Author: Saru Shrestha

दाङ – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी र पूर्व मन्त्री हिराचन्द्र केसी एमालेमा फर्किएका छन् । उनीहरूसहित दाङ जिल्ला कमिटीका केही पदाधिकारी एमालेमा फर्किएका हुन् । शनिबार तुलसीपुरमा आयोजित कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलले उनीहरूलाई एमालेका स्वागत गरेका थिए । एकीकृत समाजवादीका सचिव विश्वासी, केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, दाङ जिल्ला अध्यक्ष सुरामणि बेल्वासे, उपाध्यक्ष चूर्णबहादुर वली र सचिव डिल्ली डाँगीसहितका नेताहरू एमालेमा फर्किएका हुन् । एकीकृत समाजवादीले शुक्रबार नै पार्टीको हित विपरीत काम गरेको भन्दै सचिव विश्वासीसहित ६ जनालाई कारबाही गरेको थियो ।

Read More

धनगढी – कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका-३ ओमनगर शिविरका ३२ वर्षीय कुन्कु चौधरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो । घोडाघोडी नगरपालिका–४ सुन्दरपुरस्थित कौवा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

एजेन्सी, जापान – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्दै युक्रेन सङ्कट समाधानका लागि भारतको ‘सक्दो प्रयास’ रहने प्रतिबद्धता व्यक्त गरेका छन् । जापानको हिरोशिमामा भएको आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनका क्रममा मोदीले भने, “म तपाईँको पीडा र युक्रेनी नागरिकको पीडा राम्ररी बुझेको छु । समस्यालाई समाधान गर्न भारत र व्यक्तिगत रूपमा म जे गर्न सक्छौं त्यो गर्नेछौँ ।” १५ महिनाअघि रूसले आक्रमण सुरु गरेयता दुई नेताको पहिलो व्यक्तिगत भेटघाट हो । जेलेन्स्कीको टेलिग्राम अकाउन्टमार्फत् एक पोस्टमा भनिएको छ, “उहाँले हाम्रो देशको क्षेत्रीय अखण्डता र सार्वभौमिकतालाई समर्थन गरेकोमा भारतलाई धन्यवाद दिनुभएको छ…

Read More

बनेपा – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देश कमिशन र भ्रष्टाचारको जालो नियन्त्रण गर्नुपर्ने बताएका छन् । भ्रष्टाचारलाई कारबाही र नियन्त्रण गर्दै सामाजिक न्यायसहितको सामाजिक रुपान्तरणको पक्षमा काम गर्नु आजको आवश्यकता भएको उनको भनाइ छ । प्रेस सेन्टर नेपाल बागमती प्रदेशको धुलिखेलमा आज भएको वार्षिक साधारणसभामा सम्बोन्धन गर्दै उनले भ्रष्टाचारको जालोलाई तोड्ने गरी काम गर्न सकेमा मात्रै सामाजिक र आर्थिक रुपान्तरणको प्रक्रियालाई तीव्र पार्न सकिने बताए । गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारीको नियन्त्रण र सुशासन स्थापनालाई समृद्धिको पूर्वशर्त बनाउन आवश्यक रहेको भन्दै सुशासन र विकासको लक्ष्य प्राप्त गर्नेतर्फ अगाडि बढ्न आवश्यक रहेकामा जोड दिए । आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर र अर्का…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारकी नवनियुक्त राज्यमन्त्री गीतादेवी मालले पदभार ग्रहण गरेकी छन्। आजै नियुक्त भएर सपथ खाएकी वन, पर्यटन तथा वातावरण मन्त्री मालले मुख्यमन्त्रीबाट सपथ ग्रहण गरेपछि कार्यभार सम्हालेकी हुन्। सामान्यतया राज्यमन्त्री र मन्त्रीले कुर्सीमा नै कार्यभार सम्हाल्ने प्रचलन हुन्छ। तर राज्यमन्त्री मालले कार्यभार सम्हाल्ने क्रममा त्रुटी गरेकी छन्। उनले आफ्नो श्रीमान र एक अर्का मानिससङ्ग सोफामै बसेर कार्यभार सम्हालेको तस्वीर सार्वजनिक भएको छ। नेकपा माओवादी केन्द्रको तर्फबाट डडेल्धुराकी समानुपातिकतर्फकी प्रदेश सभा सदस्य रहेकी उनी पहिलोपटक राज्यमन्त्री बनेकी हुन्।

