Author: Nisha Shrestha

काठमाडौं – नेकपा एमालेले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको चुनावी अभियान सुदूरपश्चिमबाट थाल्ने भएको छ । कात्तिक १८ गते दार्चुलामा अध्यक्ष केपी शर्मा ओलीले अभियानको थालनी गर्ने एमाले सुदूरपश्चिम सचिव धर्मराज पाठकले जानकारी दिए । ओलीले सदरमुकाम खलंगामा बिहान ११ बजे आमसभालाई सम्बोधन गरेर अभियान थालनी भएको घोषणा गर्नेछन् । ओलीले सोही दिन दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा हुने आमसभालाई पनि सम्बोधन गर्नेछन् ।

Read More

दार्चुला – दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ब्यास गाउँपालिका ५ धौलाकोटमा मंगलबार ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।दुर्घटनामा ब्यास गाउँपालिका ४ का अन्दाजी ४० वर्षीय देवानसिंह बिष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ब्यास गाउँपालिका ४ डोकटबाट सदरमुकाम आइरहेको सु प प्र ०२००१० च १४४७ नम्बरको ट्याक्टर दार्चुला तिंकर सडकको धौलाकोटमा सडकबाट ५० मिटर तल खसेको छ।

Read More

काठमाडौँ – युनिफिकेसन चर्चसँगको आफ्नो सम्बन्धबारे स्पष्ट पार्न नसकेपछि जापानका एक जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्। समाचार संस्था रोयटर्सका अनुसार आर्थिक पुनरुत्थान मन्त्री दाइसिरो यामागिवाले सोमबार राजीनामा दिएका हुन्। प्रधानमन्त्री फुमिओ किसिदाले उनको राजीनामा स्वीकार गरेका छन्। यसअघि गत साता प्रधानमन्त्री किसिदाले युनिफिकेसन चर्चमाथि अनुसन्धान गर्न निर्देशन दिएका थिए। पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्यामा उक्त चर्च जोडिएपछि किसिदाले अनुसन्धान गर्न निर्देशन दिएका हुन्। गत जुलाई ८ मा चुनावी अभियानमा रहेका बेला आबेलाई गोली हानिएको थियो। आबेलाई गोली हान्ने व्यक्तिले आफ्नी आमाले थुप्रै पैसा चर्चलाई दान दिएको र त्यसैका कारण टाट पल्टिएको बताएका छन्। आबेले त्यही चर्चलाई प्रवर्द्धन गरेको भन्दै…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएकामा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत उनलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन उहाँसँग काम गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन् । बेलायतका प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन हुन लागेको हो । सन् १९८० मा साउथह्याम्पटनमा जन्मिनुभएका सुनकका बाबु आमा दुवै भारतीय मूलका हुन्। उनीहरु पूर्वी अफ्रिकाबाट बेलायत आएका हुन ।

Read More

काठमाडौं – प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन लक्षित जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचारप्रसार उपसमिति गठन गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ५० जना सदस्यहरु उक्त समितिमा मनोनीत गरेकोे हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचारप्रसार समितिका संयोजक एवं पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचारप्रसार समितिका सदस्य जीतजङ्ग बस्नेतको संयोजकत्वमा गठित नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचारप्रसार उपसमितिमा ५० सदस्यहरु मनोनयन गरेको मुख्यसचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Read More

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ। राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिए। टोलीको उपकप्तानमा वसन्त खत्री र अन्य सदस्यमा वीरेन्द्र नाथ, गजेन्द्र बोहरा, शेर मल्ल, नारायण जोशी, वसन्त कार्की, हेमन्त धामी, मिलन बोहरा, दीपक टमटा, नरेन साउद, कैलाश ऐर, टेक रावल र गजेन्द्र भण्डारी छन्। साथै खड्कबहादुर बोहरा, वीरेन्द्र बम, कृष्ण भट्ट र स्मिथ बुढा वैकल्पिक खेलाडीका रूपमा छनोट भएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ। कैलाली र कञ्चनपुरमा असोज ३१ देखि कात्तिक ६ गतेसम्म सञ्चालन भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा…

