३४…

Read More

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चुनाव जित्नकै लागि आफ्नो पार्टीको एजेण्डा छाडेर गठबन्धन नगर्ने बताएका छन् । प्रगतिशिल पत्रकार संघ बागलुङले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले पार्टीको सिद्धान्त र एजेन्डा छाडेर चुनाव नै जित्नका लागि गठबन्धन नगर्ने बताएका हुन । उनले राजमोले गठबन्धन सँग नाजायज माग नगर्ने र जहाँ पार्टीको आधार छ त्यहाँ आवश्यकता अनुसार एजेण्डा मिलेमा गठबन्धन गरेर अगाडी बढ्ने बताए ।  समानताका आधारमा गठबन्धन भएमा सँगै जाने र नभएमा एक्लै लड्ने अध्यक्ष केसीको भनाइ थियो । ‘चुनाव जित्नका लागि केही नेताले सवै कुरा छाडेर गठबन्धमा लागेका छन् । चुनाव जित्नकै लागि पार्टी प्रवेशसमेत गरेका छन्’,…

Read More