Author: Dipak Dhamala

काठमाडौं- दुई महिनादेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापनका लागि कम्तीमा १० दिनको लाग्ने भएको छ ।  पटकपटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहर दुई महिनादेखि व्यवस्थापन हुन सकेको थिएन । सहरका चोक, गल्लीमा लामो समयदेखि फोहर थुप्रिएको छ । साविक बमोजिम फोहर व्यवस्थापनको लागि स्थानीयले अवरोध नगरे र पानी परेर बाटो बन्द नभए आगामी १० दिनमा सबै फोहर व्यवस्थापन हुने कामपाका प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले जानकारी दिए । उनका अनुसार अहिले पनि काठमाडौं उपत्यकाको १८ स्थानीय तहमा आठ हजार टिप्पर फोहर व्यवस्थापन गर्नुपर्ने छ । पछिल्लो सम्झौताअनुसार फोहरको गाडीबाट लिच्चड चुहाउन…

Read More

काठमाडौं- मुगुको छायानाथरारा नगरपालिका–११ का १९ वर्षीय अजबहादुर कुमाईको चट्याङ लागेर ज्यान गएको छ । चट्याङ लागेर शेरबहादुर बुढा बेहोस भएका छन् । नगरपालिकाको ऋणीमोक्ष बाघ जाउला भन्ने ठाउँमा बिहीबार दिउँसो भेडा चराउँदै गर्दा एक्कासी चट्याङ लागेर कुमाईको मृत्यु भएको र बुढा बेहोस भएको प्रहरीले जनाएको छ । बेहोस भएका बुढा एक घण्टापछि होसमा आएका थिए ।

Read More

काठमाडौं- सभामुख अग्नि सापकोटाले नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गरेका छन् । बिहीबार साँझ अस्पताल पुगेर सभामुख सापकोटाले लामो समयदेखि अस्पतालमा उपचाररत गिरिको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ‘प्रतिनिधिसभाका माननीय सदस्य एवं विद्वान समाजवादी चिन्तक प्रदीप गिरीको स्वास्थ्यमा लामो समयदेखि समस्या भएको जानकारी थियो । हिजो साँझ अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे थप जानकारी लिएँ । सघन उपचारमा रहनु भएका माननीय गिरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले भने । गिरिको ललितपुरको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर भइरहेको छ । गतवर्ष उनलाई घाँटीमा क्यान्सर भएपछि भारतको मुम्बईमा उपचार गरिएका गिरी पछिल्लो समय घरमै आराम गरिरहेका थिए ।…

Read More

काठमाडौं- निर्वाचनको मिति घोषणा भएसँगै विभिन्न दलमा उम्मेदवारका आकांक्षीहरु आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन् । सबैजसो दलमा उम्मेदवारका आकांक्षीहरु आफ्नो निर्वाचन केन्द्र गतिविधिमा केन्द्रित हुन थालेका छन् भने उम्मेदवारका लागि दाबी गर्न थालेका हुन् । २०७४ मा नेकपा माओवादी केन्द्रको साथ पाएको नेकपा एमाले अहिले एक्लै चुनावी मैदानमा होमिएको छ । त्यतिबेला एमालेलाई साथ दिएको नेकपा माओवादी केन्द्र र एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी अहिले सत्तारुढ गठबन्धनमा छ । यसैबीच कैलाली क्षेत्र नम्बर ४ बाट एमालेका लेखराज भट्ट उम्मेदवार बन्ने भएका छन् । माओवादी केन्द्र छाडेर एमालेमा गएका उनलाई सत्तारुढ गठबन्धनबाट कसले चुनौती दिन्छ भन्नेमा चासो…

Read More

काठमाडौं- कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । कैलाली, घोडाघोडी नगरपालिका ९ फारम बस्ने धर्म बिष्टको छोरा ५ वर्षीय कमल बिष्टको मृत्यु भएको हो। सोही ठाउँस्थित कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर बिहीबार दिउँसो उनको मृत्यु भएको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं- नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को नेतृत्व सुबोध श्रीपालीलाई दिने तयारी भएको छ। शुक्रबारदेखि सुरु भएको दोस्रो राष्ट्रिय भेलाबाट उनलाई नेतृत्वमा चयन गर्ने तयारी भएको हो ।उनी हाल संगठनको सहसंयोजकको भूमिकामा छन् । यसअघिको सम्मेलनमा सुमन देवकोटा र श्रीपालीबीच नेतृत्व लिनेबारे विवाद भएपछि पार्टीको हस्तक्षेपमा देवकोटालाई संयोजक र श्रीपालीलाई सहसंयोजक बनाइएको थियो । तर, देवकोटाको ४० वर्षे उम्मेर हद पूरा भएपछि श्रीपालीलाई नै अध्यक्ष बनाउनेगरी वाईसीएलभित्र तयारी भएको छ । यस्तै आईसीएलको महासचिवमा तीन जनाले मुख्यदाबी गरेका छन् । जसमा ज्ञानबहादुर गुरुङ, गणेश शाही र मिङमा डण्डु शेर्पा छन्। अरु पदमा खासै विवाद नभएपनि महासचिवमा मात्रै…