Read More

गुलरिया – संघीय सांसद एवम् पूर्व सिँचाइ मन्त्री संजयकुमार गौतमले आठौं दिनमा अनसन तोडेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अनसनमा उठाइएका १५ बुँदे मागहरू सरकारले पूरा गर्ने लिखित सहमती गर्दै जुस पिलाएपछि गौतमले अनसन तोडेका हुन्। सम्झौताअघि दुवै पक्षबीच जिल्ला प्रशासन कार्यालयमा वार्ता गरिएको थियो। वार्तापछि मन्त्री सहितको टोली अनसनस्थल पुगेर सम्झौता आदानप्रदान गरेका हुन्। मन्त्री ज्वालाले अनसनका क्रममा उठाइएका सबै मागहरू पूरा गर्ने प्रतिवद्धता गरे। गौतमले उठाएका सबै माग बर्दियाली जनताको पक्षमा रहेकाले प्रधानमन्त्रीदेखि राज्यका सबै नेतृत्वमा रहेका नेताहरूको मन्जुरीमा सरकार माग पूरा गर्न प्रतिबद्ध भएको उनको जिकिर थियो। जेठ महिनादेखि जब्दीघाटको नयाँ पुल निर्माणको टेण्डर…

Read More

काठमाडौँ – शहरी विकास मन्त्री सीता गुरुङले सम्झौताबमोजिम समयमा काम पूरा नगर्ने ठेकेदारलाई सरकारले पटक-पटक म्याद थप नगर्ने बताएकी छन् । शनिबार ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्रीहरूको आवास भवन निर्माणको स्थलगत अनुगमनका क्रममा यस्तो बताएकी हुन् । मन्त्री गुरुङले समयमा काम नसकिए सरकारले म्याद थपिहाल्छ भन्ने मान्यताबाट काममा ढिलासुस्ती नगर्न निर्माण व्यवसायीहरूलाई आग्रह पनि गरिन् । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले निर्माण गरिरहेको भवन सरकारले ०७६ कात्तिकमै ठेक्का लगाएको थियो । तर कोभिड-१९ र अन्य कारणले निर्माणमा अवरोध भएको थियो । त्यसयता भवन निर्माणकालागि तेस्रो पटक थपिएको म्याद पनि सकिँदै छ । मन्त्री गुरुङले…

Read More

धनगढी -धनगढी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीया डा.प्रसन्ना शाह मृत भेटिएको घटनाको अनुुसन्धानका लागि प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ। धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर शाहको मृत्यु प्रकरणमा धनगढीकै बिकल केसी र डा. सन्दीप भट्टराईलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले मृतकका परिवारले ल्याएको किटानी जाहेरीका आधारमा शाहका पूर्व प्रेमी समेत रहेका शाह र हालका प्रेमी भट्टराईलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए। उनकाअनुसार केसी शनिबार बिहान र भट्टराई दिउँसो जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका हुन्। आत्महत्या दुरुत्साहन गर्न बाध्य पारेको भन्दै मायामेट्रो अस्पतालमा उनीसँगै कार्यरत डाक्टर भट्टराई र केसीलाई समातिएको हो।…

Read More

काठमाडौं – मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)को युरोप, एशिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नुरेका छन् । शिष्टाचार भेटघाटका क्रममा एमसिसीले मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपाल विकास समितिअन्तर्गत अघि बढाइरहेका परियोजना कार्यान्वयनको समग्र स्थितिबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ । “यो एउटा शिष्टाचार भेटघाट हो । एमसिसीअन्तर्गतका परियोजनामा भइरहेका हालका गतिविधिबारे सामान्य कुराकानी भयो । परियोजनाका आगामी गतिविधि, मुआब्जा तथा जग्गा प्राप्ति र परियोजनालाई उपलब्ध गराउनुपर्ने सुरक्षा तथा समन्वयबारे गृहमन्त्रालयबाट हुनसक्ने सहयोगका लागि उहाँले आग्रह गर्नुभएको छ”, भेटघाटबारे जानकारी दिनुहुँदै गृहसचिव दिनेश भट्टराईले भने। मिलेनियम च्यालेञ्ज नेपाल अकाउन्टबाट कार्यान्वयन भइरहेका विद्युत्…

Read More

काठमाडौँ – अर्थ समितिको आज (शनिबार) को बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत र रास्वपाका सांसद विराजभक्त श्रेष्ठबीच भनाभन भएको छ । सांसद श्रेष्ठले बोल्ने क्रममा पुराना कुराहरू दोहोर्‍याएको भन्दै अर्थमन्त्रीले जिज्ञासा मात्रै राख्नु भनेपछि महत र श्रेष्ठबीच भनाभन भएको हो । समितिको बैठकमा बोल्ने क्रममा श्रेष्ठले ‘डाँडाको टुप्पोमा भ्यूटावर, कस्तो बेवकुफ’ भनेपछि मन्त्री महतले पुराना कुरा नदोहोर्‍याउन, अर्थतन्त्र र बजेटको बारेमा मात्र जिज्ञासा राख्न आग्रह गरेका थिए ।

Read More