काठमाडौं- नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ ३५ पैसा र बिक्री दर १२७ रुपैयाँ ९५ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रुपैयाँ १३ पैसा र बिक्री दर १२८ रुपैयाँ ७३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ९४ पैसा र बिक्री दर १५१ रुपैयाँ ६५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८२ पैसा र बिक्री दर ३४ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments Box