धनगढीः कैलालीमा ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ।
जिल्लाको गोदावरी नगरपालिका-६ हरैयाको शिवशक्ति बालुवा प्रसोधन केन्द्रमा गिट्टी र बालुवा सफा गरिरहेका बेला चालक गोदावरी नगरपालिका-८ बस्ने १९ वर्षीय दिनेश बुढाको बिहीवार मृत्यु भएको हो।
सुदूरपश्चिम प्रदेश ००–१००२ त ४०२१ नम्बरको ट्याक्टरमा रहेको पानी ट्याङ्कीमा पानीले ट्याक्टरको पछाडीको भाग भारी हुँदा ट्याक्टर अचानक पछाडी सर्दा बुढाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
ट्याक्टरको पछाडी रहेको पानी ट्याङ्की र मेसिनको बिचमा च्यपिएर बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box