Author: Nisha Shrestha

काठमाडौं – काठमाडौँको उत्तर–पश्चिम क्षेत्रमा अवस्थित क्षेत्र नं ७ को प्रतिनिधिसभा निर्वाचनका लागि १६ स्वतन्त्रसहित २९ जनाले उम्मेदवारी दिएका छन् । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रतिनिधिसभामा १६ स्वतन्त्र र १३ राजनीतिक दलको सहभागिता रहेको छ । यस्तै सोही क्षेत्रको प्रदेशसभा (क)मा चार स्वतन्त्रसहित १२ र प्रदेशसभा (ख)मा तीन स्वतन्त्रसहित नौ जनाले उम्मेदवारी दिएको काठमाडौँ क्षेत्र नं ७ का प्रमुख निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन् । कुल ६१ हजार दुई सय ९१ मतदाता रहेको उक्त क्षेत्रमा प्रमुख राजनीतिक दलका नेताबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । काठमाडौँ महानगरपालिकाको १६, १७, १८ र २५,…

Read More

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पारेका छन् । “प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो, यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुको विकल्प छैन”, उनले भने । व्यास नगरपालिका वडा नं–२ मा निर्वाचन सम्पर्क कार्यालयको आज शुभारम्भ गर्दै उनले गठबन्धनलाई दिगोरूपमा अगाडि लैजान सकिए मात्र संविधानको रक्षामा सहयोग पुग्ने बताएका हुन् । व्यवस्था परिवर्तन भए पनि यसको सही व्यवस्थापन हुन नसकेकाले जनताको अवस्था बदलिन नसकेको पौडेलको भनाइ थियो । हरेक नागरिकमा अनुशासन र आचरणमा राख्ने पद्धति आवश्यक परेको जनाउँदै उनले लोकतन्त्रको उपयोग गर्न सिक्नुपर्ने धारणा व्यक्त…

Read More

सुर्खेत – ‘वीरेन्द्रनगर चक्रपथ’ नाम दिएर १७ वर्षअघि निर्माण सुरुआत गरिएको सडक अहिलेसम्म विवादका कारण अधुरै रहेको छ । वीरेन्द्रनगर उपत्यकालाई एउटै सडकले जोड्ने उद्देश्यले विसं २०६२ बाट निर्माण थालिएको थियो । कर्णाली प्रदेशको राजधानी कायम भइसक्दासमेत वीरेन्द्रनगर उपत्यकामा निर्माणाधीन चक्रपथको काम पूरा हुनसकेको छैन । सत्र वर्षअघि सुब्बाकुनाबाट घुस्रा हुँदै दक्षिण भागबाट बाङ्गेसिमल जोड्न चक्रपथ निर्माण थालिएको थियो । करिब २९ किलोमिटर लामो सो चक्रपथको हालसम्म २२ किलोमिटरमा मात्रै काम भएको छ । चक्रपथअन्तर्गत व्यक्तिगत घर, जग्गा र संरक्षित वन क्षेत्र पर्ने हुँदा बेला–बेला विवाद हुँदै आएको छ । अरू त अरू चक्रपथको सुरुको विन्दु सुब्बाकुनामै व्यक्तिको घरजग्गा परेका…

Read More

चितवन – भारतमा नौ जना मान्छे मार्ने बाघ नियन्त्रणका लागि नेपाली प्राविधिक टोली भारत पुगेको छ। भारतको बाल्मिकी टाइगर रिजर्भको अनुरोधमा चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली भारत पुगेर बाघ नियन्त्रणमा लिन सहयोग गरेको हो। बाल्मिकी टाइगर रिजर्भ बिहार प्रदेश पश्चिम चम्पारण जिल्लाको उत्तर–पश्चिमी भागमा अवस्थित छ। चम्पारण जिल्लाको वेतिया गोवरदन भन्ने स्थानमा पुगेर बाघ नियन्त्रणका लागि प्राविधिक सहयोग गरेको निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले बताए। निकुञ्जको सीमावर्ती क्षेत्रमा पसेको बाघले पटक–पटक मान्छे मारेपछि सहयोगका लागि चितवन राष्ट्रिय निकुञ्जलाई अनुरोध गरिएको थियो। यहाँबाट डा श्रेष्ठको नेतृत्वमा प्राविधिक किरण रिजाल, तीर्थ लामा, टीका थारू, रमेश चौधरी र तेन्जिङ चौधरी गत…

