काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्लाेरलाई ८ रनले हराएको छ ।
जितका लागि २ सय २७ रनको लक्ष्य पछ्याएको बेङ्लाेरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १८ रन बनायो । बेङ्लाेरका ग्लेन म्याक्सवेलले ७६ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । कप्तान फाफ डु प्लेसिस ६२ रनमा आउट भए ।
विराट कोहली ६ रनमा बोल्ड भए । चेन्नईका तुसार देशपान्डेले तीन विकेट लिए । मथिसा पाथिरानाले दुई, आकाश सिंह, मोइन अली र महेष थिक्सेनाले समान एक/एक विकेट लिए । त्यसअघि बेङ्लाेरको घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २६ रन बनाएको थियो ।
चेन्नईका डेभन कन्वेले सर्वाधिक ८३ रन जोडे । शिवम् दुबे ५२ रनमा आउट भए । कप्तान महेन्द्रसिंह धोनी एक रनमा अविजित रहे । बेङ्लाेरका विजयकुमार वैश्यक, मोहम्मद शिराज, वेन पार्नेल, वानिन्दु हसरंगा, हर्षल पटेल र ग्लेन म्याक्सवेलले समान एक/एक विकेट लिए ।
जितसँगै चेन्नई अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । बेङ्लाेर सातौँ स्थानमा छ ।