ललित सामन्त- दार्चुलामा सवारीसाधन दुर्घटनाबाट तिन वर्षको अवधिमा १९ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ देखि गत आर्थिक वर्ष २०७८ ÷७९ सम्म १९ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका प्रहरी साहयक निरीक्षक धनी दत्त जोशीले जानकारी दिनु भयो । आर्थिक वर्ष २०७६÷७७ देखि गत आर्थिक वर्ष २०७८÷७९ सम्ममा ४० वटा सवारीसाधन दुर्घटनामा परेका छन । ट्राफिक प्रहरीका अनुसार जिल्लामा तिन वर्षको अवधिमा ट्रक, जीप÷कार, ट्याक्टर, मोटरसाइकल बढि दुर्घटनामा परेकोे बताएका छन । साहयक निरीक्षक जोशीका अनुसार आर्थि वर्ष २०७६ ÷७७ मा १२ वटा दुर्घटना भएका छन भने ३ जनाको मृत्यु भएको छ ७ जना घाइते भएका छन । यस्तै आर्थिक वर्ष २०७७÷७८ मा १३ वटा सवारी साधन दुर्घटनामा परेका छन भने १० जनाको मृत्यु भएको छ । यो वर्ष घाइतेको संख्या बढेर १३ पुगेको छ । यस्तै गत आर्थिक वर्ष २०७८÷७९ मा सवारी साधन दुर्घटनाको संख्या बढेर १५ पुगेको मृत्यु हुनेको संख्या ६ रहेको छ । यस्तै १९ जना सवारी साधन दुर्घटनाबाट घाइते भएको साहयक निरीक्षक जोशीले बताउनु भयो । चालु आर्थिक वर्षको साउन र भाद्र आज सम्म सवारी दुर्घटना ३ मृत्यु ५ तथा घाइते ११ रहेको छ । जिल्लमा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारीसाधन दुर्घटना भएको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण दुई पाङ्ग्रे सवारीसाधन दुर्घटनामा परेको पाइएको छ युवाले जथाभावी सवारीसाधन हाँक्दा दुर्घटना बढी हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
Facebook Comments Box