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको घुइँचो लागेको छ । तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरूको घुइँचो लागेको हो। असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ। टक्सार विभागले गणेश र लक्ष्मीको फोटो अंकित असर्फी तयार गरेको छ। दश ग्राम असर्फीको मूल्य ८२ हजार ९०२, पाँच ग्राम असर्फीको मूल्य ४१ हजार ४५१ रुपैयाँ र २ दशमलव ५ ग्राम असर्फीको बिक्री मूल्य २० हजार ७२६ रुपैयाँ निर्धारण गरिएको टक्सार विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । नेपालमा सिक्का उत्पादन गर्न छाडे पनि टक्सार विभागले दशैं र तिहारको अवसर पारेर असर्फी…

Read More

काठमाडौँ – सडकमा बसेर गुजारा चलाउँदै आएका दृष्टिविहीनहरूले आज काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडी विरोध प्रदर्शन गरेका छन् । सडकमा बस्दा नगर प्रहरीले हटाएको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले सडकमा बसेर गुजारा चलाउनुपर्ने माग गरेका छन् ।

Read More

काठमाडौं — नेपालमा पछिल्लो २४ घन्टामा थप ५३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएका १५७१ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा ५१ जनाले कोरोनाविरुद्ध जित हात पारेका छन् । यससँगै अहिलेको अवस्थामा नेपालमा सक्रिय संक्रमितको संख्या ७ सय २७ पुगेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त अवधिमा कुनै पनि संक्रमितले कोरोनाका कारण ज्यान गुमाएका छैनन् । मन्त्रालयले उक्त अवधिमा देशभर १५ हजार ३५९ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि जनाएको छ ।

Read More

काठमाडौँ – निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई स्पष्टीकरण सोधेको छ । स्पष्टीकरणसँगै आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई कारबाही प्रक्रिया अगाडि बढाउनसमेत पत्र लेखिसकेको छ । हालै रौतहटमा आयोजित एक कार्यक्रममा मतदातालाई प्रलोभन पार्ने गरी वक्तव्य दिएको भन्दै बिहीबार आयोगले अध्यक्ष नेपाललाई स्पष्टीकरण सोधेको हो । नेपालले फ्री भिसा र फ्री टिकटमा मतदातालाई विदेश पठाउने भनी वक्तव्य दिएको आयोगको पत्रमा उल्लेख छ । आयोगले लेखेको पत्रमा भनिएको छ, ‘उपर्युक्त सम्बन्धमा रौतहट जिल्लामा आयोजित कार्यक्रममा तपाईँले आफूले चुनाव जिते देशबाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको भन्ने विषयको समाचार प्रकाशन भएको, तपाईँले ‘बिना ढेउवा के भिसा…

Read More

काठमाडौँ – बुधबार समय अभावका कारण अदालतमा पेश गर्न नभ्याइएका कमेडियन अपूर्व क्षितिज सिंहलाई बिहीबार अदालतमा उपस्थित गराइएको छ। उनलाई जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा पेश गरिएको हो। यसअघि अनुसन्धान सकिएपछि अदालत जानेबेला बिरामी भएपछि उनलाई छाडिएको थियो। र अहिले प्रहरीले पुनः मुद्दा अघि बढाउन मंगलबार मात्रै पुनः नियन्त्रणमा लिएको हो। नेवार समुदायमाथि आँच आउनेगरी कमेडी प्रस्तुत गरेको भन्दै उनीमाथि भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुर गरेको, सार्वजनिक शान्ति खलल पारेको, जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न गरेको जस्ता अभियोग लगाइएको छ। उनको बिहीबार बयान लिने तयारी अदालत गरेको छ। बयान सकिएको खण्डमा थुनछेक बहस सुरु हुनेछ। कमेडियन…

Read More

काठमाडौँ – बिरामीलाई प्रत्यारोपण गर्न दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण नगरेपछि वीर अस्पतालमा तनाव भएको छ । चिकित्सकले दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपणका लागि योग्य नभएको बताएका छन्, तर बिरामीका आफन्तले चिकित्सकीय लापरबाही भन्दै विरोध गरेका छन् । मंगलबार धादिङका ३२ वर्षीया एक महिलाको मिर्गौला प्रत्यारोपणको तयारी भएको थियो । ती महिलालाई उनकी ५८ वर्षीया सासुले मिर्गौला दिने तय भएको थियो । अस्पताल स्रोतका अनुसार मिर्गौला प्रत्यारोपण सर्जन डा.पारसमणि श्रेष्ठ र डा.अनिल श्रेष्ठले गर्दै थिए । उनीहरू दुवै वीरमा मिर्गौला प्रत्यारोपणका लागि अनुमति पाएका चिकित्सक हुन् । अस्पतालका निमित्त प्रमुख डा.भूपेन्द्र बस्नेतका अनुसार प्रत्यारोपण गर्न सबै जाँच गरेर दाताको मिर्गौला निकालिएको थियो…

Read More