Author: Nisha Shrestha

महोत्तरी – महोत्तरी सहितका मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच मनाइने प्रेम र समर्पणको पर्व सामाचखेवा सम्पन्न भएको छ । कार्तिक शुक्ल पञ्चमी ९छठ पर्वको खरना० का दिन सुरु गरिएको यो पर्व परम्पराअनुसार पूर्णिमा तिथिको रात पारेर हिजो सोमबार राति मिथिलानीले समापन गरेका हुन् । तिथिको भोगले आज दिनभरि पूर्णिमा रहे पनि रात्रि भोगअनुसार हिजै राति सामा सम्पन्न गरिएको हो । पर्वमा मिथिलानीले प्रयोग गर्ने सतभैया ९सप्तर्षि०, हात्ती, बृन्दावन, चुगला, सामा र चकेवाका माटाका आकृति दाजुभाइका हातबाट फुटाउन लगाई जोतिएको खेत र निर्जन वनमा गाडेर सोमबार राति समापन गरेका हुन् । यस अवसरमा दाजुभाइले परम्परा धान्दै गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद…

Read More

महेन्द्रनगर – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न फेरि सुदूरपश्चिम आउने भएका छन् । १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभा सुरु गरेका ओली केही दिन अघि काठमाडौं फर्किएका थिए। उनी २६ कात्तिकमा सुदूरपश्चिमका तीन स्थानका आमसभालाई सम्बोधन गर्ने भएका हुन्। एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले २६ कात्तिक बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। ओलीले कात्तिक १८ गते पनि दार्चुला, बैतडी र कञ्चनपुरको महेन्द्रनगरका तीनवटा सभालाई सम्बोधन गरेका थिए ।

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७८ पैसा र बिक्री दर १३१ रुपैयाँ ३८ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ ५८ पैसा र बिक्री दर १३१ रुपैयाँ १८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४९ रुपैयाँ ७४ पैसा र बिक्री दर १५० रुपैयाँ ४२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Read More

बारा – प्रहरीले २५ केजी गाँजासहित बाराबाट एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका–१२ बारथलीका प्रेमबहादुर लोलाई पक्राउ गरी सार्वजनिक गरेको हो। लोसहित तीन जना मकवानपुर तर्फबाट गाँजा ल्याउँदै गर्दा फरार भएका थिए। तर, लो भने पक्राउ परेको हुन्। बाँकी दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूले बोकेर ल्याएको तीन वटा बोरामा क्रमश ७, ७ र ११ किलो गरी २५ किलो गाँजा बरामद भएको बारा प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए।

Read More

काठमाडौं – नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ। राति देशभर आंशिक बदलीदेखि मौसम सफा रहनेछ। बुधबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान तथा र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ। राति सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

Read More

पोखरा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि एमालेले जित्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटी कास्कीद्वारा आज पोखरामा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक मूल्यमान्यताका लागि पनि एमालेले बहुमत प्राप्त गर्नु आवश्यक भएको बताउनुभयो । विचार नभएका, नीति नभएका गठबन्धनले फरक–फरक घोषणापत्र सार्वजनिक गरेको उहाँको आरोप थियो । गन्तव्य नभएकाले फरक–फरक घोषणापत्र बोकेर हिँडेको बताउँदै उहाँले उनीहरू जनतासँग झुटो आवश्वासन बाँढिरहेका छन् भन्नुभयो । लिपुलेक लिम्पियाधुराको जमिन वार्तामार्फत फिर्ता ल्याउन सकिने र नेकपा एमालेले बहुमतको सरकार बनाएर वार्तामार्फत फिर्ता ल्याउने बताउनुभयो । उहाँले आफूहरूले देशलाई प्रगतिको बाटोमा लगेको बताउनुभयो । अध्यक्ष ओलीले देशमा सुदृढ…

Read More

काठमाडौं – यो साता कारोबारको पहिलो दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अङ्कको गिरावट देखिएको छ । सोमबार परिसूचक ६ दशमलव ४३ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ९४ विन्दुमा कायम भएको हो । आज रु दुई अर्ब १० करोड ९१ लाख ६३ हजार तीन सय ८५ बराबरको ४९ लाख ४४ हजार ७६ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ । आज व्यापार, जीवन बीमा, म्युचुअल फन्ड, लगानी र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ४६ दशमलव एक…

Read More

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका १२ का वनहरा– दोदा नदीको बाढीबाट बर्सेनि पीडित हुँदै आएका परिवार सङ्गठित भई मत माग्नका लागि घर दैलोमा पुग्ने उम्मेदवारलाई कबुलियतनामा गराउने भएका छन् । बाढी पीडित परिवारले वनहरा– दोदा नदी बाढीपीडित सङ्घर्ष समिति गठन गरी नदी नियन्त्रणका लागि कार्य गर्न प्रतिबद्धता जनाउनका लागि उम्मेदवारका लागि आठ बुँदे कबुलियतनामा तयार गरेका हुन् । कबुलियतनामामा हस्ताक्षर गरी नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्न चासो दिने उम्मेदवारलाई मतदान गर्ने सोच यस क्षेत्रका बासिन्दाको रहेको छ । “विगतमा मौखिक प्रतिबद्धता जित्ने र हार्ने सबै उम्मेदवारले गरे” बाढी पीडित परिवारका लक्ष्मण रानाले भन्नुभयो, “चुनावपछि कोही फर्केनन्, त्यसैले यस पटकको प्रतिनिधिसभा…

Read More

कर्णाली – बालबालिकाको क्षेत्रमा कार्यरत कर्णालीका विभिन्न सरोकारवाला व्यक्तिले निर्वाचनको प्रचारप्रसारका लागि बालबालिकालाई प्रयोग नगराउन राजनीतिक दलहरुलाई सचेत गराएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारका क्रममा गरिने विभिन्न आमसभा, घरदैलो अभियानलगायत कार्यक्रममा बालबालिकालाई सहभागी नगराउन र उनीहरुको पढाइमा कुनै असर नपु¥याउन सचेत गराएका हुन् । सुर्खेतस्थित महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको आवाज संस्थाकी कार्यकारी निर्देशक पवित्रा शाहीले अनुगमनका क्रममा बालबालिकालाई प्रयोग गरिएको पाइएको र यस्तो कार्य कानुन विपरीत भएकाले राजनीतिक दल सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनको प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गर्ने छैनौँ भनेर राजनीतिक दलहरुले लिखित प्रतिबद्धता जनाउनुभएको छ,…

Read More

कैलाली – प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा कार्यकर्ता भेटघाटमा व्यस्त रहनुभएको छ । आज धनगढीस्थित आफ्नै निवासमा बोलाएर कांग्रेसका असन्तुष्ट नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूसँग भेटघाट र छलफल गरिरहनुभएको छ । नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारका अनुसार प्रधानमन्त्री देउवाले अगुवा नेता, कार्यकर्तासँग कैलालीको चुनावी अवस्थाका विषयमा जानकारी लिनुभएको थियो । प्रधानमन्त्री देउवाले नेता, कार्यकर्तालाई भेटेर निर्वाचनमा सशक्त रूपमा खट्न निर्देशन दिनुभएको सचिव सुनारले जानकारी दिनुभयो । सुनारले प्रधानमन्त्री देउवा चुनावमै केन्द्रित रहेर कार्यकर्तासँग छलफलमा व्यस्त रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्री देउवा अबको दुई दिन धनगढीमै रहनुहुनेछ । धनगढीमा रहँदा…

Read More