Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् । जसपा नेपालका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दिपक कार्कीले सोमबार बिहान मात्र राजीनामा दिएका थिए । दिउँसो जसपा नेपालका सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र हसिना खान स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका हुन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएका छन् ।

Read More

काठमाडौं : अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई काठमाडौं माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार माकलबारीबाटै पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल स्ट्रिप च्याटमार्फत उनले यौन व्यवसाय सञ्चालन गरेको प्रहरीको आरोप छ । आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई प्रलोभनमा पारी अनलाइन टाइपिङको रोजगारी दिने भन्दै अनलाइन यौन क्रियाकलापमा लगाएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए । स्ट्रिप च्याटमा अकाउन्ट खोली लाइभ भिडिओ च्याटमा बस्न लगाई यौनका कुरा गर्ने, गोप्य अंग…

Read More

काठमाडौं : भारतको एनएचपीसी र प्रसारण ग्रिड कम्पनीबीच ग्रिड कनेक्सन सम्झौता भएको छ । ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती परियोजनाको विद्युत् प्रसारणका लागि यो सम्झौता गरिएको हो । सम्झौतामा एनएचपीसीका महाप्रबन्धक पीसी उपाध्याय र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेत्रप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् । एनएचपीसीले १ हजार ६ सय ८० मेगावाट क्षमताको पश्चिम सेती आयोजना बनाउँदै छ । अब प्रसारण गिञ्ड कम्पनीले बनाउने प्रसारण लाइन एनएचपीसीले प्रयोग गर्न पाउने छ । तीन परियोजनामध्ये सेती करिडोर ट्रान्समिसन लाइनमा पश्चिम सेतीको बिजुली जोडिने छ । भारतको एक्जिम बैंकबाट ऋण लिएर बनाइने परियोजनाको लागत २० अर्ब…

Read More

धनगढी : बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ। मेलौली नगरपालिका—१ का ३२ वर्षीय दिपकसिंह नायकको मलेसियामा मृत्यु भएको हो। नायक सुतीरहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी भएको थियो। उक्त आगलागीमा परेर नायकको मृत्यु भएको खुलेको छ। वैदेशिक रोजगारीको सिलसिलामा दिपक विगत ९ वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए। नायकको शव नेपाल ल्याउन पहल भइरहेको वडा अध्यक्ष सरद नेगीले बताए। दिपकको मलेसियामा मृत्यु भएपछि उनको घरपरिवार शोकमा डुबेको छ।

Read More

काठमाडौं : प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि एसएसपी कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले सोमबार जनाएको छ ।

Read More

काठमाडौं : दुर्गा प्रसाईँको आलोचना गरेको भन्दै एक पूर्व प्रहरी अधिकारीमाथि काठमाडौंमै दिनदहाडै अभद्र व्यवहार गरिएको पाइएको छ । दुर्गा प्रसाईँको अभियानको आलोचना गरेको भन्दै अर्घखाँचीका केपी शर्मा पन्थीलाई प्रसाईँको समूहले पशुपति क्षेत्रमा दिउँसै बाँधेर जुत्ताको माला लगाएर भिडियो बनाएको हो । सामाजिक संजालमा आएको भिडियोमा शर्मालाई केही युवाहरूले अब आइन्दा प्रसाईँको आलोचना नगर्न भन्दै फलामे कुर्सीमा बाँधेर जुत्ताको माला लगाएर भिडियो खिचेको देखिन्छ । फलामे कुर्सीको पछाडि हात बाँधेर जुत्ताको माला लगाएर सम्मान गरिएको भन्दै भिडियो खिचेका युवाहरूले अब देखि प्रसाईँको आलोचना नगर्ने शर्तमा मात्रै ति व्यक्तिलाई छाडेको भिडियोमा देखिन्छ । युवाहरूको समूहले गरेको सो दुर्व्यवहार आफू माथि भएको…

Read More

धनगढी : सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले २७ जना श्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। प्रत्येक वर्ष साहित्यका विविध क्षेत्रमा योगदान पुर्‍याउने श्रष्टाहरूलाई पुरस्कार प्रदान गर्दै आएको साहित्य समाजले यस पटक पनि विविन्न विधामा २७ जनालाई सम्मान गर्न लागेको हो। सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले निकट दिनमै विशेष समारोहबीच उनीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिने बताए। यस वर्षको एक लाख ११ हजार १ सय ११ राशीको बद्रीकृष्णा वाङ्मय पुरस्कार, २०८० बैतडीका प्राध्यापक डा. महादेव अवस्थीलाई प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष पाण्डेयले बताए। यसअघि २०७९ सालको बद्रीकृष्णा वाङ्मय पुरस्कार स्रष्टा झमक कुमारी घिमिरेलाई प्रदान गरिएको थियो। त्यसैगरी २०८०…

Read More

काठमाडौं: नेपाल प्रहरीमा बेलाबखत भैरहने दरबन्दी थप र आफ्नालाई च्याप्ने प्रवृत्ति पुरानै हो। विभागिय सरुवा बढुवादेखि दरबन्दी थप्नेसम्ममा आफ्नालाई सहज बनाउने प्रहरीमा अहिले पनि परिपाटी कायमै छ। सोही क्रममा हालै व्यक्ति विशेषका लागि २ दरबन्दी थप गरेको पाइएको छ। डीआईजीको दुई विशेष दरबन्दी थप गरिएको हो। साइबर ब्यूरो र केनाईन महाशाखामा डीआईजीको विशेष दरबन्दी थप गरेर बढुवा गरिएको बताइएको छ। दरबन्दी थपसँगै साइबर ब्यूरोमा नवीन्द्र अर्याल तथा केनाइनमा देउती गुरुङलाई बढुवा गरिएको छ। साइबर अपराध बढेको अवस्थामा साइबर ब्यूरोमा विशेषज्ञ पद आवश्यक भए पनि केनाइन महाशाखामा आवश्यक नै नभएको प्रहरी अधिकारी बताउँछन्। गुरुङलाई जागिर लम्बाउन मात्र यसरी अनावश्यक दरबन्दी थपिएको…

Read More

धनगढी : नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी सम्हालेका छन् । नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग, नक्सालबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज सरुवा भएका गिरीले सोमबार प्रतिष्ठानमा हाजिर भई पदभार ग्रहण गरेका हुन । गिरीको स्वागत कार्यक्रममा सम्मान गारदबाट सलामी अर्पण गरिएको थियो । साथै, स्वागत कार्यक्रम पश्चात उनले पद बहालीको अवसरमा वृक्षारोपण समेत गरेका थिए ।

Read More

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । सोमबारको प्रदेश सभा बैठकमा कार्कीले ५७ मत पाएका हुन् । कार्कीको विपक्षमा शून्य मत परेको छ भने ५ मत तटस्थमा परेको छ । आजको बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले भने बहिष्कार गरेको थियो । ९३ सदस्यीय प्रदेश सभामा आज ६२ सांसद उपस्थित थिए । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नियुक्ति असंवैधानिक तरिकाले भएको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ । हिक्मतको नियुक्तिविरुद्ध नेपाली कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिटसमेत दायर गरेका छन् । उक्त रिटमा सुनुवाइ गर्न ९ जेठमा पेशी तोकिएको छ । कांग्रेसले मुद्दा…

Read More