Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल आयल निगमले डिजेलको मूल्य घटाएको छ । निगमका अनुसार मट्टितेल र डिजेलमा प्रतिलिटर चार रूपैयाँले घटेको छ भने पेट्रोलको भने यथावत रहेको छ ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा एन्टिबायोटिकको जथाभावी प्रयोग बढेको बताइएको छ। प्रदेशमा ९ ओटा जिल्ला रहेकोमा सबै जिल्लामा एन्टिबायोटिकको जथाभावी प्रयोगमा वृद्धि भैरहेको बताइएको हो। चिकित्सकहरुले चिकित्सकीय परामर्श बिना जथाभावी एन्टिबायोटिकको प्रयोग बढ्नुलाई चिन्ताजनक मानेका छन्। जसले गर्दा जनस्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन्। प्रदेशकै रेफरल अस्पतालका रुपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसमेत रहेका डा. शेरबहादुर कमरले पहिल्यैदेखि सुदूरपश्चिममा एन्टिबायोटिकको जथाभावी प्रयोग बढ्दो रहेकोमा अहिले यो विषयमा स्पष्ट रुपमा उजागर भएको बताए। उनका अनुसार एन्टिबायोटिकको इर्यासनल युज बढ्दा पछिल्लो समय मानिसमा रोग प्रतिरोधात्मक क्षमता घट्दै गएको र किटाणुहरु बलियो हुँदै गएकाले सो विषय अहिले…

Read More

चितवन : डाँका मुद्दामा ९ वर्षको कैद भुक्तान पुरा नहुँदै गत जेठ १५ गते राष्ट्रपतिबाट आममाफी पाएका एक व्यक्ति चितवनमा अपहरण तथा ज्यान मार्ने धम्कीको अभियोगमा पक्राउ परेका छन् । मकवानपुरको हेटौँडा महानगरपालिका २ घर भएका ५५ वर्षका रामचन्द्र थापालाई चितवन प्रहरीले सोमबार पक्राउ गरेको हो । थापाले भरतपुर महानगरपालिका–१ का सोमराज सुवेदीलाई फोन गरी गत बुधवार २५ लाख नदिए छोराको हत्या गर्ने धम्की दिएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार थापाले पटक पटक फोन गरी पैसा नदिए विद्यालय गएको समयमा छोराको हत्या गर्ने धम्की दिएपछि चितवन प्रहरीमा सुवेदीले जाहेरी दिएका थिए । उनले…

Read More

काठमाडौँ : सन् २०३४ मा हुने फिफा विश्वकप साउदी अरबले आयोजना गर्ने भएको छ। अष्ट्रेलियापछि हटेपछि साउदी अरबले प्रतियोगिता आयोजना गर्ने पक्का भएको हो। गत वर्षमात्र एसियाली राष्ट्रका रूपमा कतारले विश्वकप आयोजना गरेको थियो। आगामी विश्वकप सन् २०२६ मा क्यानडा, मेक्सिको र अमेरिकाले आयोजना गर्दैछन् । मोरक्को, पोर्चुगल र स्पेनले सन् २०३० को विश्वकप आयोजना गर्नेछन्। त्यसपछिको विश्वकप साउदी अरबले आयोजना गर्ने छ। विश्वकप हरेक चार वर्षमा आयोजना हुन्छ।

Read More

कैलाली : लागु औषध (खैरो हेरोईन) सहित १ जना भारतिय नागरिक पक्राउ परेका छन् । मंगलवार (आज) दिउसो जिल्लाकाे टीकापुर नगरपालिका वडा नं.८ खक्रौलाबाट लागु औषध (खैरो हेरोईन) सहित भारतिय नागरिक प्रेम सिंहलाइ प्रहरी पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टीकापुर कैलाली बाट सादा पोशाकमा खटिएको प्रहरी टोली र प्रहरी चौकी कालाकुण्डा कैलाली बाट प्र.ना.नि. राजेन्द्र बहादुर कुमालको कमाण्डमा खटिएको प्रहरी टोलीले लखिमपुर जिल्ला, खिरी तिकुनिया ठाना ईन्द्रनगर (भारत) बस्ने सिंहलाई पक्राउ गरेका हुन् । सिंहले चलाएको UP 31BY 2728 नं.को मोटरसाईकल माथि प्रहरीलाई शंका लागेपछि चेकजाच गर्दा सिंहको साथ बाट लागु औषध खैरो हेरोईन फेला परेको थियो ।…

