Author: Dipak Dhamala

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले सनराईजर्स हैदराबादलाई हराएको छ । गएराति हैदराबादमा भएको खेलमा घरेलु टोलीलाई १४ रनले हराउँदै मुम्बईले तेस्रो जित निकालेको हो । मुम्बईले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर ५ बलमा अलआउट हुदै १ सय ७८ रन बनायो । उसका मंयक अग्रवालले सर्वाधिक ४८ रन बनाए । हेनरिक केल्सनले ३६ रन जोडे । मुम्बईका जेसन बेहरानड्राफ्ट, राईली मेरीडेथ र पियुष चावलाले समान २/२ तथा अर्जुन तेन्दुलकर र क्यामरुन ग्रिनले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो…

Read More

अमेरिकाको म्यानहट्टनमा नक्कली चिनियाँ प्रहरी चौकी सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । यो गिरफ्तारी म्यानहट्टनको चाइना टाउन क्षेत्रमा भएको हो । पक्राउ परेका व्यक्ति चिनियाँ मूलका नागरिक हुन् र उनीहरू न्यूयोर्क सहरमा बस्छन् । दुवैलाई चिनियाँ एजेन्टको रूपमा षड्यन्त्र र न्यायमा अवरोध गरेको आरोप लगाइएको छ । उनलाई सोमबार ब्रुकलिनको सङ्घीय अदालतमा पेस गरिएको थियो । चीनले यस्ता प्रहरी चौकीहरू सञ्चालनमा आफ्नो हात नभएको पटक पटक भनिसकेको छ । उनीहरुले यसलाई विदेशमा बसिरहेका चिनियाँ नागरिकलाई सेवा दिने ‘सर्भिस सेन्टर’ बताएको छ । सोमबारको युएस डिपार्टमेन्ट अफ जस्टिसले ६१ वर्षका लु जियानवांग र ५९ वर्षका चेन जिनपिङले चीनको…

Read More

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेका सोही ठाउँका २४ वर्षीय महेन्द्र विष्ट र २८ वर्षीया धनमती भण्डारी रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । मृतक जोशीका दाई पुष्पराज जोशीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा विष्ट र भण्डारीविरुद्ध किटानी जाहेरी दिएपछि उनीहरूलाई पकाउ गरिएको हो । जोशीको शनिबार राति धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । महेन्द्रले चक्कु प्रहार गरी वासुदेवको हत्या गरेको र धनमतीले वासुदेवको हत्या भएको पहिलो खबर घरपरिवारलाई गरेकी बताइएको छ । घटनाबारे…

Read More

धनगढी । धनगढी उपमहानगरपालिकास्थित १७ विद्यालयका विद्यार्थीले कक्षा ८ को परीक्षामा फेल अर्थात् ननग्रेड भएका छन् । सार्वजनिक गरिएको नतिजा अनुसार १ संस्थागत र १६ सामुदायीक गरी १७ बिद्यालयको नजिता निल आएको हो ।  अब सुरु हुने नयाँ शैक्षिक सत्रमा ती १७ विद्यालयबाट कुनै पनि विद्यार्थीले कक्षा ९ मा भर्ना हुन अयोग्यता देखिएको नतिजाले देखाएको छ । उपमहानगरभित्र सञ्चालित १ सय ६ विद्यालयमा अध्ययन गर्ने ४ हजार ५ सय ३३ विद्यार्थीमा गणित विषयमा सबैभन्दा बढी २ हजार ३ सय ४१ ले ननग्रेड प्राप्त गरेका छन् । बिगतमा आन्तरिक मुल्याकंनबाट बिद्यार्थीहरुको ग्रेड दिइने गरेपनि यस पटक उपमहानगरले कडाइ गरेको थियो ।…

