Author: Nisha Shrestha

काठमाडौँ – बिहीबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ घटेको हो। बुधबार सुन तोलामा दुई सय रुपैयाँ घटेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला ९३ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला ११ सय ७५…

Read More

काठमाडौँ – निर्वाचन आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ दोस्रो चरणको मतपत्र ढुवानी शुरु गर्ने भएको छ। पहिलो चरणमा प्रदेश १, मधेस र बागमती प्रदेशमा मतपत्र ढुवानी गरेको आयोगले आज कर्णालीलगायत प्रदेशका विभिन्न जिल्लामा मत पत्र पठाउन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ देशभरका लागि कुल २ करोड ४ लाख २१ हजार र प्रदेश सभातर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ। यसबाहेक आयोगले निर्वाचन शिक्षाका लागि २२ लाख ४० हजार नमुना मतपत्र छापेर यसअघि नै जिल्ला जिल्लामा पठाइसकेको छ। आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको…

Read More

काठमाडौं – धादिङको धुनिबेशी नगरपालिका–४, तेर्सेपानीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् । ट्रकमा सवार स्थानीय ४० वर्षीय रामचन्द्र पुडासैनीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जनाइएको छ । घाइते भएका ३५ वर्षीय विनोद आचार्यको सोही अस्पतालमा उपचार भइरहेको छ । गए राति करिब १२ बजे भञ्ज्याङपोखरीबाट जीवनपुरतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १५८१ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो । ट्रकसहित चालकलाई प्रहरीचौकी जीवनपुरले नियन्त्रणमा लिएको छ ।

Read More

सिराहा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार–८ चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिदा बसमा सवार ३० जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश १–०५००१ ख ००२९ ट्रकले ना ७ ख ४९८१ नम्बरको बसलाई सोही दिशाबाट आइरहेको ट्रक अनियन्त्रित भइ पछाडिबाट ठक्कर दिँदा बसमा सवार ३० जना घाइते भएका हुन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक राजु केसीले जानकारी दिए । गम्भीर घाइते तीन जनालाई विराटनगर पठाइएको छ ।

Read More

डडेल्धुरा – बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर ४ को चिउरीमा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । उनका अनुसार ६ जनाको घटनास्थलमा मृत्यु भएको हो । डीएसपी भण्डारीकाअनुसार जीप टुक्राटुक्रा भएका कारण नम्बर प्लेट समेत खुलेको छैन । अहिले घाइतेहरुको उद्दार गर्ने क्रम जारी रहेको उनले बताए ।

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । सीताको स्वास्थ्यमा समस्या आएपछि मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पिडित छन् । प्रचण्डको सचिवालयका अनुसार सीता दाहालको स्वास्थ्यमा जटिल समस्या भएपछि पार्टीको कार्यक्रममा समेत प्रचण्ड जान पाएनन् ।

Read More

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राजदूत हाउ यान्छीले बिदाइ भेट गरेकी छन् । बुधबार राजदूत यान्छीले राष्ट्रपति भवन शीतल निवासमा भण्डारीसँग बिदाइ भेट गरेकी हुन् । सो अवसरमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Read More

काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल (जसपा) शासकीय स्वरूपमा जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री व्यवस्था गर्ने प्रतिबद्धतासहित चुनावमा जाने भएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि तयार पारेको प्रतिबद्धता पत्रमा जसपाले भनेको छ, ‘प्रत्यक्ष तथा सहभागितामूलक समावेशी लोकतन्त्रको मान्यताअनुरूप सङ्घमा बालिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था गर्ने तथा प्रदेशहरूमा मुख्यमन्त्री तथा विशेष संरचना र स्थानीय तहहरूमा त्यहाँका कार्यकारी प्रमुख पनि बालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने ।’ संघीय संसद र प्रदेशसभाहरू पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चयन गरिने पनि पार्टीको प्रतिबद्धता छ । जसपाले कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्य समय कार्यकारी…

Read More

झापा – एमाले अध्यक्ष केपी ओलीले चुनावको मुखमा फ्रि-भिसा र फ्रि-टिकटको आश्वासन बाँड्नेलाई कारबाही गर्नुपर्ने बताएका छन् । झापाको धुलाबारीमा बुधबार एमाले र राप्रपाले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा ओलीले रौतहटमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका माधव नेपालले फ्रि-भिसा र टिकटको लोभ देखाएर युवाहरूलाई भ्रमित गरेको भन्दै आपत्ति जनाए । बारा- ४ का गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले पनि युवालाई फ्रि-भिसा र टिकटको लोभ देखाएकोमा निर्वाचन आयोगले तत्काल कारवाही गर्नुपर्ने माग गरे । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यकर्तालाई सूर्यमा भोट नहाले ४ मंसिरपछि पार्टीमा भेट नहुने चेतावनी दिए । ‘क्षेत्र नम्बर १ मा सूर्यमा हालेको मत क्षेत्र नम्बर ३ मा हलोमा परिणत…

Read More

बलेवा– गाउँमा काम गर्ने जनशक्तिको अभाव छ । युवापुस्ता पलायन हुने र गाउँमा भएका वृद्ध तथा बालबालिकाले खेतबारीको काम गर्न सक्दैनन् । वर्षभरि दुःख गरेर छ महिना खान नपुग्ने भएपछि गाउँका बारी बाँझै राखेर सहर पस्नेहरुको कमी छैन । यो समस्या बागलुङका हरेक बस्तीमा छ । जनशक्तिको अभावमा बारी बाँझो राख्न बाध्य भएका एउटा पात्र छन् काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछाने । पाँच वर्षअघि वडाध्यक्षमा निर्वाचित भएपछि लामिछानेले पनि बारी बाँझै राखे । आफू जनप्रतिनिधि भएकाले २४ घण्टा वडावासीको काममा खट्नुपर्ने, श्रीमतीले जागिर गर्ने र वृद्ध बाबुआमाले काम गर्न नसक्ने भएपछि उनको बारी बाझिँदै थियो । तर बारीलाई बाँझै राख्न उनलाई पटक्कै मन लागेन । अरुको बाँझोबारीमा समेत खेती गर्न…

Read More