Read More

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ कलुवापुरकी सङ्गीता धामीलाई सयपत्री फूल टिपेर माला गाँस्न र बेच्न भ्याइनभ्याइ छ । सङ्गीताको फूलबारीमा आजभोलि तिहारका लागि फूल र माला किन्न आउने ग्राहकहरूको घुइँचो लाग्ने गरेको छ । कलुवापुरमा उनले करिब आठ कट्ठा जमीनमा पुष्प खेती गरेकी छन् । मागअनुसार फूल पुर्‍याउन हम्मेहम्मे परेको सङ्गीताले बताइन् । ‘तिहारका लागि फूलको माग असाध्यै छ, मागअनुसार फूल पुर्‍याउन सकिएको छैन’, उनले भनिन्, ‘सयपत्रीको आठ हजार बिरुवा रोपेको थिएँ, पहिलो पटक फूल खेती गरेको व्यापार राम्रै छ ।’ सङ्गीताले कृषि जेटिए अध्ययन गरेपछि गाउँमै पुष्प व्यवसाय गरेकी हुन्। फूल र गाँसेको माला बिक्री गर्ने गरेको उनको भनाइ…

Read More

काठमाडौँ – अन्ततः ४२ वर्षीय ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने पक्का भएको छ । विश्वका ३० भन्दा बढी देशमा भारतीय मूलका नेताहरू शासन सत्तामा पुगेका छन्, तर सुनकको सफलता अरूको भन्दा विशिष्ट छ । लामो समय भारतमा बेलायतको उपनिवेश रह्यो । सुनक भारतीय मूलका नागरिक हुन् र उनले अब केही समय बेलायतमा शासन गर्नेछन् । क्रिश्चियन बाहुल्य देशमा अर्थमन्त्री हुँदा उनले भगवत् गीता छोएर शपथ खाएका थिए । भर्खरै भारतीय राष्ट्रिय काँग्रेसको नेतृत्वमा पुग्न असफल प्रयास गरेका बौद्धिक नेता शशी थरुरको भनाइ यहाँनेर स्मरण गर्नु उपयुक्त हुन्छ । ‘बेलायतले हामीलाई पुर्‍याएको क्षतिको परिपूरण असम्भव छ । उसले हामीलाई केवल सरी…

Read More

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी आफूले चार वर्षे कार्यकाल पूरा गरेको बताएकी छन् । उनले मंगलबार सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै आफूले थप गरेको एक वर्षे कार्यकाल पूरा गरेको र छिमेकी देशबाट बिदा हुन लागेको बताएकी छन् । नेपालमा रहँदा आफूप्रति देखाएको माया र सदभावका लागि उनले सम्पूर्ण नेपालीलाई धन्यवादसमेत दिएकी छन् । सुन्दर देश नेपालमा बस्दा आफूले आनन्द महसुस गरेको उल्लेख गर्दै यान्छीले त्यो अनुभव र माया बोकेर जान लागेको बताएकी छन् । आफ्नो चार वर्षे कार्यकाल पूरा गरी यान्छी बेइजिङ फर्किन लागेकी हुन् । चीन सरकारले राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्वी एसियाली देशहरूको संगठन आसियान…

Read More

काठमाडौँ – निर्वाचन आयोगले सात वटै प्रदेशका मुख्यमन्त्री कार्यालयलाई निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले गर्ने निर्वाचन प्रचार प्रसारलाई व्यवस्थित गरेको तथा सोही दफाको खण्ड (क १) ले त्यसरी प्रचारप्रसार गर्दा समेत सरकारी स्रोत साधनको प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ । मन्त्री लगायतका पदाधिकारीले निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्यका लागि हेलिकप्टर लगायत सरकारी स्रोतसाधनको प्रयोग गर्ने गरेको खबर सार्वजनिक भइरहेका बेला आयोगले प्रदेश मुख्यमन्त्री कार्यालयलाई चुनाव प्रचारमा सरकारी स्रोतसाधनको प्रयोग हुन नदिन भनेको हो ।

Read More