Author: Dipak Dhamala

काठमाण्डाै – कृषि सामग्री कम्पनी लिमिटेडले आउँदो आर्थिक वर्षका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने भएको छ । लिमिटेडका कायम मुकायम प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलका अनुसार आउँदो आर्थिक वर्षमा पाँच लाख मेट्रिक टन रासायनिक मल ल्याउनका लागि समयमा बजेट विनियोजन गर्न सम्बन्धित निकायसँगको छलफलपछि निर्णय भएको छ । बजेट समयमा विनियोजन नहुँदा हरेक वर्ष रासायनिक मलको कमी हुने गरेको उहाँको भनाइ छ । मल अभाव हुन नदिन आउँदो वर्षका लागि चाहिने बजेट समयमा विनियोजन गर्न सरोकारवाला निकायलाई बेलैमा जानकारी गराएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । मल वितरण निर्देशिका अनुसार लिमिटेडले पाँच हजार तीन सय सहकारी संस्थामार्फत्…

Read More

काठमाण्डाै – उच्च अदालत पाटनले सुकुम्बासी बस्तीमा डोजर लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय दुर्गाबहादुर विश्वकर्मा र दीपेन्द्र अधिकारीको इजलासले यस्ताे आदेश गरेको हो । गएकाे चैत १७ गते न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै इजलासले यही वैशाख १३ गते छलफलका लागि दुवै पक्षलाई बोलाउने निर्णय गरेको छ । इजलासले ‘बस्ती खाली गर्नु’ भनी गएकाे चैत ११ गते काठमाण्डौ महानगरले जारी गरेको सूचना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । महानगरले खोला किनारमा रहेका सुकुम्बासी बस्ती खाली गर्न सूचना जारी गरेको थियो । सूचनामा ‘नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत…

Read More

काठमाडौँ । आजदेखि एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ।  प्रतियोगिताको पहिलो खेलमा नेपाल र मलेसियाबीच खेल हुनेछ । उक्त खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ। सो खेलको समूह ‘ए’मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन्, भने समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् । पहिलो खेल मलेसियासँग खेल्ने नेपालले दोस्रो खेल भने ओमानसँग वैशाख ८ मा खेल्नेछ । मुलपानी मैदानमा साउदी अरेबियासँग तेस्रो खेल वैशाख ११ गते खेल्ने नेपाल अन्तिम खेल वैशाख १४ गते कतारसँग भिड्नेछ । यो प्रतियोगिता बैशाख ५ देखि बैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी…

Read More

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्लाेरलाई ८ रनले हराएको छ । जितका लागि २ सय २७ रनको लक्ष्य पछ्याएको बेङ्लाेरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १८ रन बनायो । बेङ्लाेरका ग्लेन म्याक्सवेलले ७६ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । कप्तान फाफ डु प्लेसिस ६२ रनमा आउट भए । विराट कोहली ६ रनमा बोल्ड भए । चेन्नईका तुसार देशपान्डेले तीन विकेट लिए । मथिसा पाथिरानाले दुई, आकाश सिंह, मोइन अली र महेष थिक्सेनाले समान एक/एक विकेट लिए । त्यसअघि बेङ्लाेरको घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट…

Read More

काठमाडौं । स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले राज्यलाई ठुलो रकम नोक्सानी हुने गरी गर्भवतीले खाने आइरन चक्की खरिद सम्झौता गरेको छ । स्वास्थ्यमन्त्री नभएका बेला विभागले २० करोड रूपैयाँको आइरन चक्की खरिदमा करिब ११ करोड रूपैयाँ राज्यलाई नोक्सान हुने गरी नेबाजेनिटिक कम्पनीको आधिकारिक बिक्रेता जेएस मेडिकल फर्मासँग सम्झौता गरेको हो । विभागको व्यवस्थापन महाशाखाअन्तर्गत खरिद एकाइका प्रमुख डा. सुरेन्द्र चौरसियाले प्रक्रिया पूरा गरेर आइरन चक्की खरिद सम्झौता गरेको बताए। मिति त यकिन भएन तर चैतको पहिलो साता नै आइरन चक्कीको खरिदका लागि सम्झौता गरिएको छ । ‘असार मसान्तभित्र आइरन चक्की विभागमा वा विभागले तोकेको कार्यालयमा दाखिला गराइसक्नुपर्नेछ,’ उनले भने ।…

Read More

काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा सामान्यतया मौसम सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।  तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै भू-भागहरूमा तुवाँलोको सम्भावना रहेको छ ।राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागको मौसम सामान्यतया सफा…

Read More

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् । नवौँ चरणको अन्तिम दुई खेलमध्ये एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा दिउँसो ३ बजेबाट हुनेछ ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै च्यासल मैदानमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाईटेडबीच खेल हुनेछ ।

Read More

काठमाण्डाै – यस वर्ष नयाँ शैक्षिकसत्र सुरु भएसँगै सबै ठाउँमा पाठ्यपुस्तक पुर्याउने गरी काम भइरहेको सरकारले जनाएको छ । अति दुर्गम र हिमाली गरी ६० जिल्लामा पाठ्यपुस्तक पुर्‍याइसकिएको र अरु जिल्लामा पनि कक्षा सुरु हुने बेलासम्म पुगिसक्ने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले पाठ्यपुस्तक नपुगेको अवस्थामा तत्काल सम्पर्क गर्न अपिल गरेको छ । केन्द्रका प्रवक्ता रुद्रप्रसाद अधिकारीका अनुसार पाठ्यपुस्तक नपुगेका पालिकाले सम्बन्धित शिक्षा कार्यालय वा काठमाण्डौमा जनक शिक्षा लिमिटेड र शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा सिधै सम्पर्क गर्न सकिन्छ । जनक शिक्षाका अनुसार यस शैक्षिक सत्रको लागि आवश्यक सबै पाठ्यपुस्तक छपाइ पूरा भएर…

Read More

तुलसीपुरका सशस्त्र प्रहरीका सहायक हवल्दारको गोली लागेर मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका– ८ टिकरीका ३५ वर्षीय वसन्त केसीले आइतबार बेलुका साढे ८ बजेतिर आफैँलाई गोली हानेका हुन्। घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए। उनी कारागार सुरक्षा गुल्म तुलसीपुरमा करिब पाँच दिन पहिले मात्रै कपिलवस्तुबाट आएका थिए । केसी ४८ नम्बर रिजर्व गुल्म कपिलवस्तुमा कार्यरत थिए।

Read More

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक चितवनको भरतपुरस्थित एक घरको तीन तला माथिबाट तल खसेको अवस्थामा फेला परेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा आज बिहान ४ बजे भाडामा लिएको घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार गम्भिर घाइते थापाको टाउको र खुट्टामा चोट लागेको छ । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भैरहेको छ । उनी रास्वपाका महामन्त्री मुकुल ढकालका चालकसँगै राति छतमा सुतेका थिए । लामिछानेलाई लिएर थापा आइतबार तनहुँको दमौली पुगेका थिए भने आज बारा जाने कार्यक्रम थियो । बिहान भरतपुरका विभिन्न स्थानमा…

Read More