Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : बर्दियामा एक युवकको हत्या भएको घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। लक्ष्मी पूजाको राति गुलरिया नगरपालिका-६ का २३ वर्षीय वरुण घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरिएको बर्दियाका एसपी सुधिरराज शाहीले जानकारी दिए। घटनामा संलग्न ३ जना अझै फरार रहेको र उनीहरूको खोजी भइरहेको उनले जानकारी दिए। प्रहरीले पक्राउ पर्नेको नाम भने गोप्य राखेको छ।

Read More

काठमाडौं : फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल आज राति ९ बजे सुरु हुनेछ। नेपाल रहेको समूहमा यूएईका साथै बहराइन र यमन रहेका छन्। वरीयताका आधारमा यूएई बलियो टोली हो। नेपालको दोस्रो खेल भने मंसिर ५ गते घरेलु मैदान दशरथ रंगशालामा हुनेछ। अबको आठ महिनामा नेपालले छनोटका ६ खेल खेल्नेछ र एक प्रकारले राष्ट्रिय टिम ब्यस्त जस्तै हुनेछ। पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो। लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २-१ ले विजयी हुँदै दोस्रो चरणको यात्रा तय गरेको हो।

Read More

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा बिहीबार अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दैछन्।  यी दुई टोलीबीचको खेल भारतको कोलकातास्थित इडेन गार्डेन मैदानमा दिउँसो सवा २ बजे शुुरु हुनेछ। आजको विजेता टोलीले फाइनलमा भारतसँगको भेट पक्का गर्नेछ। अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच भएका पछिल्ला पाँच एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले ४ खेल जितेको छ भने अस्ट्रेलियाले एक मात्र जितेको छ। यसअघि गएराति सकिएको खेलमा भारतले न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ। भारत जारी प्रतियोगितामा अपराजित रहँदै उपाधि नजिक पुगेको हो।

Read More

काठमाडौँ : जिल्ला कारागार सिन्धुलीमा एक जना कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–१० घर भएका विमल मगर छन्। ३० वर्षीय विमलको शव पोस्टमार्टमका लागी सिन्धुली अस्पतालमा राखिएको सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए। भाइटिकाको दिन कारागार परिसरमा देउसी खेलेर उनी सुतेका थिए। राति अचानक उनले छाती दुःखेको अन्य कैदीबन्दीहरुलाई बताएका थिए। स्कुलको गाडी चालक विमल सवारी ज्यान मुद्दामा भदौ २२ मा पक्राउ परेका हुन्। सिन्धुली जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको एसपी सिलवालले जानकारी दिए।

Read More

काठमाडौं : बाबर आजमले तीनवटै फर्म्याटको कप्तानीबाट राजीनामा दिएलगत्तै पाकिस्तानले शाहिन शाह अफ्रिदीलाई टी-२० क्रिकेटको नयाँ कप्तान र शान मसुदलाई टेस्ट कप्तान नियुक्त गरेको छ। निकट भविष्यमा कुनै एकदिवसीय खेल तालिका नभएकोले पीसीबीले अहिलेसम्म ओडीआई कप्तानको नाम तोकेको छैन। मसूदको जसले एक दशकअघि आफ्नो टेस्ट डेब्यू गरेका थिए। तर, केही वर्ष उनी टिममा परेका थिएनन्। पछिल्लो पटक श्रीलंकाविरुद्ध खेलेका उनले ३० टेस्ट खेलेका छन्। यता २३ वर्षीय अफ्रिदीले अष्ट्रेलियामा हुने टेष्टपछि पाकिस्तान पाँचवटा टी–२० खेल्न न्यूजिल्याण्ड जादा टिमको कप्तानी गर्नेछन्। जुन २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपका लागि उनका लागि कप्तानका लागि अनुभवी हुन ६ महिना समय हुनेछ।

Read More

अछाम: अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। भने, चारजना घाइते भएका छन्। कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ह ५५४५ नम्बरको टेम्पो गएराति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका टेम्पोचालक कमलबजार नगरपालिका– ४ का दीपक बोहाेरा र वडा नम्बर २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मंगलसेन ल्याउने क्रममा बीचबाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। दुर्घटनामा परी कमलबजार– ४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा, वडा नम्बर ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन्। उनीहरूको कमलबजार स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

Read More

अछामः अछामको पञ्चदेवल बिनायक नगरपालिकाकी महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख भावना कुमारी शर्माको निधन भएको छ। उपचारको क्रममा काठमाडौंको ब्लड हस्पिलमा बुधवार बिहान उनको निधन भएको नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेले जानकारी दिइन्। पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर–३ घर भएकी शर्मा नगरपालिकामा विगत ५ वर्षदेखि महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुखका रूपमा कार्यरत थिइन्। मृतक शर्माको श्रीमान र एक छोरा छन्।

Read More

धनगढीः कैलालीमा युवतीको बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–३ ढुंगे बजारकी मानसिक सन्तुलन ठिक नभएकी ३० वर्षीया एक युवतीलाई करणी गरेको आरोपमा स्थानीय ४५ वर्षीय प्रकाश जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ती युवतीलाई घरमा कोही नभएको मौका छोपी बुधवार साँझ करिब ६ बजे जैसीले करणी गरेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएपछि प्रहरी निरीक्षक हरीराम डाँगीको नेतृत्वमा खटिएको टोलीले जैसीलाई पक्राउ गरेको छ।

Read More

बाजुराः बाजुरामा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। जिल्लाको मार्तडीमा सुदूरपश्चिम प्रदेश ०१००१ स ७४५२ नम्बरको अटो दुर्घटना भएको हो। अटोमा ६ जना सवार रहेकामा पाँच जना घाइते भएका हुन्। घाइते हुनेमा ३४ वर्षकी तुलसी कटुवाल, उनी छोरी १० वर्षकी सृष्टि कटुवाल, २४ वर्षकी राधीका बोहरा थापा, उनका छोरा आयुष बोहरा र १६ वर्षका विशाल कटुवाल रहेका छन्। घाइते पाँचै जनाको बाजुरा जिल्ला अस्पतालमा उपचार भएको छ। अटोमा सवार सबै जना भाइटीकाका लागि माइतीघर जानेहरु नै थिए। मार्तडीदेखि जडागा तर्फजाँदै गर्दा बाजुरा जिल्ला अस्पतालको मोडमा अटो अनियन्त्रित भएर दुर्घटना भएको बाजुरा प्रहरीले बताएको छ।

Read More

अछाम : अछाममा श्रीमतीको हत्याको गरेको अभियोग श्रीमान पक्राउ परेका छन्। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ३ लाछिमानाकी ४० वर्षीया उर्मिला विष्ट भण्डारीको हत्या गरेको अभियोगमा उनका श्रीमान शेरबहादुर भण्डारी पक्राउ परेका हुन्। प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा कुटपिट भएको, टाउको र शरीरमा चोट लागेको छ। घटनाबारे प्रहरीलाई बुधवार बिहान साढे १० बजे मात्रै खबर भएको थियो। विष्टका श्रीमान शेर भण्डारीले मदिरा सेवन गरेका थिए। उनले मदिरा सेवन गरि हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ। महिलाको पोस्टमार्टम रिपोर्ट आउन बाकी रहेको छ।

Read More