Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : अक्टोबर महिनामा नेपालमा सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा एक लाख १७ हजार ३०६ पर्यटक नेपाल आएका छन् । एक महिनामा नेपाल भित्रिएको पर्यटक इतिहासकै सबैभन्दा धेरै हो । यसअघि सन् २०१९ को अक्टोबरमा एक लाख १३ हजार ८१६ पर्यटक नेपाल आएका थिए । विश्वभर फैलिएको कोरोना महामारीका कारण सन् २०२० को अक्टोबरमा एक हजार ८३१ पर्यटक नेपाल आएका थिए । २०२१ को अक्टोबरमा १५ हजार ७१५ र सन् २०२२ को अक्टोबरमा ५२ हजार १२१ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । बोर्डको तथ्यांक हेर्दा पर्यटक आगमनमा उत्साहजनक देखिएको…

Read More

सोलुखुम्बु : सगरमाथा क्षेत्रको भ्रमणमा आएका एक कोरियन नागरिक बाथरुममा मृत भेटिएका छन् । कोरियाका २९ वर्षीय वोङ् ह्याङ ग्याङ खुम्बु पासङ ल्हामु गाउँपालिका-४ स्थित गोक्यो रिसोर्टको बाथरुममा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार रिसोर्टमा बास बसेका ग्याङ मंगलबार राति मृत भेटिएका हुन् । उनको शव पोष्टमार्टमका लागि हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । ग्याङ गत असोज ३० गते सगरमाथा क्षेत्र भ्रमणका लागि खुम्बु आएको बताइएको छ ।

Read More

बैतडी : नेपाल बिद्युत प्राधिकरणलाई महसुल नबुझाउने पाटन नगरपालिका बैतडीको लाईन काटिएको छ । नेपाल बिद्युत प्राधिकरण विवरण केन्द्र पाटनले बिद्युत महसुल वापतको रकम नगरपालिका ४ महिना भन्दा बढी समयको भूक्तानी नगरेकाले मिटरको लाइन काटिएको जनाएको छ । प्राधिकरण विवरण केन्द्र पाटनले नगरपालिकाको एकिकृत हल, पालिकाबाट टाढा रहेको कृषि शाखा, प्रमुख प्रशासकिय अधिकृतसहितका कर्मचारी बस्ने निवासको लाईन काटेको जनाएको छ ।

Read More

काठमाडौं : सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकले प्राविधिक तर्फको सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि दुई जनाको सिफारिस गरेको छ । सशस्त्र प्रहरी कार्यालयका अनुसार प्राविधिक समूह स्वास्थ्यतर्फ एसएसपीका लागि डा. शैलेन्द्र कुमार दुवाल श्रेष्ठ र डा. महेन्द्रराज श्रेष्ठको बढुवाका लागि सिफारिस गरेको छ । त्यस्तै प्राविधिककै सञ्चार तथा इन्जिनिरिङतर्फको एसएसपीका लागि ई. नानीराम हुमागाईंको सिफारिस गरिएको छ । सो सिफारिसविरुद्ध चित्त नबुझे २१ गतेभित्र उजुरी दिन सकिने समेत सशस्त्रले जनाएको छ ।

Read More

काठमाडौं : भोलि बिहीबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुने नियम छ । यसैअनुसार बिहीबारदेखि विहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे बन्द हुने छ । अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने गर्छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ ।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलहरुबीच समझदारी बनेको बताएका छन् । एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले बुधबार बिहान काँग्रेस सभापति र एमाले अध्यक्षसँग भएको भेटमा संक्रमणकालीन न्याय कानुनमा चाँडो टुङ्गिने बताए । ‘काँग्रेस सभापति, एमाले अध्यक्ष र म बसेका थियौँ, एउटा अन्डरस्ट्यान्डिङ बनेको छ यो विषय छिट्टै टुंगिन्छ, ’ प्रधानमन्त्री दाहालले भने । प्रधानमन्त्री दाहालले पीडितलाई केन्द्रमा राखेर नै कानुन निर्माण हुने बताए । ‘हामीले पीडितकेन्द्रित भएर कानुन बन्ने भनेर पटक-पटक भन्दै आएका छौँ । विधेयकमा पनि त्यही छ, ‘उनले भने, ‘मैले जहिल्यै पनि दलहरुलाई एकै स्थानमा ल्याउन पहल गरेको छु ।…

Read More

बैतडी : भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बन्द हुने समय फेरिएको छ। यसअघि साँझ सवा ७ बजे बन्द हुँदै आएको नाका आजदेखि साँझ सवा ६ बजे बन्द हुने भएको हो। केही महिना पहिला बसेको सीमा समन्वय समितिको बैठकले शीतकालिन समयमा साँझ सवा ६ बजे नाका बन्द गर्ने सहमति गरेकाले सोही अनुसार आजदेखि सो निर्णय कार्यान्वयनमा आएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । सीडीओ पन्थीका अनुसार नोभेम्बर १ तारिखदेखि फेब्रुअरी मसान्तसम्म झुलाघाट नाका बिहान सवा ६ बजे खुल्ने र साँझ सवा ६ बजे बन्द हुने छ। ग्रीष्मकालिन समयमा भने नाका बिहान सवा ६ बजे खुल्ने र साँझ सवा…

Read More

काठमाडौं : संविधान दिवसको दिन राष्ट्रपति रामवरण यादवबाट आममाफी पाएका गुण्डा नाइके रिगल भनिने योगबहादुर ढकालविरूद्धको मुद्दामा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउने भएको छ। कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले भोलि बिहीबारलाई निर्णय सुनाउने दिन तोकेको हो। ‘आज दुबै पक्षको बहस सकिएपछि इजलासले भोलिलाई निर्णय सुनाउने दिन तोकेको छ सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए। चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले सरकारबाट आममाफी पाएका थिए। आममाफी पाएर रिगल संविधान दिवसको दिन छुटेका थिए।त्‍यस निर्णयविरूद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्। २०७२ असार २८ गते…

Read More

डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका–२ बिरखमस्थित आधारभुत स्वास्थ्य केन्द्रमा निःशुल्क दन्त शिविर आयोजना गरिएको छ। डडेल्धुरा जेसीजले जेसीज सप्ताह कार्यक्रम अन्र्तगत बुधबार आधारभुत स्वास्थ्य केन्द्र बिरखममा निःशुल्क दन्त शिविर आयोजना गरेको हो। डडेल्धुरा जेसीजको आयोजना, शिखर डेन्टल केयरको सहयोग तथा आधारभुत स्वास्थ्य केन्द्र, बिरखमको सहकार्यमा निःशुल्क दन्त शिविर आयोजना गरिएको जेसीज वर्ष २०२३ का अध्यक्ष भोजराज अवस्थीले जानकारी दिए। उनले निःशुल्क दन्त शिविरबाट ३४ जना दाँत तथा गीजा सम्बन्धि समस्या भएका बिरामीहरुले सेवा लिएको बताए।

Read More

बारा : कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक रुपेश सर्राफको हत्यामा आठ जना व्यक्ति प्रत्यक्ष संलग्न रहेकामध्ये प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। कलैया भरतचोक नजिकै सोमबार दिउँसो निजी विद्यालयका सञ्चालक सर्राफको हत्यामा संलग्न ५ जनालाई बुधबार बारा प्रहरीले सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा कलैया उपमहानगर पालिका २ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह रहेकोे प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए। मुख्य अभियुक्त एवम् योजनाकार मनोज गुप्ता भने, भारतमा फरार रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफले अनुसार सर्राफ हत्या प्रकरण एक महिलाको रिसइवीका कारण हुन…

Read More