Read More

कञ्चनपुरः कञ्चनपुरबाट ७ जना जना जुवाडे पक्राउ परेका छन्। मंगलबार बिहान जिल्लाको बेलौरी नगरपालिका–७ फगतपुरस्थित राजु चौधरीको नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा चौधरीसहित ७ जना जुवाडे पक्राउ परेका हुन्। उनीहरु जुवाखालबाटै पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले नगद ११ हजार ५ सय ८० रूपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो। घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संक्रमणकालीन न्याय सजिलो विषय नभएको बताएका छन् । उनले नेपालले लामो समयको प्रयासपछि संक्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्न लागिरहेको उल्लेख गर्दै यसले नेपालको दिगो शान्ति र विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए । नेपालमा भ्रमणमा आएका गुटेरेसले मंगलबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै अल्पविकसितको अवस्थाबाट अघि बढ्न लागेकोमा त्यसका लागि नेपाललाई संयुक्त राष्ट्रसङ्घको समर्थन र सहयोग रहने बताए । उनले समावेशी र पीडित केन्द्रित भएर मात्रै संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन सकिने बताए । संयुक्त राष्ट्रसङ्घ र नेपाल पुराना मित्र भएको भन्दै महासचिव गुटेरेसले दुईबीचको सहकार्य गहन…

Read More

काठमाडौँ: संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालले तीस वर्षको अवधिमा आफ्नो हिमनदीको झन्डै एक तिहाइ गुमाएको बताएका छन् । नेपालको चार दिने भ्रमणमा रहेका महासचिव गुटेरेसले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्याबारे उल्लेख गरेका हुन् । ‘प्रभाव विनाशकारी छ ।पानीले भरिएका ताल फुट्दै छन् । नदी र समुद्रको पानी बढ्दै छ । संस्कृतिहरूले चुनौतीका सामना गरिरहेका छन् । पहाडहरू जोखिममा छन् र चट्टान, पहिरो तथा हिमपहिरोको जोखिम बढ्दो छ, ’महासचिव गुटेरेसले भने । हिमालयका नदीहरूले एक अर्बभन्दा बढी मानिसलाई स्वच्छ पानी प्रदान गरिरहेको उल्लेख गर्दै ती जसरी संकुचित हुन्छन् त्यसरी नै नदीहरू बग्ने बताए ।…

Read More

काठमाडौं : नेपाली सेनाविरूद्ध घृणा फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन्। झापा दमक नगरपालिका वडा नम्बर ५ का ४६ वर्षीय खनाललाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए। सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै सेनाले साइबर ब्युरोलाई पत्र लेखेको थियो। उनी सोही पत्रको आधारमा पक्राउ परेका हुन्। उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसुरमा थप अनुसन्धानको लागि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेको छ। डिल्लीराम यसअघि कलाकार करिष्मा मानन्धरको चरित्रहत्या गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका थिए।

Read More

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका गुटेरेसलाई गृहमन्त्री श्रेष्ठले आज दिउँसो गृह मन्त्रालयमा स्वागत गरेका हुन् । भेटमा जलवायु परिवर्तन, एसडीजी, राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपालको भूमिकालगायतका नेपाल-संयुक्त राष्ट्रसङ्घीय साझेदारीका विविध विषयमा छलफल भएको जनाइएको छ ।

Read More