Author: Saru Shrestha

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे विद्रोह हुने चेतावनी दिएका छन् । आइतबार काठमाडौँमा आयोजित १४ औँ राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्ध पनि जनताका माग र गुनासा नसुन्दाको विरोधमा भएको बताउँदै अहिले पनि त्यस्तै स्थिति आइरहेको दाबी गरे । सरकारले मन्त्रिपरिषदमा जनचाहनाअनुरूपका प्रस्तावहरू गरे आफूले सडकबाट साथ दिने विप्लवको भनाइ छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक पटक पुनः माओवादी बनेर काम गर्न आग्रह गरे । ‘मैले भनेको छु-क्याबिनेटमा प्रस्ताव गर्नुहोस्, हामी रत्नपार्कको सडकमा बसेर साथ दिनेछौँ । हामी हरेक नराम्रा कामको विरुद्धमा…

Read More

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारले गरेका कामको विवरण सार्वजनिक गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादीले सरकारले गरेका कामबारे स्पष्ट पार्न ४ बुँदे नोट जारी गरेको हो । सरकारले गरेका काममा नीति तथा कार्यक्रम र भुटानी शरणार्थीको विषयदेखी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएयता भएका कानुनी, नीतिगत र व्यवहारिक कामका विषय समेटिएका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

Read More

धनगढी – भोलि हुने नागरिक अभिनन्दनमा सहभागी हुन सुदूरपश्चिमको अस्थायी मुकाम धनगढी आइपुगेका पूर्व राजा ज्ञानेन्द्र शाहले आइतबारको राति धनगढीमै बिताउने भएका छन्। शाह धनगढीस्थित राज्यका उच्च पदस्थ व्यक्ति यहाँ आएका बेला बस्ने गरेको रुवस होटलमा बाँस बसेका छन्। उनको साथमा उनका परिवारका सदस्यहरुको पनि बसाइँ रुवसमै हुनेछ।

Read More

धनगढीः पूर्व राजा ज्ञानेन्द्र शाह सपरिवार धनगढी आइपुगेका छन् ।पूर्व युवराज पारस शाह र कोमलबाहेक राजपरिवारका सबै सदस्य सुदूरपश्चिम भ्रमण गर्ने क्रममा धनगढी आइपुगेका हुन् । भ्रमणको दौरान धनगढीमा भोली पूर्व राजाको नागरिक अभिनन्दन हुने भएको छ। पूर्व राजाको नागरिक अभिनन्दनका लागि १ हजार १ सदस्यीय नागरिक अभिनन्दन मुल समारोह समिति गठन भएको छ।पूर्व मन्त्री जयन्त चन्दको संयोजकत्वमा मुल समारोह समति गठन भएको नागरिक अभिनन्दन समारोहका सञ्चार संयोजक ललित जोशीले बताए। धनगढीको कभर्ड हलमा विशाल समारोकाबिच नागरिक अभिनन्द गरिने जोशीले बताए।

Read More

काठमाडौं – बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । तीन दिनअघि मेयर नेपालीसँग भेट भएको र त्यसपछि उनीसँग सम्पर्क नभएको उपमेयर धनबहादुर कायतले बताका छन् । नेपालीले प्रयोग गर्ने मोबाइल फोन अफ रहेको छ । आइतवार बिहान कार्यालय जाँदा आफ्नो टेबुलमा कार्यवाहक चलाउनु भन्ने पत्र प्राप्त भएको उपमेयर कायतले बताए। पत्रमा आफू उपस्थित नहुन्जेल कार्यवाहक चलाउनु भन्ने उल्लेख भए पनि मेयर उपस्थित हुन नसक्नुको कारण तथा कहाँ जाने भन्ने केही नखुलाएको कायतले बताए। मेयर नेपालीसँगै उनका चालक पनि सम्पर्कविहीन भएका छन् । नेपालीले नेकपा एमालेबाट २०७४ र २०७९ मा ढोरपाटनको मेयर जितेका हुन् ।

