Author: महेन्द्रनगर पोष्ट

बाँके : बाँकेको जानकी गाउँपालिकामा गोली चलेको छ। प्रहरीले गोली हानेर ज्यान मार्ने उद्योग कसुरमा संलग्न एक जनालाई पक्राउ गरेको छ। प्रहरीले चलाएको गोली लागेर बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय आकाश राना घाइते भएका छन्। प्रहरीको खोजी सूचीमा रहेका आकाशलाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएर नियन्त्रणमा लिइएको बाँकेका एसपी सुवासचन्द्र बोहराले बताए। कार्तिक ३० मा बिहान कोहलपुर स्थित चप्परगौडीमा आकाश राना सहितका युवाहरूले मीन बहादुर बिकलाई आक्रमण गरेका थिए। रानाको समूहले खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन्। उनलाई उपचारको लागी भारतको लखनउमा पठाइएको छ। राना योभन्दा अगाडि पनि अपराधीक कार्यमा संलग्न रहेका थिए।

Read More

काठमाडौं : हेटौंडाको हुप्राचौरको एक झाडीमा सालनालसहित नवजात शिशु फेला परेको छ। बच्चा रोइरहेको आवास सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।  सालनाल सहितको बच्चा यत्तिकै झाडीमा फालिदिँदा शिशुको खुट्टा र हातमा सामान्य घाउ लागेको छ। प्रहरीले उद्धार गरी अस्पताल पु¥याएको नवजात शिशुलाई मानवसेवा आश्रमले संरक्षणमा लिएर उपचार गराइरहेको छ। हेटौंडा अस्पतालमा उपचाररत शिशुको अवस्था भने सामान्य रहेको मानवसेवा आश्रम मकवानपुरकी संयोजक ईशा थापाले बताए। बच्चा कसले सडकमा ल्याएर फालेको होे हालसम्म खुल्न सकेको छैन। यस सम्बन्धमा अनुसन्धमान चलिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक रुद्र पराजुलीले बताए।

Read More

बैतडी : बैतडीमा खसी चोरी गर्न खोज्ने एकजना पक्राउ परेका छन्। जिल्लाको डिलाशैनी गाउँपालिका–५ बिनाबस्ती बस्ने देवसिंह साउँदको गोठबाट खसी चोर्न खोज्ने सोही वडाको लेट्ठेकोठ बस्ने २२ वर्षीय गोपाल नाथलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार राति ९ बजेतिर साउँदको गोठबाट खसी चोर्न लागेका नाथलाई स्थानीयहरुको सहयोगमा साउँदले नियन्त्रणमा लिएकाे र प्रहरीलाई खबर गरेको बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। पक्राउ परेका नाथलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको छ। छिमेकीको सुन चोरेको आरोपमा गत साउनमा समेत नाथ पक्राउ परेका थिए। उनलाई अदालतले धरौटीमा रिहा गरेको थियो।

Read More

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीस्थित वनहरा नदीले भत्काएको झोलुङ्गे पुलका समान चोरी हुन थालेका छन्। पुलका डेग, तारजाली, नटबोल्ट, लठ्ठालगायतका सामानको संरक्षण हुन नसक्दा चोरी हुन थालेका हुन्। पुलका सामान चोरी हुनबाट जोगाउनका लागि कुनै पनि निकायले अहिलेसम्म चासो देखाएका छैनन्। गत वर्षको भदौमा नदीमा आएको बाढीले तीन करोडको लागतमा बनेको झोलुङ्गे पुलको दक्षिणतर्फको पिलर भत्काउँदा पुल नदीमा खसेको थियो। नदीमा खसेको पुलको आधा सामान खोलेर वडा कार्यालयमा राखिएको छ। पुलको आधा सामान नदीमै खसेको अवस्थामा रहेको छ। खसेको पुलका सामान नदीमै अलपत्र अवस्थामा रहँदा चोरी हुने क्रम बढेको स्थानीय बासिन्दा मङ्गलप्रसाद चौधरीले बताए। ‘दिउँसै पुलका नटबोल्ट खोलेर चोरेर लैजान थालेका…

Read More

काठमाडौं : मङ्सिर महिनाका लागि १४ वटा वाणिज्य बैंकले नयाँ निक्षेपको ब्याजदर घटाएका छन्। एउटा बैंकले मात्रै ब्याजदर बढाएकाे छ भने पाँच वटाले कात्तिक महिनाकै ब्याजदरलाई यथावत् राखेका छन्। बैंकहरूले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था छ। बैंकमा तरलता बढेपछि भदौ महिनायता धेरैजसो बैंकहरूले ब्याजदर घटाउँदै आएका छन्। मङ्सिर महिनाका लागि माछापुच्छ्रे बैंकले ब्याजदरलाई ० दशमलव ६१ प्रतिशतले बढाएर १० दशमलव ६० प्रतिशत पुर्‍याएको छ। सबैभन्दा बढी एनआईसी एसिया बैंकले मुद्दती निक्षेपको ब्याजदर २ दशमलव ०४ प्रतिशत घटाएको छ। मङ्सिर महिनाका लागि एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, नबिल बैंक, कृषि विकास बैंक, नेपाल…

