काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सुनधारास्थित काठमाडौँ मलमा बनेको अनधिकृत संरचना हटाएको छ ।
बुधबार बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि सो स्थानमा पुगेको छ ।
यस्तै महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडी समेत डोजर चलाएको छ ।
काठमाडौँ मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएको महानगरपालिकाले अहिले खिचापोखरी क्षेत्रका संरचना भत्काउन थालेको हो ।
महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ ।
Facebook Comments Box