Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा जग्गाको विषयलाई लिएर ज्यान गुमाएकी मन्जु रावलका बालबालिकालाई उच्चशिक्षा अध्ययनका लागि आर्थिक सहयोग गरिएको छ। रावलका बालबालिकाकालाई लम्कीचुहा नगरपालिकाले उच्चशिक्षा अध्ययनका लागि १ लाख ५० हजारको चेक दिएको छ। नगरपालिकाकी नगर प्रमुख शुसिला शाहीले आज उक्त चेक स्वर्गीय रावलका छोरा बिवेक रावललाई हस्तान्तरण गरेकी नगर प्रमुखको सचिवालयका सदस्य सुरेश उपाध्यायले जानकारी दिए। चेक हस्तान्तरण गर्दै नगर प्रमुख शाहीले केही भए पनि यो रकमले राहत पुग्ने बताएकी छिन्। लम्कीचुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया स्वर्गीय मन्जु रावल जेठ २५ गते वकिललाई भेट्न मसुरीया जान्छु भनि घरबाट गएको र सोही दिनको साँझदेखि बेपत्ता थिइन्। जग्गाको विषयलाई लिएर चार जनाले उनको हत्या…

Read More

धनगढी : कैलालीको अत्तरियामा ट्रकले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ। शुक्रबार साँझ धनगढीबाट अत्तरियातर्फ आइरहेको मप्र ०३०१ख९६५० ट्रकको ठक्करबाट डोटीको शिखर नगरपालिका–२ बस्ने ६० वर्षीय भगवती रोस्याराको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी रोस्याराको उपचारका क्रममा राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। उनी डोटीमा ‘कटी फूपु’को नामले परिचित थिइन्। रोस्याराको मृत्युपछि उनका शुभेच्छुकहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। ट्रक र चालक डडेल्धुराको अजयमेरू गाउँपालिका–१ का ३४ वर्षीय नरेश भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ। मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ।

Read More

धनगढी : कैलालीको धनगढीमा भीषण लागालागी भएको छ। धनगढी उपमहानगरपालिका– १ स्थित सारथी अस्पताल क्षेत्रमा गएराति १ बजे आगलागी भएको हो। आगलागीले अस्पतालसहित आठ पसलमा क्षति भएको प्रहरीले जनाएको छ। सुरुमा अस्पताल नजिक रहेको दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदाममा अचानक विद्युत् तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए। त्यहाँबाट सल्केको आगोले अन्य पसलमा क्षति भएको हो। यस्तै मधुमाला देवी सप, भट्ट सपिङ सेन्टर, सुभिक्षादेवी सपिङ्ग सेन्टर, न्यू सदिक्षा ईन्टरप्राईजेजी, भण्डारी सु –सेन्टर र भट्ट ट्रेडर्स एन्ड सप्लायर्समा पनि आगलागीका कारण क्षति भएको छ।…

Read More

काठमाडौं : आन्तरिक राजस्व विभागले कात्तिक महिनामा ३० अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।दसैं र तिहारले गर्दा १४ दिन सार्वजनिक बिदा भएको कात्तिक महिनामा विभागले गत वर्षभन्दा १ अर्ब ५२ करोड रुपैयाँ बढी राजस्व उठाएको हो । बैंक वित्तीय संस्थाले बढाएको ब्याजदरले ब्याज आम्दानीमा वृद्धि हुँदा सरकारको राजस्व बढेको हो । ब्याज कर शीर्षकमा ५ अर्ब ९३ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा ६ अर्ब ४५ करोड रुपैयाँ संकलन भएपछि कात्तिक महिनामा गत वर्षभन्दा बढी राजस्व संकलन हुन सकेको हो । गत वर्ष कात्तिकमा विभागले २९ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । कात्तिकमा गत…

Read More

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते झापाको बिर्तामोड जाने भएका छन् । पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न उनी त्यता जान लागेका हुन् । ज्ञानेन्द्रले सो दिन दिउँसो १ बजे पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा शालिक अनावरण गर्ने कार्यक्रम छ । इकम कलेजले गत वर्षदेखि नयाँ भवनबाट पठनपाठन सञ्चालन गरिरहेको छ । कलेजमा रहेको शालिक अनावरण पूर्वराजा ज्ञानेन्द्रको हातबाट गर्न व्यवस्थापनले निकै कसरत गरिरहेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि मेचीनगरबाट र्याली निकाल्ने तयारी गरेको छ ।

