Author: Nisha Shrestha

विराटनगर– अरुलाई गरिब बनाएर आफू धनी बन्ने मिटरब्याजी मोरङमा पनि देखा परेका छन् । मिटरब्याजीका कारण देशभरका पीडितको समस्यालाई सम्बोधन गर्ने हिसाबले गृह मन्त्रालयले आ- आफ्ना जिल्लामा प्रशासन कार्यालय उजुरी दर्ता गर्न सूचना जारी गरेपछि मोरङमा यही भदौ ५ गतेसम्म ३७ जनाले उजुरी गरेको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए । ग्रामीण क्षेत्र धनपालथान र जहदा गाउँपालिका, रङ्गेली र सुन्दरहरैचा नगरपालिका सहित विराटनगर महानगरपालिकाबाट आएका उजुरीअनुसार ऋणीले ऋण तिर्दा पनि जग्गा फिर्ता नगरेको गुनासोसहितका उजुरी परेको बताइएको छ । सयकडा तीनदेखि पाँचसम्म मासिक ब्याज लिने गरेको मिटरब्याजीका कारण धेरै मानिस घरबारविहीन बनेका छन् भने भएका सम्पत्ति पनि मिटरब्याजीले कब्जा गर्ने गरेका छन् । ऋणीहरू एक लाखदेखि रु पाँच लाखसम्म ऋण लिएको र…

Read More

काठमाडौं – प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले साइबर अपराधका मुद्दा दर्ता काठमाडौँ जिल्ला अदालतमा सीमित रहेको र यसलाई कम्तीमा प्रदेश तहमा विस्तार गर्न माग गरेका छन् । साइबर अपराधबाट पीडितका मुद्दा काठमाडौँ अदालतमा सीमित हुँदा पीडितलाई झन् बढी सास्ती भएको उनले बताए । नेपाल प्रहरीले आयोजना गरेको उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी उद्घाटन कार्यक्रममा आइजिपी सिंहले साइबर अपराधका मुद्दा हरेक प्रदेशका कम्तीमा एक–एक जिल्लामा छुट्टै इजलास तोक्ने गरी पहल गर्न सरकारसँग आग्रह गरे । काठमाडौँमा यस्ता मुद्दा सीमित गर्दा पीडितलाई समय र खर्च पनि बढी लाग्ने गरेको उनले बताए ।

Read More

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सुनधारास्थित काठमाडौँ मलमा बनेको अनधिकृत संरचना हटाएको छ । बुधबार बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो । काठमाडौँ उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि सो स्थानमा पुगेको छ । यस्तै महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडी समेत डोजर चलाएको छ । काठमाडौँ मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएको महानगरपालिकाले अहिले खिचापोखरी क्षेत्रका संरचना भत्काउन थालेको हो । महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ ।

Read More

धनगढी – नेपाली काँग्रेसले पूर्वराज्यमन्त्री तथा तत्कालीन महासमिति सदस्य पुष्करनाथ ओझालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासित गरेको दुई वर्ष पुगिसकेको छ । ०७० सालको उपनिर्वाचनमा विजयी भएका ओझा त्यसपछि ०७४ सालको निर्वाचनमा शेरबहादुर देउवाले टिकट नदिएपछि रुष्ट थिए । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा देउवा पत्नी आरजुलाई टिकट दिइयो। पार्टीको निर्णयमा असन्तुष्ट बनेका ओझा निर्वाचनमा आरजुुको प्रचारमा गएनन्। कैलाली ५ बाट तत्कालीन नेकपाका उम्मेदवार नारदमुनी राना विजयी भए । त्यसपछि आरजुलाई चुनाव हराउन तत्कालीन नेकपालाई सहयोग गरेको आरोप ओझालाई लागेको थियो। सोही क्रममा ०७७ साउनमा उनलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासित गरिएको थियो । ०७४ सालको निर्वाचनदेखि नै उनी…

Read More

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेर ९५ हजार तीन सय रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार एक सय ६५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

Read More

अछाम – बलात्कारको अभियोगमा जेल भुक्तान सुरु गरेको ७ दिन नपुग्दै एक कैदीको मृत्यु भएको छ । जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका मंगलसेन नगरपालिका-५ का बेदराज भाटको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टका अनुसार शरीर चिथोर्ने, चिच्याउने, कराउने गर्न थाले पछि सेती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएका भाटको उपचारको क्रममा मृत्यु भएको हो। जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत अछामले भाटलाई १० वर्ष ३ महिना ८ दिनको कैद सजायको फैसला गरेको थियो । जसअनुसार २ भदौमा उनी जेल चलान भएका थिए ।

Read More

काठमाडौं – नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा केही समस्या देखिएपछि हिजो ‌(मङ्गलवार) हेम्स हस्पिटलमा स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । उनी अहिले निवासमै आइसोलेसनमा रहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

Read More

लमजुङ – लमजुङमा बालबालिकाहरुलाई कोभिड ५–१९ विरुद्धको फाइजर खोप लगाउन सुरु भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका आठ वटै स्थानीय तहका ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियान सुरु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय लमजुङका अनुसार खोप अभियानका लागि जिल्लाभर ३७० खोप केन्द्र तोकिएको छ । उक्त खोप केन्द्रमार्फत् बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा लगाइएको छ । खोप अभियानअन्तर्गत ७ गते मंगलबारदेखि १० गतेसम्म विद्यालयमा खोप सेवा प्रदान गरिनेछ । विद्यालय बाहिर रहेका तथा खोप लगाउन छुटेका बाललबालिकालाई ११ र १२ गते वडावडामा रहेको स्वास्थ्य संस्थामार्फत खोप सेवा प्रदान गरिने जिल्ला स्वास्थ्य…

Read More

काठमाडौं – भारतीय कलाकार अभिताभ बच्चन पुनः कोरोना संक्रमित भएका छन । कोरोनाको पहिलो लहरमा पनि संक्रमित भएका बच्चनले आफू फेरि संक्रमित भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन । आफूसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन । बच्चन हाल ‘कौन बनेगा करोडपती’को सञ्चालन गरिरहेका छन । उनी संक्रमित भएसँगै यस कार्यक्रमको छायांकन प्रभावित बनेको छ ।

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्। ओली केहीबेरअघि बालुवाटार पुगेका हुन्। प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री देउवा र ओलीबीच पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ।

Read More