२०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते

डिआइजीको दरबन्दी थपिएसँगै सशस्त्रमा बढुवाको तयारी

बुधवार, मंसिर ३ २०८२०२:४३


काठमाडौं सशस्त्र प्रहरी बलमा तीन डीआइजी र एक एसएसपीको दरबन्दी थप भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धि निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकले सशस्त्रको व्यवस्थापन तथा संगठन सर्वेक्षण स्वीकृत गरेको हो । जसअनुसार इन्टेलिजेन्स ब्यूरो, प्रशासन विभाग र कानून निर्देशनालयमा डिआइजी राख्न लागिएको छ ।

त्यस्तै, कीर्तिपुर गणलाई दंगा नियन्त्रण गण बनाएर एसएसपी राख्न लागिएको छ । कान्तिपथमा रहेको बालबैरभ गुल्मलाई ष्ण बनाउने निर्णय भएको छ ।

दरबन्दी थप भएसँगै सशस्त्र प्रहरीमा बढुवाको तयारी छ । हाल डिआइजीको एक पद रिक्त छ । अब चार पदमा बढुवाको तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार