Author: Nisha Shrestha

काठमाडौँ – सत्तारुढ गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहमतिका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । शुक्रबार गठबन्धनका शीर्ष नेताहरुले एक विज्ञप्ति जारी गर्दै सहमतिका उम्मेदवारहरूको सूची सार्वजनिक गरिएको जानकारी दिएका हुन् । विज्ञप्तिमा केही स्थानहरूमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तय गरिएको र ती स्थानहरूमा एक आपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको जनाइएको छ । गठबन्धनले निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरूका उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण मतदाताहरूलाई अपिल समेत गरेको छ ।

Read More

काठमाडौं – महोत्तरीको भंगहा–८ पडरियामा दुई समुदायबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले महोत्तरीका सिडिओलाई निर्देशन दिएका छन् । बिहीबार भाइटिकाको दिन पडरियाबाट हिन्दु सम्राट सेनाले श्री रामको नारा लगाउँदै र्‍याली निकाल्दा मुस्लिम समुदायका मान्छेहरूले ढुंगामुढा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । झडप पछि स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । अध्यक्ष डा.दत्तले फोन सम्पर्क गरी सिडिओसँग घटनाको बारेमा विस्तृत जानकारी लिँदै त्यहाँको अवस्था नियन्त्रण गर्न र शान्तिपूर्ण वातावरण मिलाउन निर्देशन दिएका हुन् ।

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र) की नेतृ एवं काठमाडौं २ की उम्मेदवार ओनसरी घर्तीले कसैले चाहँदैमा गठबन्धनको मत दायाँबायाँ नहुने बताएकी छन् । ‘मेरो उम्मेदवारी महिलाहरुको पहुँच, प्रतिनिधित्व र प्रोत्साहनका लागि हो, व्यवस्थाको रक्षा र जनताको समृद्धिका लागि हो । कतिपयले सोचेजस्तो मेरो जित चुनौतीपूर्ण छैन । गठबन्धनको मत दायाँबाया हुनेवाला छैन । मलाई गठबन्धनमा अविश्वास छैन । गठबन्धनको मत तलमाथि हुँदैन । म मात्र नभईकन काठमाडौंमा गठबन्धनका सबैको जित निश्चित छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ घर्तीले भनिन् । काठमाडौंका जनताले माओवादीलाई भोट नहाल्ने भन्ने अफवाह मात्र भएको पनि उनको…

Read More

महोत्तरी – महोत्तरीको भङ्गाहा नगरपालिकामा धार्मिक सद्भाव भड्कन नदिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा ‘कफ्र्यू/ कायमै राखेको छ । भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार भड्केको दङ्गा नियन्त्रण गर्न जिल्ला प्रशासनले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा आज पनि जारी छ । भङ्गाहा नगरपालिका–८ को दक्षिणमा पर्ने पडरिया बस्तीको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा पडरियाको ब्रह्मस्थान, उत्तरमा धर्मपुर बस्तीको दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका–१ मा पर्ने बगडाचोक तथा पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । यससम्बन्धमा थप अर्को आदेश जारी नभएसम्म घोषित क्षेत्रभित्र समूहमा हिँडडुल गर्न तथा बाहिरी क्षेत्रबाट सो क्षेत्रमा प्रवेश गर्न निषेध…

Read More

काठमाडौँ – काठमाडौँको नागर्जुनमा जुवा खालबाट १८ जना नगदसहित पक्राउ परेका छन् । गयराति नागर्जुन नगरपालिका-७ स्वीजरल्याण्डपार्क नजिकै उदयराज पुरीको दहचोक सिटी भ्यू रिसोर्टमा जुवा खेल्दै गरेका १८ पुरुषलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरूको साथबाट ३ लाख ८२ हजार ५ सय ९५ रूपैयाँ नगद, १५ बुक तास र कौडा बरामद भएको बताइएको छ । पक्राउ परेकालाई प्रहरी वृत्त स्वयम्भूमा हिरासतमा राखी अनुसन्धान सुरू गरिएको छ ।

