Author: Nisha Shrestha

काठमाडौँ – उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री एवम् ललितपुर निर्वाचन क्षेत्र नं ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार पम्फा भुसालले आज भिजन सार्वजनिक गर्दै छन् । आज उनीसहित सत्ता गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य राजकाजी महर्जन र जितेन्द्रकुमार श्रेष्ठले संयुक्त रूपमा भिजन सार्वजनिक गर्न लागेका हुन् । कार्यक्रम आज दिउँसो ललितपुरमा हुने उनी निकट स्रोतले जनाएको छ ।

Read More

काठमाडौँ – राजनीतिक दलहरुले बिहीबारदेखि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने छन् । राजनीतिक दलहरुले बिहीबारबाट सञ्चार माध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न समेत पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राजनीतिक दलहरुले मंसिर १ गतेसम्म यस्ता कार्यक्रम गर्न पाउने छन् । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उक्त दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा…

Read More

रुपन्देही – नेता घनश्याम भुसालले केपी ओलीका कारण आफूले एमाले त्यागेको बताएका छन् । त्रिभुज चिह्न लिएर रुपन्देही–१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसालले एमाले अध्यक्ष ओलीको कारण पार्टी छाडेको बताएका हुन् । ओलीले देशको संविधानमा आगो लगाउन थालेपछि पाँच दलीय गठबन्धन बनेको र गठबन्धनले नै लोकतन्त्र र संविधानको रक्षा गरेको उनको दाबी छ । ‘एमाले, राप्रपा र जसपाको गठबन्धन चुनाव जित्ने उद्देश्यले बनेको हो भने हाम्रो गठबन्धन संविधानको रक्षा र विकासको लागि बनेको हो,’ उनले भने । भुसालले देवदह यस क्षेत्रको नेता पालिका भएकोले रुपन्देही–१ को विकासको नेतृत्व देवदहले गर्नुपर्ने बताए । रोजगारी र विकास अबको…

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र एमालेका उम्मेदवार भुईँफुट्टा नभएको दाबी गरेका छन् । बुधबार नेकपा एमाले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले र एमालेका उम्मेदवारहरू स्पष्ट विचार, सिद्धान्त र विकासको मार्गचित्र लिएर जनतामाझ जाने बताए । ‘नेकपा एमाले र एमालेका उम्मेदवार भुईँफुट्टा होइनन् । जोसँग अर्को चुनावमा अहिले गरिएका हिसाबकिताब खोज्न सक्नुहुन्छ । त्यसको जिम्मा मेरो’, अध्यक्ष ओलीको भनाइ छ । उनले एक सिट हुनेहरूलाई च्याखेको संज्ञा दिँदै एमालेको सरकार ढालेँ भनेर उफ्रिरहेको बताए । उनले मोहनविक्रम सिंहको नाम दिँदै उनको पार्टीका एक जनालाई एमालेले नै मत दिए…

Read More

काठमाडौँ – इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ यहि साता बाँडफाँट हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि २८ असोजदेखि निष्कासन गरेको आईपीओको बाँडफाँड यही शुक्रबार हुने भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आईपीओको बाँडफाँड शुक्रबार हुने तय भएको जनाएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेकोमा बाँकी रहेको ५० हजार ३१० कित्ता सेयर सहित गरी ६ लाख ७० हजार ३१० कित्ता शेयर निष्कासन गरेको हो । सोमध्ये ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने १३ हजार ४०६ कित्ता…

Read More

धनगढी – नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार (भोलि) देखि आफ्नो निर्वाचन क्षेत्रमा खटिने भएका छन्। आसन्न निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मतदान आउन १७ दिन बाँकी रहँदा डडेलधुरा जिल्लाको एक मात्र निर्वाचन क्षेत्रमा उम्मेदवार रहेका प्रधानमन्त्री देउवा आफ्नो निर्वाचन क्षेत्रमा खटिने कार्यक्रम रहेको जनाइएको छ। प्रधानमन्त्री देउवा बुधबार बेलुका धनगढी पुग्ने कार्यक्रम रहेको नेपाली काँग्रेस कैलालीले जनाएको छ।