Read More

ललित सामन्त- दार्चुलामा सवारीसाधन दुर्घटनाबाट तिन वर्षको अवधिमा १९ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ देखि गत आर्थिक वर्ष २०७८ ÷७९ सम्म १९ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका प्रहरी साहयक निरीक्षक धनी दत्त जोशीले जानकारी दिनु भयो । आर्थिक वर्ष २०७६÷७७ देखि गत आर्थिक वर्ष २०७८÷७९ सम्ममा ४० वटा सवारीसाधन दुर्घटनामा परेका छन । ट्राफिक प्रहरीका अनुसार जिल्लामा तिन वर्षको अवधिमा ट्रक, जीप÷कार, ट्याक्टर, मोटरसाइकल बढि दुर्घटनामा परेकोे बताएका छन । साहयक निरीक्षक जोशीका अनुसार आर्थि वर्ष २०७६ ÷७७ मा १२ वटा दुर्घटना भएका छन भने ३ जनाको मृत्यु भएको…

Read More

काठमाण्डाै – निर्वाचन आयोगले प्रदेश १ र गण्डकी प्रदेश सरकारलाई निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गतका कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको छ ।आउँदाे मङ्सिर ४ गते चुनाव तोकिएको र प्रदेश सभाको कार्यकाल सकिन लागेका बेला प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममार्फत बजेट सांसदलाई योजना छनाेट गर्न लगाइएको र योजना बाँड्ने तयारी रहेको जानकारी प्राप्त भएकाले रोक्न निर्देशन दिएको आयोगले जनाएको छ । यो कार्यक्रमअन्तर्गतका योजनाहरू प्रदेश सभा सदस्यले छनाेट तथा कार्यान्वयनमा सहजीकरण गर्दै आएका छन् । चुनावको प्रक्रियाहरू सुरु भइसकेकाे अवस्थामा यस्ता वितरणमुखी कार्यक्रमले चुनावको स्वच्छतामा नै प्रश्न उठाउन सक्ने आयोगको भनाइ छ । आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम…

Read More

काठमाडौं- चार महिनाअघि विराट हेल्थ कलेजमा दोस्रो वर्षको फाइनल परीक्षा चलिरहेका बेला अनुशासन प्रमुख (डीआई) सुरज भनिने अमर सुवेदी परीक्षा हलमा प्रवेश गरे । परीक्षा दिइरहेकी १८ वर्षीया किशोरीलाई चिट दिन खोजे, लिन नमानेपछि फालेर बाहिरिए । परीक्षा सकेर किशोरी डेरा गइन् । केही समयपछि कसैले ढोका ढकढकाक्यो । ढोका खोलेपछि सुवेदी कोठाभित्र पसेर पानी मागे । ‘मैले पानी दिएँ, पानी खाइसकेपछि मलाई एक सय रुपैयाँ दिएर चुरोट किन्न पठाउनुभयो,’ पीडित किशोरीले बयानमा भनेकी छन्, ‘चुरोट लिएर आएपछि मलाई पानी पिउन दिनुभयो । पानी खाइसकेपछि चक्कर लागेजस्तो भयो ।’ रिंगटा लागेर भुईँमा ढलेपछि के भयो उनलाई थाहा छैन । उनी होसमा…

Read More

काठमाडौं- नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउन भन्दै बोलाएको बैठक निष्कर्ष विहीन भएको छ । शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन असफल भएको हो । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको बताए । शनिबार दिउँसो १ बजे पुनः बैठक बसेर यस विषयलाई टुंग्याइने उनको भनाइ छ। आजको बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यले पदाधिकारी टुंग्याएर चुनावमा जानुपर्ने धारणा राखेका थिए । स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पदाधिकारी टुंग्याएर चुनावमा जानुपर्ने विषयमा बैठक नेताहरु एकमत रहेको बताए । उनले शनिबारको बैठकले पदाधिकारी चयन गर्ने विश्वास व्यक्त…

Read More