काठमाडौं – बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।
तीन दिनअघि मेयर नेपालीसँग भेट भएको र त्यसपछि उनीसँग सम्पर्क नभएको उपमेयर धनबहादुर कायतले बताका छन् । नेपालीले प्रयोग गर्ने मोबाइल फोन अफ रहेको छ ।
आइतवार बिहान कार्यालय जाँदा आफ्नो टेबुलमा कार्यवाहक चलाउनु भन्ने पत्र प्राप्त भएको उपमेयर कायतले बताए। पत्रमा आफू उपस्थित नहुन्जेल कार्यवाहक चलाउनु भन्ने उल्लेख भए पनि मेयर उपस्थित हुन नसक्नुको कारण तथा कहाँ जाने भन्ने केही नखुलाएको कायतले बताए।
मेयर नेपालीसँगै उनका चालक पनि सम्पर्कविहीन भएका छन् । नेपालीले नेकपा एमालेबाट २०७४ र २०७९ मा ढोरपाटनको मेयर जितेका हुन् ।
Facebook Comments Box