Read More

काठमाडौं – नेकपा एमालेका सांसद दयालबहादुर शाहीले बोलेको शब्द संसद्को रेकर्डबाट हटाइएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रमाथि टिप्पणी गर्ने क्रममा उनले बोलेका शब्द संसदीय मर्यादा प्रतिकूल भएको भन्दै सभामुखको आसनमा बसेकी उपसभामुख इन्दिरा रानामगरले रेकर्डबाट हटाउन निर्देशन दिएकी थिइन् । एमाले सांसद शाहीले संसद्मा कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री बद्रि पाण्डेको नामै लिएर टिप्पणी गरेका थिए । बूढा महामन्त्रीहरू पद खाँदाखाँदा बुद्धि धमिल्लिनु स्वाभाविकै भएको तर तेज करार महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री बद्रि पाण्डेको नाम लिएर उनले सत्ता स्वार्थको निम्ति बीपीको सिद्धान्त छोड्न अलिकता पनि संकोच लागेन रु भन्दै प्रश्न…

Read More

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना थप ३ दिन हिरासतमा राखिने भएको छ । यो प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनालाई प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो । त्यस क्रममा अदालतले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरी स्रोतले बताएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको प्रकरणमा प्रतिनिधिसभा सदस्य तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ जना पक्राउ परेका छन् । सङ्गठित अपराध, ठगी, राज्यविरुद्धको…

Read More

काठमाडौं – न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ३४ हजार एक सय २५ रुपैयाँ बनाउन सरकारलाई सिफारिस गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष न्यूनतम पारिश्रामिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्कासहितको टोलीले सो प्रतिवेदन बुझाउँदै पारिश्रामिक बढाउन प्रस्ताव गरेको हो। मन्त्री शर्माले वर्तमान अवस्थामा आर्थिक अवस्था कमजोर भए पनि श्रमजीवी पत्रकारले जीवन निर्वाह गर्नसक्ने गरी तलब पाउनुपर्ने र यदि सम्बद्ध मिडिया हाउसले तोकिए बमोजिम पारिश्रमिक उपलब्ध नगराए सरकारले लोककल्याणकारी विज्ञापन दिने बेलामा मापदण्ड बनाउने बताइन्। ‘न्यूनतम पारिश्रामिक पनि नदिने मिडिया हाउसलाई सरकारले लोककल्याणकारी विज्ञापन दिने बेलामा मापदण्ड बनाउँछ,’ उनले भनिन्, ‘समितिले सिफारिस गरेको न्यूनतम पारिश्रामिक लागू गर्न…

Read More

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा आज (आइतबार) अन्तिम सुनुवाइ भए पनि फैसला रोकिएको छ । यसअघि पनि पटक पटक पेशी तोकिएर सुनुवाइ हुन नसकेको यो मुद्दा आइतबार न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा सुनुवाइ भएको हो । तर अदालतले दुवै पक्षको बहस सुनिसकेपछि सन्दीपविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गराएकी किशोरी गौशाला २६ को जन्मदर्ताको सक्कल फाइल मगाउन आदेश दिएको छ। न्यायाधीश पराजुलीको इजलासले किशोरीको जन्म दर्ता भएको भनिएको वडा कार्यालयको सक्कलै फाइल हेरिसकेपछि मात्रै यो मुद्दामा अन्तिम निर्णय दिने निर्णय लिएको हो।

Read More

काठमाडौँ – सांसद डा. आरजु राणा देउवाले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम भएको बताएकी छन् । आज यहाँ आयोजित सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपालको १२औँ केन्द्रीय साधारण सभामा महासङ्घका अध्यक्षसमेत रहेकी डा. देउवाले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अवस्था विगतको तुलनामा उल्लेख्य सुधार आए पनि सरकारले लिएको लक्ष्य हासिल गर्न विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताइन् । यसका लागि ‘मिडवाइफ’ शिक्षालाई अझ प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ । ‘सन् २०३० सम्म मातृ मृत्युदर प्रतिलाख ७० मा झार्ने र सोका लागि १० हजार पाँच सय ९० ‘मिडवाइफ’ तयार गरिसक्ने लक्ष्यबमोजिम हाल सञ्चालन भएका कार्यक्रम पर्याप्त छैन, त्यसैले…

Read More