Read More

काठमाडौं : सुनको भाउ आज शुक्रवार एकै दिन दुई हजार तीन सय रुपैयाँले बढेर तोलामा एक लाख १५ हजार पाँच सय रुपैयाँमा पुगेको छ। गएको सोमवार सुनको भाउ तोलामा एक लाख १३ हजार दुई सय रुपैयाँ थियो। मङ्गलवार, बुधवार र हिजो बिहीवार तिहार बिदामा सुनचाँदीको मूल्य तोकिएको थिएन। नेपाल सुन चाँदी व्यवसायी महासङ्घले लक्ष्मी पूजाको भोलिपल्ट २७ गते भाउ तोकेपछि आज बल्ल बजार खुलेको हो। यस्तै चाँदी तोलाको एक हजार चार सय ५० रुपैयाँ रहेको महासङ्घले जनाएको छ। महासङ्घले अन्तराष्ट्रिय बजार मूल्यअनुसार नेपालमा भाउ तोक्दै आएको छ।

Read More

डडेल्धुरा: डडेल्धुराको प्रसिद्ध जगन्नाथ मेला मंसिर १३ गते लाग्ने भएको छ। स्थानीय भाषामा ‘खोलेइ जाँत’ नामले परिचित जगन्नाथ मंसिर १२ गते रतेडी र १३ गते (दिउसेडी) मेला लाग्ने भएको हो। अजयमेरु गाउँपालिका ३ र ४ को चिपुरमा रहेको जगन्नाथ मन्दिरमा राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ। गुनपाल ,चौडी, चिपुर र मड यी चारवटै गाउँबाट जगन्नाथ मन्दिरमा ‘देउरो’ आएर मेला हुने जगन्नाथ युवा क्लबका अध्यक्ष तारादत्त भट्टले जानकारी दिए। पूजाआजापछि प्रसादका रुपमा ‘तिलाख’ ग्रहण गर्नेको बिहानैदेखि भक्तजनको भिड लाग्छ। ‘खोलेइ जाँत’ को रूपमा मानिने यो मेला हेर्नका लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट श्रद्धालुहरु आउने गर्दछन्। साथै संरक्षणका साथ…

Read More

काठमाडौं : सरकारले टिकटकमा बन्देज लगाएपछि सरकारको निर्णयविरुद्ध सर्वोच्चमा ५ वटा रिट पुगेको छ। टिकटक बन्द गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट पुगेको हो।  टिकटक बन्दविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट पुगिसकेकाे सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए। उनकाअनुसार हाल ती रिटहरु अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन कुन रिट दर्ता हुने भन्ने सम्बनधमा निर्णय हुनेछ। गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

Read More

धनगढी: कैलालीको धनगढीकी सरिता(नाम परिवर्तन) गत माघमा आफ्नो काममा निस्किइन्। उनलाई बाटोमा एक अन्जान व्यक्तिले रोके। आफ्नो नाम मनोज कुँवर बताउने व्यक्तिले सरितालाई ‘तपाईंको श्रीमान् र मेरो बहिनीको अफेयर चलेको छ’ भनेर सुनाए। उनले दुवैजना टिकटकमा कुराकानी गर्ने र उनीहरुको मेसेज आफूसँग रहेको बताए। त्यो सुनेपछि सरिता छक्क परिन्। श्रीमानको बारेमा त्यस्तो नानाथरी कुरा सुन्दा उनलाई विश्वास लागेन। अर्को दिनको भेटमा मनोजले सरिताका श्रीमान् र आफ्नी बहिनी भनिएकी युवती मनिषा(नाम परिवर्तन) मो मेसेज देखाए। तर, उनले भनेजस्तै अफेयर पुष्टि हुने खालका कुराकानी भने ती मेसेजमा थिएनन्। सरिताले उक्त कुरा आफ्ना श्रीमानलाई सुनाइन्। श्रीमानले आफूहरुको बीचमा त्यस्तो केही नरहेको तथा ती…

Read More

कञ्चनपुरः कञ्चनपुरको एक गोठमा आगलागी भएको छ। शुक्लाफाटा नगरपालिका–१० टोटि बस्ने ६९ वर्षीय रमेश कामीको भान्सा घरसँगै जोडिएको गोठमा बुधबार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। आगलागी हुँदा भान्सा घर तथा गोठ र सोही ठाउँका ५० वर्षीय तिर्थ कामीको गोठसँगै राखिएको ३ बिगाह जमिनको पराल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट दुवै जनाको गरी करिब ३ लाख रूपैयाँ बरारबरको धनमाल नष्ट भएको छ।

Read More