Read More

काठमाडौँ: तिहारमा नबिकेर रहेको सयपत्रीलगायत फूल व्यापारीले निःशुल्क रुपमा आयुर्वेदिक औषधि बनाउन दिएका छन् । कालिमाटी र भृकुटीमण्डप क्षेत्रका व्यापारीबाट निःशुल्क प्राप्त पाँच हजार किलोग्राम फूल राम्ररी सुकाएर गुर्जो चिया तथा ग्याष्ट्रिक, अल्सर, माइग्रेन, जोर्नीको समस्या, चिन्ता, शक्तिवद्र्धक आदिमा उपयोगी हुने चूर्णमा प्रयोग गरिने अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए । आयुर्वेदिक औषधि बनाउँदा यस क्षेत्रका विज्ञसँग पनि सल्लाह लिइने पनि उनले बताए । आयुर्वेदिक चिकित्सकको परामर्शमा गुर्जोलगायत ६० प्रकारका जडिबुटीबाट बनाइने औषधि निःशुल्क वितरण गरिने पनि राष्ट्रिय महिला आयोगको सचिवसमेत रहेका अभियानकर्मी राजलवटले जानकारी दिए । पाँच हजार किलोग्राम निःशुल्क प्राप्त फूलको व्यवस्थापनमा स्वयंसेवकहरु शोभिता भट्टराई, कलावती भट्टराई, योग गुरु…

Read More

कञ्चनपुर : कञ्चनपुर प्रहरीले कुटपिट मुद्दाका फरार प्रतिवादीलाई तीन दशकपछि पक्राउ गरेको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-९ का धनबहादुर सुनारलाई शुक्रबार पक्राउ गरी कारागार चलान गरिएको हो । सुनारलाई आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले बताए । सुनारलाई जिल्ला अदालत कञ्चनपुरले २०५० फागुन १५ गते कुटपिट मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद र २ हजार जरिवानाको फैसला सुनाएको थियो ।

Read More

काठमाडौं : अमेरिकाको अध्यागमन हिरासतमा एक जना नेपालीले ज्यान गुमाएका छन् । साढे दुई महिनादेखि अमेरिकाको अध्यागमन हिरासतमा रहेका सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ का ३२ वर्षीय सुवास श्रेष्ठले टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार ज्यान गुमाएका हुन् । अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेन्सी आईसीईले उनको मृत्युको पुष्टि गरेको हो । उनको मृत्युको आधिकारिक कारण भने खुलाएको छैन । पारिवारिक श्रोतका अनुसार ०८० भदौ ५ गते उनी घरबाट हिँडेका थिए । एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर उनी काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए । गत सेप्टेम्बर २ मा उनी मेक्सिकोबाट अवैधरुपमा अमेरिकाको एरिजोनाको लुकभिल छिरेका थिए । उनलाई…

Read More

बर्दिया : बर्दियाको गुलरिया नगरपालिका-५ स्थित सुहेलवामा हत्या अभियोगमा आठ जनालाई पक्राउ गरिएको छ । प्रहरीले घटनाको मुख्य आरोपमा गुलरिया नगरपालिका–६ का २३ वर्षीय सुलभ थापा, २४ वर्षीय धिरज ठाकुर, वडा नम्बर ५ का १९ वर्षीय दिपेश बुढामगर, वडा नम्बर ८ का १९ वर्षीय सन्दिप थारु र दिनानाथ चौधरीलाई पक्राउ गरेको हो । कात्तिक २६ गते राति २३ वर्षका वरुण घिमिरेलाई पुरानो रिसइबीका कारण हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । घिमिरेको हत्यामा सहयोगी भूमिका निर्वाह गरेको आरोपमा गुलरिया नगरपालिका–६ का १८ वर्षीय रक्षक भनिने रोशन शाह, वडा ४ का निश्चल थापा क्षेत्री र ठाकुरबाबा नगरपालिका– ३ विदुरपुरका…

Read More

धनगढीः कैलालीको कैलारी गाउँपालिकाका सब ओभरसियर विशेष चौधरीको शव एक सातापछि फेला परेको छ। उनको शव आज टीकापुरको दौलतपुर घाटमा फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। टीकापुर पार्क घुम्न गएका चौधरी कर्णाली नदीमा कात्तिक २५ गते बेपत्ता भएका थिए । साथीहरुसँगै टीकापुर पार्क घुम्न गएका उनी जोडिएको कर्णाली नदीमा पौडी खेल्न गएका थिए। सोही क्रममा उनी डुबेर बेपत्ता भएका थिए ।

Read More