Read More

काठमाडौँ – नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि तयार गरेको घोषणापत्र शनिबार (भोलि) सार्वजनिक हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १० बजे घोषणापत्र सार्वजनिक गरिने गरी समय तय भएको मस्यौदा तयारी समितिका सदस्य गेजा शर्मा वाग्लेले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरुको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिने भएको छ । महामन्त्री शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको थियो । घोषणापत्रलाई अर्थविद् स्वर्णिम वाग्ले नेतृत्वको मस्यौदा उपसमितिले गरेको छ । यसअघि ७ कात्तिक सार्वजनिक गर्ने भनिएको उक्त घोषणापत्र कार्यक्रम स्थगित गरिएको थियो ।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइनन्। राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइएको राष्ट्रपति कार्यालयले जनाएको छ। उनका तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन्। यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गरेनन्। भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन। भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएनन्।

Read More

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाका जनक सिंहलाई फूल बिक्री गर्न भ्याइनभ्याइ छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरमा कृषि प्राविधिक पदमा कार्यरत उनले फूलखेतीबाट मनग्य आम्दानी गरेका छन् । शुभकार्य र सभासमारोहका लागि आवश्यकपर्ने फूल भारतबाटै आयात हुने गरेको भन्दै भारतीय आयातलाई थोरै भए पनि विस्थापित गर्न व्यावसायिक रुपमा फूलखेती गरेको उनले बताए । ‘अहिले तिहारका लागि फूलको माग धेरै छ नेपालगञ्ज, धनगढी र दार्चुलाबाटसमेत फूलको माग आएको छ ।’ उनले भने ,’हामीले माग अनुसार दिन सकिरहेका छैनौँ ।’ उनले फूल खेतीमा राम्रो सम्भावना रहेकाले व्यावसायिक रुपमा फूलखेती गरेको बताए । ‘जिल्लामा फूलखेती गर्ने किसान छैनन् हामीले पनि पहिलो पटक सुरुआत गरेका छौँ ।’ उनले भने–’दुई बिघा जमिन भाडामा लिएर…

Read More

काठमाडौँ – प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटिकाका दिन मात्र भक्तजनका लागि खुला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर बिहीबार बिहानैदेखि खुल्ने भएको छ । भाइटिकाका अवसरमा बिहीबार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । मन्दिर वर्षमा एक दिन भाइटिकाका दिन मात्र खुल्ने भएकाले खोल्नका लागि सबै तयारी गरिएको र भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । भाइटिकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबिचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् । रानीपोखरी क्षेत्रमा विसं २०६३ पछि छठ पर्व पनि मनाउने…

Read More

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले धर्मसंस्कृति, इतिहास र परम्परासँग अभिन्नरूपमा जोडिएको नेपाल संवत्को जगेर्ना गर्दै यसको महत्वलाई उजागर गर्न सबैले मिलेर काम गर्न जरुरी रहेको बताएका छन् । नेपाल संवत् ११४३ को अवसरमा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिले आज वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको मौलिक संवत्का रुपमा रहेको नेपाल संवत्को प्रयोगलाई आगामी दिनमा थप व्यापकता दिन आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले समाजमा गरिबी र असमानताको अन्त्य गर्दै नेपाली जनताको आर्थिकस्तर वृद्धि गर्न र जनतालाई सुखी एवम् स्वतन्त्र तुल्याउन शङ्खधर साख्वाःले गरेकाे कामबाट हामी सबैले प्रेरणा लिन सक्नुपर्नेमा जोड दिए । उनले भने, ‘शङ्खधर साख्वाःले देखाउनुभएको सत्मार्गमा हामी सबै प्रतिबद्ध भएर लाग्न सके मुलुकबाट गरिबी, आर्थिक असमानता र…

Read More