Author: Nisha Shrestha

काठमाडौं – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विविध विषयमा छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिनुभएका पार्टीका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणको बारेमा समेत छलफल हुने बुझिएको छ । यस बाहेक पार्टीको आगामी केन्द्रीय समितिको बैठक तथा भातृ र शुभेच्छुक संस्थाका बारेमा समेत छलफल हुने महामन्त्री शर्माले बताउनुभयो । कांग्रेस पदाधिकारी बैठक बुधबार पनि बसेको थियो ।

Read More

काठमाडौँ – विसं २०६२/६३ को जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दु:ख व्यक्त गरेका छन् । कायस्थको उपचारका क्रममा गए राति निधन भएको थियो । प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको असामयिक निधनप्रति दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु।’ लामो समयदेखि मुकेश बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए । २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए । सोही दिनदेखि ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो ।

Read More

काठमाडौँ – कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो । बुधबार नै उनका स्वकीय सचिव नरेन्द्र केसीसमेत पक्राउ परेका छन् । आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् ।

Read More

काठमाडौं – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा.आरजु राणा देउवाले नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छिन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानविन गरी दोषीलाई कारबाही गर्न माग राखेर साइबर व्यूरो भोटाहिटीमा दिएको उजुरीमा उनले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त फेक अडियो बदनियत पूर्ण ढंगबाट बदनाम गराउने उद्देश्यले नियोजित रुपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेकी छिन् । ‘विभिन्न संचार माध्यामहरुमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारीनै नभएको नक्कली भुटानी शरणार्थीका सम्वन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र…

Read More

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५०५ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १४१ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् । कोरोना संक्रमणबाट बुधबार मात्रै २३ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौँ – प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरवारमा छलफल भइरहेका बेला गृहमन्त्री श्रेष्ठ पनि पुगेका हुन् । आजै बिहान काँग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेको छ भने एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएपछि फरार छन्।

Read More

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको नेक्सस् नतोडेसम्म राष्ट्र नबन्ने बताएका छन् । नेपालीलाई नक्कली भूटानी शरणार्थी प्रकरणमा गरेको कार्यप्रति ऐक्यबद्धता जनाउन आएका कांग्रेसका युवा नेतासँगको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको नेक्सस् नतोडेसम्म राष्ट्र नबन्ने भएकोले सरकार दृढतापूर्वक अगाडि बढ्ने विश्वास दिलाएका हुन् । रञ्जित कर्ण, गुरुराज घिमिरे, गोविन्द पोखरेल, भूपेन्द्रजंग शाही, मधु आचार्य लगायतका कांग्रेस नेताहरूको टिमले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पछिल्ला कदमप्रति ऐक्यबद्धता जनाएका हुन् । सोही क्रममा उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद्ध सरकार गम्भीर भएर लाग्ने बताए ।

Read More

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार बिहान कांग्रेसका नेतासमेत रहेका निवर्तमान गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै सिंहदरवारमा प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफल सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गरिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो । भुटानी शरणर्थी प्रकरणमा लहरो तान्दा पहरो थर्किन थालेकाले शीर्ष तहमा छलफल हुन लागेको बताइएको छ ।

Read More

काठमाडौं – पूर्व गृहमन्त्री एवम् नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणलाई अदालत लगिएको छ। प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंमा लगेको हो । प्रहरीले खाँणलाई हिरासतमा राख्न अदालतसँग अनुमति लिन लागेको हो । बुधबार बिहान घरबाटै पक्राउ परेका खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको थियो । दिउँसो ३ बजे उनलाई प्रहरीको भ्यानमा राखेर बबरमहलस्थित जिल्ला अदालत काठमाडौंतर्फ लगेको हो ।

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले नराम्रो काम नगर्ने बताउनुभएको छ । वामपन्थी नेता निर्मल लामाको २३औँं स्मृति दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले राम्रो काम मात्रै गर्ने र नराम्रो कामा गर्दै नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सामाजिक रुपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढङ्गले सुरु गर्ने अठोटका साथ अगाडि बढेका छौँ ।” सो अवसरमा उहाँले निर्मल लामासँगका आफ्ना विगतका स्मरणबारे चर्चा गर्नुभएको थियो । उहाँले भन्नुभयो, “उहाँहरुलाई नै हेरेर हामी आन्दोलनमा लागेको हो । लामाजीसँगका थुप्रै प्रसङ्ग बाँकी छन् ।” उहाँले अहिले नयाँ परिस्थिति बनेको बताउँदै सामाजिक रुपान्तरणका निम्ति सामाजिक…

Read More