Read More

एजेन्सी – उत्तर कोरियाले बुधबार ‘अपरिचित ब्यालेस्टिक मिसाइल’ प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरिरहेका बेला उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको हो । “उत्तर कोरियाले पूर्वी सागर तर्फ अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ,“ संयुक्त सेना प्रमुखले एक विज्ञप्तिमा भने । यसअघि उत्तर कोरियाले सोमबार अमेरिका र दक्षिण कोरियालाई यस क्षेत्रमा ठूलो मात्रामा सैन्य अभ्यास रोक्न आह्वान गरेको थियो । दक्षिण कोरिया र अमेरिकी गतिविधिले उत्तेजित गराएकोसमेत उत्तर कोरियाले जनाएको छ । अमेरिका र दक्षिण कोरियाको निरन्तर र लापरबाही सैन्य गतिविधिका कारण कोरियाली प्रायद्वीप टकराव बढेको छ । अमेरिका र दक्षिण कोरियाले…

Read More

एजेन्सी : गत महिना एक स्वास्थ्य सम्मेलनमा एक बेलायती डाक्टरले सार्वजनिक रूपमा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जेनेभास्थित मुख्यालयमा कार्यरत एक वरिष्ठ प्रबन्धकलाई निलम्बन गरेको छ,। इङ्गल्याण्डको नेशनल हेल्थ सर्भिसका लागि काम गर्ने २६ वर्षीया जुनियर डाक्टर रोजी जेम्सले बर्लिनमा भएको विश्व स्वास्थ्य शिखर सम्मेलनमा दुव्र्यवहार भएको गत महिना बताएकी थिइन्। अक्टोबर १६ देखि १८ सम्म भएको उक्त कार्यक्रम डब्लुएचओले संयुक्त रुपमा आयोजना गरेको हो । जेम्सले उक्त समयमा घटना रिपोर्ट गर्ने योजना बनाएको बताइन्। कथित अपराधी बिदामा छ र अनुसन्धान चलिरहेको छु, डब्ल्यूएचओका प्रवक्ताले जेम्सको बयानको बारेमा रोयटर्सलाई भने । आरोपितको नाम गोप्य राखिएको छ…

Read More

काठमाडौँ – बुद्ध एयरको विमान काठमाडौँबाट विराटनगरसम्म एक जना यात्रुलाई मात्र लिएर उडेकाे छ । मङ्गलवार साँझ ८ बजेको उडानमा एक जना मात्र यात्रु भएपछि उनैलाई लिएर विमान काठमाडौँबाट विराटनगर उडेकाे हो । पुरै विमानमा एकल यात्रा गरेका उद्धव पौडेलले आफूले रोमाञ्चक अनुभव गरेको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘काठमाडौँबाट विराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एयरको उडानमा म एकल यात्रु । रोमाञ्चक अनुभव ।’ उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक उम्मेदवार हुन् ।

Read More

काठमाडौं – ४ मंसिरमा हुने संसदीय निर्वाचनमा सुरक्षाकर्मीबाहेक २ लाख ४६ हजार जनशक्ति परिचालित हुने भएको छ । निर्वाचन आयोगका अनुसार मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य पदमा गरी सो संख्याका जनशक्ति परिचालन भइरहेको हो । योमध्ये केही जनशक्ति परिचालन भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीका मुख्य निर्वाचनको कार्यालयमा ५५ जना, निर्वाचनका लागि गत असोज २० गतेसम्ममा सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आइसकेको छ । निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा खटिने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदको सिफारिसमा जिल्ला अदालतका न्यायाधीश र निर्वाचन अधिकृतका लागि न्याय सेवा आयोगको…

Read More