Read More

काठमाण्डाै – एसियाली क्रिकेट काउन्सिल एसीसी प्रिमियर कप क्रिकेट आजदेखि सुरु हुँदैछ । नेपालसहित १० वटा देशले खेल्ने प्रतियोगिताका खेलहरु त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुँदैछन् । पहिलो खेलमा नेपालले अहिले साढे ९ बजे कीर्तिपुर मैदानमा मलेसियासँग खेल्दैछ । मलेसियासँगको खेलमा नेपालले टस हारेर पहिला बलिङ गर्ने भएको छ । टस जितेर मलेसियाले ब्याटिङ रोजेको छ । मलेसियासँगका पछिल्ला ५ वटा खेलमध्ये नेपाल सबैमा विजयी भएको छ । आज हुने अर्को खेलमा हङकङ र सिङ्गापुर मूलपानी मैदानमा खेल्दैछन् । प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र…

Read More

धनगढी –  धनगढी उपमहानगरपालिका भित्र रहेका निजी विद्यालयले चालु शैक्षिकसत्रमा शुल्क वृद्धि गर्न नपाउने भएका छन् । धनगढी उपमहानगरपालिकाको नगर शिक्षा समितिको बैठकले निजी विद्यालयले यो शैक्षिकसत्रमा शुल्क वृद्धि गर्न नपाउने निर्णय गरेको हो ।  चैत २४ गते बसेको समितिको बैठकले सो निर्णय गरेको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले जानकारी दिए । निजी विद्यालयले शैक्षिकसत्र २०७९ मा कायम गरेको शुल्क लिनेछन् । यसैगरी, निजी विद्यालयले पाँच वर्षसम्म पाठ्यपुस्तक पनि परिवर्तन गर्न नपाउने निर्णय गरिएको छ । विद्यालयहरूले वर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकमा व्ययभार थपिएको गुनासो आएपछि त्यसलाई सम्बोधन गर्न पाठ्यपुस्तक पाँच वर्षसम्म परिवर्तन गर्न नपाउने निर्णय गरिएको जनाइएको छ । बर्सेनि…

Read More

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८र०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । प्रधानमन्त्री प्रचण्डले नै आज राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Read More

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रवारका लागि संवैधानिक परिषद्को बैठक आह्वान गर्नुभएको छ । प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ भइरहँदा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले बैठक आह्वान गर्नुभएको हो । यही वैशाख ८ गते शुक्रवार बिहान ९ बजेका लागि बोलाइएको बैठकमा प्रधानन्यायाधीश नियुक्तिका लागि छलफल हुनेछ । संवैधानिक परिषदमा प्रधानमन्त्रीसहित, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दल एमालेका शीर्ष नेताहरूबीच हिजो भएको बैठकमा प्रधानन्यायाधीश नियुक्त गर्ने विषयमा सहमति जुटेपछि प्रधानमन्त्रीले बैठक आह्वान गर्नुभएको जानकारी दिनुभयो । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोग लागेसँगै सर्वोच्च अदालत १५…

Read More

धनगढी – सुदूरपश्चिम विश्वविद्यालयले प्रदेश सरकार र विभिन्न संघसंस्थासँगको समन्वयमा आयोजना गरेको मानसखण्ड सम्मेलनमा सोमबार रोचक दृष्य देखियो । धनगढीको सोराई पार्टी प्यालेसमा आयोजना गरिएको मानसखण्ड सम्मेलनको समापन समारोहका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवा थिइन् । पूर्व प्रधानमन्त्री एवंम् कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी राणा पार्टीको केन्द्रीय सदस्य समेत हुन् । उनी प्रमुख अतिथि भएको समापन समारोहमा भारतीय जनता पार्टी(भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले विशिष्ट अतिथि थिए । सोही मञ्चमा सहभागी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भने कार्यक्रम सञ्चालकले अतिथिका रुपमा आशन ग्रहण गराए । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रमअनुसार मुख्यमन्त्री ८ औँ…

Read More

बैतडी- बैतडीमा एक बालिका मृत फेला परेकी छिन् । जिल्लाको पाटन नगरपालिका वडा नं ४ पलेटाका रमेश चन्दकी ८ वर्षिया छोरी ललिता चन्द मृत फेला परेकी हुन् । सोमबार दिउंसोबाट सम्पर्क विहिन भएकी ललिता मंगलबार विहान वडाकै मङराउ खोलामा मृत अवस्थामा भेटिएकी आफन्त राजेन्द्र चन्दले जानकारी दिए । मृत्युको कारण खुलेको छैन् । प्रहरीको टोली घटनास्थल पुगेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Read More