Author: महेन्द्रनगर पोष्ट

कैलाली: घरेलु मदिरा(लोक्कल ठर्रा) नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय कैलालीले स्वीप अप्रेशन चलाएको छ। घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण रोक्ने उद्देश्यले सञ्चालित स्वीप अप्रेशन अन्तर्गत मंगलबार साँझ धनगढी उपमहानगरपालिका– २ बाट प्रहरीको टोलीले ढाई हजार लिटर घरेलु मदिरा बरामद गरेर जष्ट गरेको छ। साथै मदिरा बनाउन प्रयोग हुने कच्चापदार्थ र भाडाकुँडा समेत बरामद गरेको प्रहीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी निरीक्षक सन्तोष बस्यालको नेतृत्वमा खटिएको १५ जना प्रहरीको टोलीले अवैध रुपमा बनाइएको घरेलु रक्सी र भाडाकुँडा बरामद गरेको हो

Read More

डडेल्धुरा : डडेल्धुरामा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ। हिजो मंगलबार दिउँसो भीमदत्त राजमार्ग अन्तरगत आलिताल गाउँपालिका–१ गांखेतमा भात्काँडाबाट बुडरतर्फ जाँदै गरेको यूके०६बीसी २११२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ ऐरीछाना निवासी अन्दाजी ५४ वर्षीय शम्भुसिंह धामीको मृत्यु भएको हो। नेपाल प्रहरीका पूर्व प्रहरी नायव निरीक्षक(सई) समेत रहेका धामीले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। अनियन्त्रित भएको मोटरसाइकल विपरित दिशातर्फबाट आउँदै गरेको बैतडी सुर्नाया गाउँपालिका–२ बस्ने ३५ वर्षीय कृष्ण विष्टले चलाएको सुुपप्र०१००१च २९५५ नम्बरको कारमासमेत ठोक्किएको ट्राफिक कार्यालय अत्तिरियाले जनाएको छ। दुर्घटनामा घाइते भएका धामीको टाउकोमा चोट लागेकोमा उनलाई उपचारका लागि धगगढीस्थित…

Read More

काठमाडौं । सरकारले २१ थरी वन्यजन्तु घरमै पालन गर्न खुला गर्दै कानुन लागु गरेको दुई महिना भइसकेको छ । तर अहिलेसम्म यस विषयमा चासो राख्दै घरमै वन्यजन्तु पालन गर्न सरोकारवाला निकायमा एक जनाले पनि निवेदन दिएका छैनन् । व्यावसायिक रूपमा वन्यजन्तुको पालन, प्रजनन् र उपयोग गर्दै वन्यजन्तुको दिगो संरक्षण तथा प्रयोगबाट आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले वन तथा वातावरण मन्त्रालयले यही भदौ १८ गते व्यावसायिक रूपमा वन्यजन्तुको पालन, प्रजनन तथा उपयोगसम्बन्धी मापदण्ड, २०८० पास गरेको थियो ।   राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६८ मा टेकेर उक्त मापदण्ड पास गरिएको थियो । मापदण्डअनुसार अब देखि २१ थरी वन्यजन्तु व्यावसायिक रूपमा…

Read More

धनगढीः कैलालीस्थित धनगढीबाट लागुऔषध सेवन गरेर मोटरसाइकल चलाउने पक्राउ परेका छन्। पक्राउ पर्नेमा १९ वर्षीय अरुण चौधरी र मुकेश जोशी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीले जनाएको छ। उनीहरूलाई मङ्गलवार धनगढी उपमहानगरपालिका वडा नम्बर १ वडा प्रहरी कार्यालय नजिकबाट पक्राउ गरिएको हो। हेल्मेट नलगाएर सुदूरपश्चिम प्रदेश ०१–००९ प १२८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूको लागुऔषध सेवनको परीक्षण गरिएको थियो। दुवैमाथि थप अनुसन्धान भइरहेको ट्राफिक कार्यालयले जनाएको छ।

Read More

कैलाली: कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गएराति ९ बजेको समयमा गोदावरी नगरपालिका –६ खैरेनापुल नजिकै पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सुपप्र ०१०११ प ४९४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गोदावरी नगरपालिका–४ का २६ वर्षीय राजु चौधरीको मृत्यु भएको हो। टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा राति ९ :४५ बजेको समयमा मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ। शव पोष्टमार्टमकालागि सेती प्रादेशीक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। राति भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।

Read More

धनगढीः कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय व्यवसायीको मृत्यु भएको छ। जिल्ला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने नेपाली सेनाको अर्जुनी ब्यारेक नजिक मोटरसाइकल दुर्घटना हुँदा भारतीय व्यवसायी रोहित अग्रवालको मृत्यु भएको हो। मङ्गलवार साँझ यूके ०३ डी ५९५६ नम्बरको मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका भारतको वनवासका व्यवसायी अग्रवालको उपचारको क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले बताएको छ। साइकलमा सवार शुक्लाफाँटा–५ का रमेश पाललाई बचाउन खोज्दा दुर्घटना भएको थियो। घाइते अग्रवालको महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

Read More

बझाङ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूकम्पबाट प्रभावित बनेका बझाङवासीलाई राहतका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् । आज (मंगलबार) उनीसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट र सुरक्षा निकायका प्रमुखसहितको टोलीले भूकम्पबाट बढी प्रभावित विभिन्न पालिका पुगेर स्थलगत अनुगमनको क्रममा शाहले यस्तो बताएका हुन् । टोलीले स्थानीका घरमै पुगेर दुःख सुन्नुका साथै क्षति भएका भौतिक संरचना हेरेको थियो । स्थानीयसँगको भेटमा मुख्यमन्त्री शाहले घाइतेको उपचार, राहत र भौतिक संरचना निर्माणका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताएका थिए । उनले स्थलगत अनुगमन सकिएपछि चाँडै राहत घोषणा गर्ने प्रतिवद्धता समेत जनाए । मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु…

Read More

धनगढी : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने नेपाली सेनाको अर्जुनी ब्यारेक नजिक मोटरसाइकल दुर्घटना हुँदा भारतीय व्यवसायी रोहित अग्रवाल गम्भीर घाइते भएका छन् । यूके ०३डी ५९५६ नम्बरको मोटरसाइकल मंगलबार साँझ दुर्घटना हुँदा भारतको वनवसाका व्यवसायी अग्रवाल गम्भीर घाइते भएका ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरले जानकारी दिए । साइकललाई जोगाउने क्रममा दुर्घटना भएको बताइएको छ । घाइते अग्रवालको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

Read More

काठमाडौं : काठमाडौंमा नौ जना कलाकार जुवाखालबाट पक्राउ परेको खुलेको छ। शनिबार उनीहरूलाई मैतिदेवीको एक डान्सबारमा जुवा खेलिरहेको अवस्था प्रहरी वृत्त अनामनगरले सञ्चालक गजित बिष्टसहितलाई पक्राउ गरेको हो। बिष्ट नृत्य निर्देशकका साथै कलाकार पनि हुन्। जुवाखालबाट पक्राउ पर्नेहरुमा शंकर आचार्य, इकु सुलेमान (सुलेमान शंकर), नरेन्द्र बिष्ट, रोशन सिंह, चक्र बम, साहिन मगर, सुरेन्द्र पाल र घनश्याम अधिकारी छन्। जुवाखालबाट प्रहरीले एक लाख रकम भन्दा धेरै बरामद गरेको जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले बताए। पक्राउ परेकालाई थुनामा राखेर प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ।

Read More