Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपालकी मेनुका पौडेलले भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १४’ मा आफ्नो प्रस्तुति दिएकी छन्। उनले ‘तुम्हारे बिना हमारे कोनो नहीँ’ बोलको गीत गाएकी थिइन्। उनले गीत गाउँदा शोका निर्णायक कुमार सानु, विशाल ददलानी र श्रेया घोषाल भावुक भएका थिए। तीनै जना निर्णायकबाट ‘स्ट्यान्डिङ ओभेसन’ पाएकी मेनुकाले ‘गोल्डेन माइक’ समेत जितेकी छन्। उनको प्रस्तुतिले यतिबेला सामाजिक सञ्जालमा तारिफ बटुलिरहेको छ। मेनुकाले ‘नेपाल आइडल’ र भारतको रियालिटी शो ‘सारेगमप’ मा पनि भाग लिएकी थिइन्। उनी ‘सारेगमप’ को टप ११ बाट बाहिरिएकी थिइन्।

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलले दसैं, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूको परिवारजनलाई लक्षित गरी निःशुल्क रुपमा दुई वटा बस सेवा सञ्चालन गर्ने भएको छ।  चाडपर्वको समयमा घर बिदा जाने सशस्त्र प्रहरी कर्मचारीको आवतजावतमा यातायात सहजताको लागि गत वर्षदेखि सञ्चालन भएको सशस्त्रले निःशुल्क बस सेवाले यस वर्ष पनि निरन्तरता पाउने भएको हो। सशस्त्र प्रहरी प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौं, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कञ्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले…

Read More

काठमाडौं : इजरायलमा १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि भएको छ । तेल अभिभस्थित इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि गरेकी हुन् । इजरायलमा पढ्न गएका उनीहरु सुतिरहेको स्थानमा बम खसेपछि घटना भएको त्यहाँ रहेको नेपालीहरुले जनाएका छन् । यसबारे परराष्ट्र मन्त्रालयले केहीबेरमा जानकारी दिने जनाएको छ ।

Read More

धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर १४का वडा सदस्य मानबहादुर खत्रीको निधन भएको छ । उनको काठमाण्डौको गंगालाल अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको शब धनगढी ल्याईदैछ । दाहसंस्कार भने सोमबार फुलबारीमा गरिने बताईएको छ ।

Read More

कञ्चनपुरः महेन्द्रनगरमा आइतवार सम्पन्न इन्टरनेशनल टी–२० कप क्रिकेटको उपाधि धनगढीको एसपीए कलेजले हात पारेको छ। आइतवार भएको फाइनलमा महेन्द्रनगरको लिटिलबुद्ध एकेडेमीलाई ३ विकेटले पराजित गर्दै एसपीएले उपाधि उचालेको हो।उपाधिसँगै १ लाख नगद हात पार्यो। एसपीएले अपराजित रहदैँ प्रतियोगिताको उपाधि हात पारेको हो। महेन्द्रनगरस्थित क्रिकेट मैदानमा आइतवार सम्पन्न फाइनलमा एसपीएले पाएको ६४ रनको लक्ष्य १३.४ ओभरमा ७ विकेट गुमाएर भेट्टाएको थियो। एसपीएका आशिष लुहारले ६ बलमा १४ रन, विशाल विष्टले ८ र गौरव मल्लले ११ रन जोडे। लिटिलबुद्धका नरेन्द्र ऐडीले ३ विकेट, राजेश ऐरले २ विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको लिटिलबुद्धका लागि पुकार चन्दले २३ र राजेश ऐरले १०…

Read More

काठमाडौं: हुम्लाको सिमकोट गाउँपालिका–५ मा भएको जिप दुर्घटनाका तीन घाइतेलाई हवाई साधनद्वारा उद्धार गरिएको छ । हुम्लाको सिमकोटदेखि ठेहेतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटनामा घाइते भएका पामा लामा, देवजंग बोहरा र ध्रुव शाहीलाई उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

Read More

काठमाडौं : नेपाल प्रहरीले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आज (आइतबार) देखि विशेष सुरक्षा योजना लागू गरेको छ । विशेष सुरक्षा योजनाअन्तर्गत देशभर कुल ५० हजार पाँच सय ३० जना प्रहरीहरू खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। उनका अनुसार विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मध्यनजर राख्दै केन्द्रीय सुरक्षा योजनासहित सबै प्रहरी युनिटले आ–आफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी यसवर्षको दसैँ तिहार सुरक्षा योजनालाई बलियो र मजबुद पारिएको छ । दसैँ तिहारको समयमा नेपाल प्रहरीका गण तथा गुल्ममा रिजर्भमा रहेको फोर्सलाई समेत परिचालन गरिएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए ।…

Read More

काठमाडौं : बर्दिया राजपुर नगरपालिका–७ स्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । हाजिरी गराउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग १४ हजार पाँच सय घुस लिएको आरोपमा प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायविरुद्ध आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। उपाध्यायले सेवाग्राहीलाई जागिरमा बहाल गराउनका लागि घुस माग गरी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको पुष्टि हुन आएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए। प्रवक्ता दाहालका अनुसार १४ हजार पाँच सय बिगो कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षा र चुनौतीको विषयलाई सूक्ष्म अध्ययन गरी आवश्यक रणनीतिसहित अगाडि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौँमा आज सिनं १५का सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले नेपालको संविधान, प्रचलित कानुनको अधिनमा रही सरकारको निर्देशन बमोजिम जनसेवा र सुरक्षामा केन्द्रित हुन सशस्त्र प्रहरीको ध्यानाकर्षण गराए । उनले आगामी दिनमा सूचना प्रविधिको विकासले दिएको अथाह सम्भावनाका साथै निम्त्याएका बहुआयमिक चुनौतीको सामना र सम्बोधन गर्न सङ्गठनले थप प्रभावकारी योजना निर्माण गरी क्षमता अभिवृद्धिमा ध्यान दिन पनि सुझाव दिए । प्रधानमन्त्री दाहालले भने, “एउटा बलियो र सार्वभौम…

Read More

कैलाली : नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेशका इन्चार्ज लेखराज भट्टले पार्टी नेता कार्यकर्ताहरूलाई चिल प्रवृत्ति अपनाउनु पर्ने बताएका छन् । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अधिवेशनमा उनले माथिल्लो तहबाट नियाल्ने गरी चिल प्रवृत्ति अपनाउन नेता कार्यकर्ताहरूलाई सुझाव दिएका हुन् । ‘हाम्रो अध्यक्ष केपी शर्मा ओलीमा चिल प्रवृत्ति छ उहाँले माथिल्लो तहबाट सबै नियालिरहनु भएको छ । यहाँ सबै नेता कार्यकर्ताहरूमा थोरै पनि त्यो गुणलाई समात्ने चिल प्रवृत्ति चाहियो’, उनले भने, ‘कुखुरा जस्तो अरूको शिकार हुने प्रवृत्ति चाहिएको होइन ।’ छलफलबाट सुदूरपश्चिमको भविष्य र पार्टीलाई एकताबद्ध बनाउन सक्ने नेतृत्व आवश्यक रहेको भट्टले बताए । नेतृत्वसँग छलफल गरेर सर्वसम्मत र सही नेतृत्व…

Read More